कविता : लक्ष

~लोप्चन लामा~

“मुनलाईट”को गोटिहरु जस्तै
मनहरु बरालिएका थिएँ
पहेलो, कलेजि,हरियो
खैरो,निलो अनी हरियो पछाडि
“क्यु” बल गुडे जस्तै
लक्ष पहिल्याउन

“क्यु” बल कन्ट्रोलमा नभएँ
फल हुन्छ
या
बिना लक्ष भौतारिरहन्छ
जनकार सबैलाई छ

समयको खेल हो
जस्ले “ब्रेक” हाने पनि
चारइ कुना बल छरिनु

हामी सबैको लक्ष
हामी सबैको जीत
“ब्लाक” Decide मा
कर्नर पकेट
संयम – धर्य
लगन – परिक्ष्रम
यो त खेलको नियम नै हो

अन्तिम दिन “ट्युसन”को
बिकरीमा तिमीहरुलाई
म पर्खिरहें
“ब्ल्यक टी” को वाफहरु
उडिरहेको थियो
बुनेको सपनाहरु जस्तै
शायद
वाफ र सपना
पर्यायवाची

“मुनलाईट ” बाट तिमीहरु
हतारिएर आयौं
निराश अनी पिडां
मिलन- बिछोड
यो त संसारको नियम हो

हामी सबैको “ब्ल्यक टी” बाट
वाफहरु उडिरहेका थिएँ
मानौ
हामीहरुले “ब्ल्यक टी” मा
सपनाहरु घोलेका छौं

(स्रोत : Sajha)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.