~लेनिन बञ्जाडे~
टिरङ…टिरिङ…टिरिङ
“हलो”
“हजुर .. ए हुन्छ ल”
“ए विज्ञान, फोन छ”
घण्टी बज्नुअघि र पछि एकतमासको फरक छ परिवेशमा। बज्नुअघि जुरुक्क उठ्छु, पछि थचक्क बस्छु। यसपालि पनि बजेन घण्टी मेरो लागि।
“रोल्पा जानुपर्छ अब त, यता बसेर हुने छाँटकाँट देखिन्न…” एकछिनको अन्तरालपछि सुस्तरी बोल्छन् रामुदाइ। (यी रामुदाइ रामचन्द्र श्रेष्ठ हुन्, मेरो नजरका एउटा शालीन कलाकार। अरुले के सोच्छन्– थाहा छैन)
“तपाइँको आर्ट सुन्दर छ, सुन्दर आर्ट कोर्नुस्– त्यसैमा जीवन फल्छ…”
“पत्याउनै छाडे, यस्ताले पनि के बनाउला भन्दै ह्याप्याजस्तो गर्छन् यता, विरक्तै लाग्छ”
“सङ्घर्ष भनेको त्यही त हो, दिन त कमिलाको पनि आउँछ, हामी त मान्छे हौ“ अझ” (जोडले बोल्छु–कान अलि कम सुन्छन् रामुदाइ)
“हुन्न, सकिन्न बस्न। यता थोरै काम छ, भ्याएर जान्छु, जान्छु” (खुइलिसकेको तालु टलक्क टल्किन्छ घाममा। झोलामा बनाइसकेका चित्रहरु एकएक चाँजिएका छन्। राता, पहेँला, हरिया.. अनौठो रङ्गीन जीवन छ झोलाभित्र। जीवन त्यति रङ्गीन पनि हुन्छ कलामा † हप्तौँ लगाएर बनाएका रङ्गीन चित्र देखाउँछन् झोलाभित्रबाट– हाम्रो जीवन यस्तो रङ्गीन हुनसक्दैन कहिल्यै। झोलाबाहिर निन्याउरो मुख लगाएका उही रामुदाइ चुक्चुकाइरहेछन्।)
टिरङ…टिरिङ…टिरिङ
झसङ्ग हुन्छु
बोलिरहेका रामुदाइ के बोलिरहेछन्, पत्तो पाउँदिन क्षणभर।
“हलो †”
“हजुर”
बज्नुअघि र बजिसकेपछिको रीत फेरि दोहोरिन्छ अफिसमा। टिरिङ … टिरिङ ..। बसिरहेको मन जुरुक्क उठ्छ। ढोका उघार्छु। (सोच्छु– यसपालि त आयो नै)।
“आयो?”
“काँ ….. तिम्रो हैन, शङ्कर दाइलाई बोलाइदेऊ न।”
(सोच्छु– गिज्याइरहेको विज्ञानको नाकमा जोडले हान्दिउँ। फेरि सोच्छु– उसको नाक भाँचे उसको काम पनि मैले नै गर्नुपर्छ– भो छाडिदिउँ)
(खिसिक्क हाँस्छु– देख्छन् रामुदाइ)
“ए.. शङ्कर दाइ… फोन छ”
गजक्क परेर शङ्कर दाइ फोन उठाउँछन्। झनक्क हुन्छु क्षणभर। मस्किदै चश्मा मिलाउँछन् उनी। लाग्छ– उनी मलाई गिज्याइरहेछन्।
“हलो † हजुर…”
(मलाई पनि उनीजस्तै हलो गर्न मन छ एकबार। एकबार उसैगरी मसक्क मस्किन मन छ मलाई पनि। म पनि मस्किन थाले छेउमा बसेका रामुदाइको कथा सुन्छ कसले? वरिपरि हेर्छु– रामुदाइ (जसको आर्टले मलाई सधैँ कल्पनामा डोराइरह्यो) आफ्नो आर्टको विषय खोज्दै कल्पिरहेछन् एकनासले। झोलाभित्रको उही रङ्गीन चित्र सो“च्छु– उनको जीवन पनि यस्तै रङ्गीन कहिले हुन्छ? उनका हातले अर्काको जीवन कोर्छमात्रै?)
“आफू एक्लै भए त हुन्थ्यो, तिनी दुइटा छोरालाई कसरी पाल्ने? उफ् † जीवन जीउन पनि साह्रै गाह्रो भो”
(बु‰छु– जीवन कलाभन्दा बिछट्टै गाह्रो छ)
(जीवनका कभर निकाल्छन्– एक…दुई…तीन… )
“यत्ति बनाएर जीवन चल्छ र?”
(म भन्न सक्दिन– चल्छ पनि, चल्दैन पनि)
“जीवन पनि त कला हो नि † तपाइँले त जीवनलाई सबैभन्दा धेरै बु‰नुभएको छ। सुन्दर जीवन त तपाइँकै हातमा छ।”
(बुझेजस्तो गर्छु। उनलाई पनि थाहा छ, मलाई पनि थाहा छ– महिनामा ४ वटा पेन्टिङले मात्रै उनलाई खान पुग्दैन। त्योभन्दा बेसी उनले कोर्नुपर्छ जीवन फेर्न)
“तर, कसले बु‰छ र आर्टको महत्व यहाँ? पैलापैला त युगबोधले पनि चित्र छाप्दिन्थ्यो, ऐले त त्यो पनि छैन”
(उनले युगबोधमा चित्र छपाउँदा म भर्खर पत्रिकामा बामेसर्दै थिएँ। उतिबेलादेखि उनी उस्तै छन् अहिलेसम्म– निन्याउरो तर सुन्दर सपना आँखाभरि)
कलाकारको सबैभन्दा ठूलो धन त उसको सिर्जना हो। यो मानेमा तपाइँ त धेरै धनी हुनुहुन्छ सिर्जनाको। धनसम्पत्ति त आज छ, भोलि छैन।”
(यो पनि थाहा छ– यस्ता कुरा शब्दमा राम्रा छन्, जीवन त्योभन्दा गाह्रो छ)
टिरङ…टिरिङ…टिरिङ
रामुदाइले बुझिसके– घण्टी बजे कुरा मेट्नुपर्छ क्षणभर। (सरी है)
टिरङ…टिरिङ…टिरिङ
(लाग्छ यसपालि मेरैलागि हो– टिरङ…टिरिङ…टिरिङ)
दौड्दै न्युजडेस्क पुग्छु। विज्ञान अघिदेखि मस्किरहेछ। इशारामै सोध्छु– इशारामै टाउको हल्लाउँछ विज्ञानले।
“शङ्कर दाइ…भाउजूको फोन छ …”
(एकतमासले फोन उठाएको हेर्छु रिसैरिस। रिस उठ्नु स्वाभाविक हुनसक्छ शायद। लाग्छ– म पनि उनै शंकरदाइ हुनपाउँ एकछिन।”
“के भो टाउकामा?”
“ढोका खोल्दा लाग्यो (धेरै बेरसम्म दुखिरह्यो टाउको)
कसैको फोन आउँदैछ र?
(नचाहेरै सोधेजस्तो लाग्यो)
“हैन काम थ्यो, त्यसैले”
पत्याएनन् (मेरा अघिदेखिका हर्कत देखेर नपत्याउनु स्वाभाविक हो। उनी बुझ्नसक्थे– म मेरी प्रियसीलाई टिरिङटिरिङमा खोजिरहेछु)
“अनि कैले लाग्ने हो तो रोल्पातिर?”
“हेरम्.. एकदुइटा चित्र बनाएर दिनुपर्नेछ… सकेपछि जानुपर्ला”
(तिमी नजाऊ रामुदाइ, यहाँ तिम्रै खाँचो छ। हराइसकेको संवेदना तिमीबाहेक अरु कसले बु‰छ र यहाँ? तर जानुपर्छ उनलाई।)
“अब त क्यानभास किन्ने पैसा पनि छैन।” (भनिरहन्छन् रामुदाइ, सुनिरहन्छु म)
“तपाइँले युगबोधमा लेख्नुभएको कथा एब्स्ट्रयाक्ट छ, मलाई पनि लेखुँलेखुँ लाग्यो त्यस्तै”
“त्यो पनि तपाइँकै कथा हो। म रामुदाइका कथा लेख्छु– तपाइँ रामुदाइका चित्र कोर्नुस्। संवेदना हराएका जीवनमा रङ्गीन क्यानभास सजाउँ हामी। तरपनि जीवन फेरिएन है हाम्रो?”
“यस्तै हौँ हामी, घसि्ररहेका झुसिल्कीरा”
टिरङ…टिरिङ…टिरिङ
घण्टी बजिरहन्छ अनवरत। लागिरहन्छ– यसपालि त मेरै हो त्यो टिरङ…टिरिङ…। हत्तपत्त उठाउँछु फोन।
“हजुर…कल्लाई खोज्नुभएको?
“हजुर.. एउटा विज्ञापन छपाउनुथ्यो”
“एकछिन है”
“शङ्करदाइ … विज्ञापन आयो”
(थामिनसक्नुको रिस उठ्छ मनमा फेरि। पैसा आउने लालसाले गजक्क परेका शङ्करदाइ मलाई उसैगरी गिज्याउँछन् फेरि)
तर त्योभन्दा पनि बेग्लै परिवेश छ भित्र। निन्याउरा रामुदाइलाई एकबार धाप मार्छु– कमल पनि हिलोमा फुल्छ– हामी पनि त्यै हिलोबाट फुल्नुपर्छ अब।
(यो त्यो युगको सम्झना हो, जतिबेला म हरदम अफिसमा टिरिङ…टिरिङको प्रतीक्षा गर्थेँ। यो अनुभूतिका सात वर्षमा रामुदाइको अत्तोपत्तो छैन, शायद उतै रोल्पा छिरे उनी। उनले क्यानभास किन्ने जोहो मिलाए, मिलाएनन् भन्न सक्दिन। बेलाबेला फोन उठाउने विज्ञान यतिबेला पनि मसँग उनै विगतका बातमार्छ। रामुदाइले चित्र कोर्ने युगबोध अझैपनि उसैगरी प्रेसमा छापिइरहन्छ। यतिबेला थोरै मान्छेहरु अफिसको टिरिङ….टिरिङ कुरेर बस्छन्। हातैमा बजिरहने टिरिङ…टिरिङका लागि यो अनुभूति फरक हुनसक्ला तर उतिबेला हराएको रङ्ग अहिलेसम्म भरिएको छैन जीवनमा।)
January 2nd, 2010
(स्रोत : Mysansar.com)