~दिपेन्द्र खड्का~
सर्जकहरु अल्छी हुदैनन् भन्ने लाग्छ
चाहना कसैको छुदैनन भन्ने लाग्छ
यादहरु जति आए पनि यो मुटु भित्र
आशु खसाली रुदैनन भन्ने लाग्छ
हुन्छ हजुर म पनि पर्खि बसेकी छु
दिन रात दुख गर्दै कम्मर कसेकी छु
कसले बुज्छ र मन रोएको यहाँ
पिडा भुलाई बिपनिमा हासेकी छु
भरिएको जवानी छल्केर जाला है
उर्लिएको बैस हेर ढल्केर जाला है
उमेर छदै घर जम बसाई हालौ
चुरोट झैँ जवानी सल्केर जाला है
तिमी मान्छेउ भने घरजम बसाई हालौ
यहि त हो जिन्दगी सबैलाई हसाई हालौ
कति सुन्नु बाउ र आमाका कुराहरु यहाँ
हामी मिली मायाको साइनो गसाई हालौ
खुसी पार्न आफन्तलाई राम्रो छ भन्छु
तर कहिले फर्किने हो घर दिन गन्छु
कति घोटिनु खटिनु परदेशमा गधा झैँ
अब गएर आफ्नै पाखो बारी खन्छु
लेखक :- दिपेन्द्र खड्का
मोरंग ,टाँडी
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )