कथा : इमेल

~अर्जुन नवोदित~

अफिसबाट घर आइपुग्न बसमा कम्तिमा पनि एक घन्टा लाग्थ्यो। साथमा सँधैझैँ उपन्यासका किताब थिएनन आज। के गरेर समय बिताउने भनेर घोरिनु अगिनै जुक्ति फुर्यो। ब्यागबाट ल्यापटप निकाले।फेसबुकमा धेरैबेर अडिग रहन सकिन सरासर मेल खोल्न लागेँ। तिनवटा नयाँ मेल आएको रहेछ। अगिल्लोदिन दुइटा र एउटाको मिति उल्लेख थिएन। दुइटामध्यो एउटा प्रकासनगृह बाट कथासङ्ग्रह प्रकाशनको अन्तिम चरणमा पुगेको र एकपटक लेखकसँग भेट गर्ने आसयको थियो। अर्को भेदिकाको मेल हाइ हल्लो के छ ? कता हरायौ ? यस्तै यस्तै थियो। तेस्रो मेल अरुजस्तो झट्ट खुलेन। इन्टरनेट पनि स्लो छैन किन खुल्दैन म अलमलमा परेँ।तर हार भने खाइन। लगातारको प्रयासपछि मेल खुल्यो। किरिङमिरिङ अक्षर आएर केहिछिनमा फेरि लोडिङ लेख्न थाल्यो। लगभग दस मिनेटपछि मेल खुल्यो।मेल कुन समयमा आएको हो कुन एड्रेसबाट आएको हो केही उल्लेख थिएन। मेल संस्कृत भाषामा थियो। मेल खोन्नसाथ ल्यापटपको उज्यालोपना एक्कासि बड्यो। अघिसम्म सेतो पर्दामा काला अक्षर देखिरहेको एकछिनमा रातो पर्दामा हल्का पहेँला अक्षरहरु देखिए। सरसर्ति पढेँ। संस्कृतमा भएपनि असाध्यै सरल भाषामा लेखिएको थियो। पढिसक्दा नसक्दा बस स्थिर भयो। म चलमलाएँ कारण मेरो घर आइपुगेको थियो।

बेलुकाको खाना खाएपछि सँधैझै लेख्न वसेँ। अघि पढेको मेललाई नेपालीमा उल्था गरेँ। र डायरीमा टिपोट गर्न थालेँ।

नेपालका राजनैतिक दलका नेताहरु अति नै भ्रष्ट भए। जन्ताप्रतिको उत्तरदायित्व भुलेर तिनिहरु मोजमस्तिमा रम्न थालेछन। राजनैतिक निस्ठाबाट च्युत भएर यतिसम्मका परजीवी र बिकामे भईसके कि कुरा गरेर साध्य छैन। स्थलगत रिपोर्टिङ गरेर हिमालय पर्वत पुगेका नारदजि देवादिदेव महाँदेबलाइ नेपालको राजनैतिक खिचातानी र विषम परिस्थितिका बारेमा भन्दैथे।भगवान शङ्कर बडो ध्यान दिएर सुनिरहेका थिए। महाँदेवको घाँटिको सर्प अचानक फुलिएर महाँदेवको घाँटीबाट निस्कुँला झैं गर्न लाग्यो उनले त्यसलाई समालदै भने नारद भन अरु के के बुझेर आयौ? शिवजीले भन्ननासाथ नारदले फेरि कुरा सुरु गरे प्रभु नेपाल आज इतिहासकै सबैभन्दा गम्भीर मोडमा छ।राजनैतिक अस्थिरता ब्याप्त भ्रष्टाचार गरिबी बेरोजगारी जस्ता तमाम समस्याले नेपाल राष्ट्रलाई थाङथिलो पारिसकेका छन। त्यहाँका जन्ताहरुले हातमुख जोर्न नै नसक्ने परिस्थिति सिर्जना भएको छ। बिकासनिर्माण गर्नभन्दा भत्काउन बिगार्न जान्ने इन्जिनियरको सङ्ख्या ह्वात्तै बडेको रहेछ।त्यस्ता विज्ञ उत्पादन गर्ने राजनैतिक दलहरु आजकाल अपराधीलाई आफ्नो छत्रछाया प्रदान गर्दा रहेछन। यदि यहि परिस्थिति अवका गोडापाँचएक बर्ष रहिरहने हो भने नेपाल नेपालनै रहिरहने छैन। सोमालियामा भन्दा धेरै भोका नेपालमा हुनेछन।सिरिया इराक अफगानिस्तान भन्दा बढि नेपाल अशान्त हुनेछ। नारदजिले नेपालीको वास्तविकता छर्लङ्ग हुनेगरेर शिवजिलाइ बताएपछि भगवान शिवले नेपालको भ्रमण गर्ने इच्छा जाहेर गर्नुभयो। लगत्तै नारदजिले साइत निकाल्नुभयो स्रावण महिनाको अन्तिम सोमबार।

देवादिदेव महादेब आफुमात्र नेपाल झर्ने पक्षमा थिए तर उक्त प्रस्तावमा पार्वतीले ठाडै अस्विकार गरिन। भनिन नेपाल राज्यको सुरक्षा स्थिति ज्यादै नाजुक छ। तपाईं आफ्नो रक्षाको लागि सुरक्षादस्ता पनि सँगै लिएर जानुहोस। भोलानाथले पनि पार्वतीका कुरामा नाइँनास्ति गर्न सकेनन्। सौम्य, सर्प, मयुर ,भुतप्रेत आदि लावालस्कर लगाएर हातमा त्रिशूल र डमरु बोकि नन्दिमा चढेर भगवान शिव नेपाल निस्कने तयारिमा बाहिर निस्के। पतिदेव यी योपनि लगा‌उनुहोस भन्दै पार्वतिले खरानी दिइन र बाघको छाला ओढाइदिइन। सर्पको माला जिउमा खरानी लगाएका अघिपछि भुतप्रेतको लावालस्कर लगाएर नन्दिमा चढेका शिवको धुमधामसँग हिमालय पर्वतबाट बिदाइ भयो।

स्रावणको मैना त्यसैपनि शिवको पुजा आरधनाको समय त्यसमाथि सोमबार पनि परेकाले जताततै भोलेबाबाकै पुकार भजन किर्तन चलिरहेको थियो। कलसमा जल थालिमा फुलपाति पर्सादि धुप अक्षता लिएर मानिसहरु शिवालय जाँदै थिए। बोलबम बोलबम भन्दै जथ्थाका जथ्था मानिस भेला भएर भोलानाथको प्रसादि लिँदै थिए।शिवजिलाई सपना पो होकि जस्तो लाग्यो । नारदले झुट त नबोल्न पर्ने धर्म नास हुन लाग्या छ। मानिसहरु दुखि छन। जताततै बन्द हड्ताल चक्काजाम तोडफोड हुन्छ भन्थे तर यहाँ त यस्तो शान्त वातावरण छ सबै मेरै पुकार गरिरहेका छन। हैन म भ्रम मा त परिँन भन्दै उनी सोच्न लागे।ध्यानदृस्टीले हेर्दा पनि जताततै आफ्नै जयजयकार देखेर उनलेे बिचार गरे मैले नदेखेको पनि हुनसक्छु बा कहि अशुभ नै पो हुन लाग्या छ कि ? चाहे जेसुकै होस मलाई सुरक्षा खतरा छैन सारा नेपालको भ्रमण गर्छु। यी मेरा सानबानलाई बित्थामा किन दुख दिने यिनिहरु सबैलाई फर्काइदिन पर्यो। शिवको आदेस पाएपछि सम्पुर्ण भुत प्रेत पिचास सौम्य, मयुर , नन्दि सबैको आआफ्नो बाटो लागे। अब शिव एक्लै भए।एउटा सैनिक अफिसरको भेष धारण गरेर काठमाडौंको पसुपति जानपर्यो भन्ने बिचार गरेर उनी त्यतैतिर लागे।पसुपति जान भनेर हिडेका शिवजी बाटो भुलेर काठमाडौंको भिडभाडले बिजुलिबजारतिरै अलमल्लिरहे।बाटोमा उनले निकै अचम्मलाग्दा घटनाहरु देखे। अव्यवस्थित बसोवास साँगुरा सडक जताततै फोहोरका डङगुर देखेर शिवजी वाक्क भए।

निकै भोक लागेजस्तो लागेपछि नजिकैको मिठाइ पसलजस्तो देखिने होटलमा पसे।मिठाईमा भन्किएका झिँगा र मौरी हेर्दै हेर्दै अलि पर गएर कुर्सीमा बसे। वेटरले मेनु लिएर आयो। मेनु हेरे कम्प्युटरले टाईप गरेको लामो सुचीमा हातले पुछारतिर भाङको लड्डु पनि ले खिएको थियो। भाङमा त झिँगा भनकँदैन भनठानेर शिवले आफ्नो खाना यहि ठिक होला भनेर भाङको लड्डु नै रोजे। नेपाली पनि निक्कै बहादुर भएछन।म निलकन्ठलाइ समेत पचाउन गार्हो। पर्ने भाङ धतुरो पनि पचाउन थालेछन।उनी हतारहतार आफ्नो भोजन सकेर विल तिर्न तयार भए।तर अचम्म उनलाई त नयाँ देखेर हो या किन हो लड्डुको डबल मूल्य असुल्यो।नेपाल का ब्यापारी त वडा नाफाखोर भएछ। यस्तै बिचार गरेर उनी फेरि पशुपति जाने सुरले बाटोतिर निस्के।मेरिबास्सै शिवजी तीन छक्क परे।हातमा झन्डा डन्डा बोकेर के के जिन्दावाद र मुर्दावादका नारा लगाउँदै एउटा ठुलो जमात उनी भएतिरै आइरहेका थिए।बिचमा प्रहरीहरु निसेधित क्षत्र तोकेर त्यसको सुरक्षार्थ खटिएका थिए।

भिड प्रहरीको पर्वाह नगरी त्यतैतिर आईरहेको थियो। केही मोटाघाटा र बलिया जस्ता देखिने युवाहरूको बिचमा सुटबुटधारिहरु पनि थिए।सायद त्यो जमातको नेत्रित्वकर्ता थिए उनिहरु।सुरक्षाकर्मी जवानहरुले सम्यमित हुन र निसेधित क्षत्रतिर नआउन भनिरहेका थिए तर आन्दोलनकारि पछि हट्ने सुरमा पटक्कै थिएनन।एकैसाथ भिड प्रहरीतिरै जाइलागे।केहिबेर दुबै पक्षबिच घचेडचेड भयो केहिछिनमा प्रहरीले अन्दाधुन्द लाठीचार्ज गर्न थाल्यो। आन्दोलनकारि पनि प्रसिक्षित जस्ता देखिन्थे।पछि हट्ने सुरमा थिएनन।झडपको स्थिति सिर्जना भयो। ठूलो सङ्ख्यामा आएका प्रदर्सनकर्तालाइ रोक्न सुरक्षा सम्यन्त्र असफल सिद्ध नै भयो। निसेधित क्षेत्र तोडेर आएका उनिहरु निक्कै उत्तेजित देखिन्थे। शिव त्यो तमासा हेरिरहेका थिए।जब भिड उनिनजिकै आइपुग्न लागेको थियो तब उनको चेत खुल्यो । आफुले आफ्ना सुरक्षादस्ता सबैलाई फर्काएको र आफू शसस्त्र प्ररहरिको भेषमा त्यहाँ उपस्थित भएकोमा उनलाई ग्लानी भयो। के अनर्थ हुनलाग्यो भनेर शिव चनाखो भइरहेका थिए अकस्मात त्यो भिडबाट उनलाई ताकेर ढुङ्गा प्रहार हुनथाल्यो।यो सरकारको भाडाको भिजिलान्ते हो नछोड यस्लाइ सुटबुटधारि कराउँदै थियो। यस्ता दमनकारिलाई आस्रय दिने घुसपैठ भएको हुनसक्छ यहाँ। कोही केहिबेर अघि शिवले भोजन गरेको होटलतिर होटलतिर ढुङ्गामुढा गर्दैथिए त कोहि शिवमाथि जाइलाग्दै थिए। एकोहोरो आफुतिर भएको प्रहार थेग्न नसकेर शिव आफ्नो वास्तविक रुप धारण गर्न पलेटि कसेर भुइँमा बसे।इन्द्रले हानेको बज्रको भन्दा कडा चोट उनको टाउकोमा पर्यो। उनी त्यहि अलप भए। अद्िश्य भए।

ध्यान द्रिष्टिले नेपाल राज्यमा आफ्ना पतिदेवलाई हेरिरहेकि पार्वती आफ्ना पतिदेवलाई भएको ज्यादती देखेर दुखि भइन। तुरुन्तै वायुदेव र अग्निदेवलाई शिवको उदारको लागि नेपाल पठाउने तारतम्य मिलाउन थालिन। अग्निदेव र वायुदेव शिवका सानवानलाइ साथमा लिएर नेपाल प्रवेश गरे।निकैबेर खोजतलास गरेपछि टुँडिखेल नजिकै एउटा रुखमा पंक्षिको रुप धारण गरेका भगवान शिव भगवानलाई फेला पार्न सफल भए। शिवको सकुशल उद्धार गरेपछि सबै हिमालय पर्वततिर लागे।।

हिमालय पर्वत पुगेर शिवजी कठोर तपस्या गर्न बसे।उनले नेपालका तमाम समस्याको बारेमा चिन्तन मनन गरे। लामो तपस्यापछि शिवजीलाई नेपालको सामाजिक समस्याका बारेमा ज्ञान भयो। त्यसलगत्तै उनले देवताहरुको आपतकालीन भेला बोलाए। देवताहरुको बैठक बस्यो। अधोगतितिर उन्मुख नेपालको कसरी उद्धार गर्ने भन्ने बारेमा देवताहरुको घनघोर छलफल भयो। देवताहरुको उक्त भेलाले नेपालको अस्थिर राजनिती र जनताहरुको चेतनाको अभावलाई नेपालको प्रमुख समस्या भएको ठहर गर्दै नेपाललाई विकासको चरमचुलिमा पुर्याउन एउटा साझा प्रस्ताव पास गर्यो र त्यो साझा प्रस्तावको माइनुट लेख्न सरस्वतीलाई जिम्मा लगाइयो । जहाँ लेखिएको थियो तेत्तीस कोटि देवताहरुको यो विशेष भेलाले विश्वको एकमात्र हिन्दुहरुको बाहुल्य भएको राज्य नेपाल राजनैतिक ,आर्थिक ,सामाजिक ,धार्मिक समस्याहरुले ग्रसित भएको ठहर गरेको छ।धर्म निरपेक्ष राष्ट्र घोषण गरेदेखि त त्यहा पस्चिमा धर्म संस्कृतिको बिगबिगी बढेको छ। लोभलालच देखाएर धर्म परिवर्तन गर्न लगाउनेको सङ्ख्या बढेको छ।राजनैतिक दलहरु कुर्सीमोहले ग्रसित छन। जनतामा चेतनाको कमिले राजनैतिक दलका कठपुतली बाहेक केही हुन सकेका छैनन्। व्यापारी बढिभन्दा बढि नाफा कमाउन केन्द्रित छन। यसरी समस्याले ग्रसित नेपाललाई सान्त र समुन्नत बनाउन त्यहाँका केही मेहनति र कर्मठ मानिसलाई राज्य सञ्चालन सम्बन्धि विशेष तालिम दिने व्यवस्था मिलाइएको छ।तालिम इन्द्रको राजधानी स्वर्गमा हुनेछ र तालिमको सम्योजन स्वयं इन्द्रले गर्नुहुने छ। तालिममा सहभागी हुनेको नामावली देहायबमोजिम छ।

::::::::::::: ::::::::::;;;
:::::::: ::::::::: :::::::
:::::::::: :::::::::::::
:::::: ::::::::::::: :::::::

माथि उल्लेखित नामावलि यो भेलाले सर्वसम्मत पारित गरेको हो। जहाँ कर्मठ र लगनशील नेता ,अभिनेता देखि असल व्यापारी ,बेरोजगारी सम्म सबैलाई समेटिएको छ । तालिममा उनिहरुलाइ सहभागी गराउन एक विशेष सम्यन्त्र परिचालन गरिने छ । तालिम पस्यात उनिहरुकै नीति र नेत्रित्वमा नेपालको आमूल परिवर्तन हुने छ।

पठाउने ब्यक्तिको इमेल ठेगाना मेरो ल्यापटपमा नदेखाएको हो या इमेल आइडि बेगर आएको हो भन्न सक्दिन। कस्ले पठायोहोला मेरो भौतिकबादि दिमागले चिन्तन गर्नै सकेन। चाहे जसुकैले पठाएको किन नहोस म यस्लाइ सर्वसाधारणको पहुँचमा अवस्य पुर्याउँछु भन्ने भान भयो। संस्कृत भाषामा आएको उक्त मेललाई धमाधम नेपालीमा अनुवाद गरेँ।इमेलको अन्त्यतिर तालिममा सहभागी हुनेहरुको नाम र पूरा ठेगाना समेत उल्लेख गरिएको थियो।तर त्यसलाई सार्वजनिक गर्दा सहभागी हुनपर्ने मानिसको सुरक्षा सम्वेदनशिलता र अन्य व्याक्तिद्वारा हुनसक्ने घुसपैठको सम्भावनालाई मध्यनजर गर्दै त्यो नामावली उल्लेख नगर्ने नै बुद्धि आयो। झट्ट हेर्दा एउटा कथा तयार भयो प्रकाशोन्मुक कथासङ्ग्रहमा अर्को कथा थप्ने निँधो गरे। कथाको पान्डुलिपि प्रकासकलाई दिनुअघि स्थानिय पाठकको प्रतिक्रिया तत्काल बुझ्न मन लाग्यो लगत्तै जुक्ति पनि फुर्यो। एक स्थानिय लोकप्रिय पत्रिकामा कथा छपाउने। सोचेजस्तै भयो।कथा पत्रिकामा छापियो र अहिले तपाइँको हातमा छ प्रतिक्रियाको अपेक्षामा छु।

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.