गजल : खुकुरी पो भएछ

~सन्तोष लामिछाने~Santosh Lamichhane

माया त खिया लागेको खुकुरी पो भएछ
मुटु भने झुण्ड्याएको सुकुटी पो भएछ

नसोध अचानोसँगको भेट कस्तो हुन्छ
रहरहरू सिर्फ दापमा कैद पो भएछ

बिर्सिएछ जोशिएर ठोक्किनु कस्तो हुन्छ
उमङ्ग त लड्या लडै अशक्त पो भएछ

आँखा वरिपरी अन्धकार बादल घुम्छ
आशा त दिनानुदिन निसासिंदै पो गएछ

मक्किएर दापपनि एकदिन त झर्छ
खियाले त खुकुरीनै छिया छिया पो भएछ

(स्रोत : Sajha)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.