लघुकथा : रक्सीको मात

~कालिकाप्रसाद उपाध्याय~kalika-prasad-upadhyay

माघीको बेला थियो । ठाकुरद्वारामा मेला थियो । दुर्इ दैांतरी थिएः पुरन र रमेश । पुरन थारू समुदायको ठिटो र रमेशचाहिं पहाडी । पुरन पहाडी (नेपाली) भाषा राम्ररी बोल्नसक्ने, रमेश पनि थारू भाषामा पोख्त । ठाकुरद्वाराको मेलामा दुबै साथी संगै गए, रातभरि र बिहानपख मेला हेरे अनि फर्के ।

बाटामा बन्तरियातिरको जंगलसम्म पुग्दा उनीहरू मेलामा किनेका बदाम (ममफली) खाइरहेका थिए । बाटाको छेवैमा एकथरि मान्छेहरू झगडा गरिरहेका रहेछन् । त्यो झगडामा संलग्न मध्ये अाधाजति पहाडी थिए र अाधा थारू । दुबैथरि अा.अाफ्ना भाषामा गाली गलैाज र मारपिट गरिरहेका थिए । दुबैथरिले माघीका बेलाको जाँड या अन्य मादक पदार्थ सेवन गरेका थिए भन्नेकुरा उनीहरूको लर्बराएको जिब्रो र लड्खडाएको हिंडाइले थाहा हुन्थ्यो । कुन्नि कहिलेदेखिको रिस फेर्नलार्इ उनीहरू जंगलमा झगडा गरिरहेका थिए ।

झगडाले ठूलै रूप लियो । मेला हेर्न अाउने सम्बन्धित गाउँका गाउँले मध्ये कोही न कोही कसैको न कसैको पक्षमा लागिरहेका थिए । अाफ्नो समुदायको प्रतिष्ठामा अाँच अाउन थालेपछि, अाफ्नो समुदायलार्इ अर्कोले हेपेको महसुस गरेपछि जस्को पनि रगत उम्लिन्थ्यो र अर्कोप्रति जाइलागिहाल्थ्यो ।

पुरन र रमेशले पनि यो दृष्य चाख मानेर हेरिरहेका थिए ।

पुरनले रमेशलार्इ भन्योः हुनपनि यी पहाडीहरूले अति नै गरेका छन् ।

रमेशले पनि प्रत्युत्तर दियोः थारूहरू पनि कम छैनन् ।

पुरनले रमेशलार्इ हेर्यो, रमेशले पुरनलार्इ । दुबै दैांतरीलार्इ लाग्यो होला, हामी कस्तो विवादमा फस्दैछैां ?

बाटामा पुरनलार्इ के लागेछ कुन्नि, रमेशको हात च्याप्प समातेर भन्योः रमेश, तिमी उ त्यो रूखमा गएर सालको पात टिपेर ल्याउ त ।

रमेशले एउटा पात लिएर अायो । पुरनले त्यो पातलार्इ बेरेर नलीजस्तो बनायो अनि एक किसिमको अावाज निकालेर बजायो, मीठो बाजाजस्तो सुनियो ।

रमेशले सोध्योः यो के गरेको ?

पुरनले पर झाडीतिर रूखको फेदमा बसिरहेको बालकलार्इ देखाउँदै भन्योः उ हेर, त्यो बालकले त्यही सालको पातले अाफुले दिसा गरिसकेपछि पुछिरहेको छ, हामी त्यही सालको पातको बाजा बजाइरहेका छैां, कोही टपरी बनाउँछन्, कोही सोत्तर । हामी विभिन्न समुदायमा जन्म्यैां, हाम्रो रीतिरिवाज, संस्कृति फरक भयो भन्दैमा हामी विभिन्न किसिमले उपयोग गरिने सालका पात त हैनैां नि ? कुनै दुर्इजना व्यक्ति वा दुर्इ परिवारको नितान्त नीजि झगडालार्इ लिएर हेर त त्यहाँ बाहिरकाले कसरी परिस्थितिलार्इ उचालपछार गरेर उपयोग गरिरहेका छन् ? त्यो कुरा थाहा हुँदाहुँदै पनि त्यस्ता कुरामा लागेर हामी साथीहरू किन विवाद गर्ने ? हिंड जाउँ, जो सुकै मरून् कि बाँचून्, किनभने हामीले समाधान चाहेर पनि यो हुलमुलमा हाम्रा कुरा कसैले सुन्दैन ।

रमेशको पनि चेत फिर्यो । पुरनतिर हेर्यो । साथी होस् त यस्तो ।

दुबैजना बाटो लागे ।

बाटामा रमेशले अहिलेको देशको परिस्थिति पनि सम्झ्यो अनि पुरनलार्इ सोध्योः पुरन, अाजभोलि सारा नेपालीहरू अाअाफ्नो समुदायका खातिर विभक्त भएर अर्को समुदायका विरूद्ध खनिइरहेका छन्, कोहीकोहीले छुट्टै राज्य नै मागिहेका छन् , कोही धर्मका नाममा, कोही सम्प्रदायका नाममा लडिरहेका छन् । एकले अर्कामाथि थिचोमिचो गरिरहेका छन् र त्यसबाट उन्मुक्ति पाउनुपर्छ भन्ने अारोप पनि छ नि, त्यसलार्इ के भन्छाै ?

त्यतिञ्जेल उनीहरू सुखाड अाइपुगिसकेका थिए । पर अोराहीको खोला देखियो । उनीहरू बाटोमा हिंड्दैथिए, एकजना रक्सीले मातेको मान्छे भेटियो । लडखडाइरहेको त्यो व्यक्ति ती दुर्इजनाको बीचबाट उनीहरूलार्इ धकेल्दै घुस्यो । उसले ती ठिटाहरूलार्इ गर्नुसम्म गालीगर्यो । उसको एउटै ढिपीथियोः बाटामा सरासर हिंडिहेको मान्छेलार्इ धक्का दिने, एक्लै देखेर हेप्ने ?

पुरनले रमेशलार्इ त्यही मान्छेको उदाहरण दिंदै भन्योः हेर रमेश, जो मान्छे नेपालमा जात र सम्प्रदायमा विभक्त भएर एक अर्काप्रति हिलो छ्यापाछ्याप गरिरहेका छन् , तिनलार्इ यो व्यक्तिलार्इ रक्सीको मात लागेझैं एककिसिमको मात लागेको छ । जबसम्म मात लागिरहन्छ, तिनीहरू ठान्छन्, म असल हुँ अरू सबै खराब तर जब मातले छोड्छ अनि उनीहरूको अनुहार हेर्नुपर्छ लज्जाबोध, हीनताबोध र अात्मग्लानिले शीर निहुरेको हुन्छ । हो, हामी एउटै देशका नागरिकलार्इ विभक्त बनाएर जो रक्सीको झैं मातमा निर्लिप्त छन् , एकदिन उनीहरूलार्इ पश्चाताप हुनेछ किनकि कुनै पनि पिछडिएका समुदाय, संस्कृति, भूगोल या जातजातीको उत्थान गर्ने नाममा अपनाइएको यो तरिका अन्ततः पतनको बाटो हो, फगत रक्सीको मात मात्रै हो । देश, जाति धर्म र संस्कृतिको उत्थान विभाजनले होइन एकताले, मनमुटावले होइन हार्दिकताले र इर्ष्याले होइन सहिष्णुताले मात्र सम्भव छ ।

रमेशले स्वीकार गर्योः अहिले जसरी हाम्रो देशका केही मान्छे जात र सम्प्रदायका नाममा उफ्रिरहेका छन्, कतिपयले त राज्य नै मागिरहेका छन्, यो केबल रक्सीको मात मात्रै हो ।

रमेश र पुरन अोराही खोलामा पुगे । एकले अर्कालार्इ अँगालो हाले । हात मिलाए । दुबैले खोलाको पानीमा अैांला चोपे र कामना गरेः हाम्रो मित्रताको अगाडी संकीर्णताका यी अवशेषहरू कहिल्यै नतेर्सिउन् ।

दुबैजना पुरनको घर गए, ढिक्री र अन्य थारू परिकार खाए । रमेशको घरमा तिलका लड्डु र भुजाका लड्डु थिए ती पनि मीठो मानी मानी खाए । त्यहाँ न त कुनै जातको स्वाद थियो न त साम्प्रदायिकताको नै, थियो त केवल अन्नबाट कलात्मक तरिकाले बनाइएका स्थानीय परिकारको ।

This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.