~मनोज कफ्ले ‘मनसुन’~
प्यारा साथी, सकुसल छु ।
अब किन किन मलाई पनि लाग्न थाल्यो संसारको आयु अब डाँडाँमाथि पुगेको छ । यो धर्तीमाताले सहन अवश्य सक्ने छैनन् यहाँ पाप फैलिएको धेरै भयो । अब हरेक देशमा तहस नहस हुदाँहुदै हिजो मैले धन्न ज्यान फालिन । त्यो बेला जीवनको आश मरेकै हो मेरो । मलाई पुर्नजन्म दिने ईश्वरलाई सलाम गर्छु ।
प्यारो साथी, खै मलाई पटक्कै थाहा छैन जीवन केले बनेको छ थोरै पीर-मर्कामा रुने अतास्सिने । सँगीनीसँग जीवनभरी सँगै भएर बाँच्ने बाचा त मैले पुरा गर्न नसकेर परदेशी भएको छु, दुई पैसा कमाउने आशले होइन बुबाआमा अनि तिनैहरूलाई खुसी राख्न सकुँ भन्ने चाहानाले हो । बाँचुन्जेल दुई गाँस खाएर एक मुठी सास धान्न सकुँ भन्ने मनसायले हो, अवस्य पनि लोभले होईन ल ।
सुन्छु २०१२ मा यो दुिनंयाको अन्त हुछ रे । धेरैले त्यो दिन आफ्ने तरिकाले कल्पेका छन् । अब त्यो दिन आउन धेरै पनि छैन । म आफैंले यस कुरालाई विश्वास गरिन । तर हिजोको कुवैतको संग्रामले, अस्तिको जापानको अन्धकारले, बहराईन लिभिया ईराक लगायतका देशमा चर्केको युद्वले स्पस्ट पारेको छ । विस्वास तानेको छ । अनि मनले फलाक्न मजबुर भएको छ – अब यो दुनियाँ मसानघाट हुनेछ । तिमीले पनि सोचेका हौला केही प्रतिउत्तरमा लेख्नु है ।
साँच्चै साथी, हिजो केही समय अझै ओझेल नपरेको भए आज दुनियाँका अनलाईन पत्रिकामन म मरेको खबर सुन्थ्यौ होला । त्यो उर्लिएको महाकाल यसरी आयो, हावाको छहरामा उनिएर सारा कुवैतलाई मैलो बनायो । हुरी बतासले कुवैतको बालुवाको कण कण उडाएर आँखाको नानी धमिल्यायो । चारैतिर फुस्रो माटोले ढाक्यो । पलमै सत्राम्मे कतै रुख ढलेको आवाज, कतै गाडीको सिसा आफैं फुटे, आफ्नै सुरले बस ठोक्किए, मान्छे मिचिए, अनि त्यहाँ अँध्यारो भयो – कुवैतको जिलव भन्ने ठाँउ ।
म मसँगै हिडेको साथीसँग ठोक्किएँ । धुलो, अँध्यारो, अनि म बिच सडकमा भौतारीदै छु सवारीको खोजीमा । सबै आफ्नो ज्यान बचाउन तल्लिन थिए । न म बोलेको ट्याक्सीले सुन्थ्यो न मैले अरुकसैको छातामा ओत पाएँ । यो प्रकृया निकै बेर चल्यो बाटोमा धेरैपछि । कुवैत पुलिसको वेन देखियो । अनि म मरेको मुसो बिरालोले निसंकोच खेलाए झैं भएको थिएँ । बाँच्ने आशा पुलिसको वेनले ओतदियो । म जिलीवबाट पुलीसकै वेनमा बसें । अरु साथीहरू खै कता कता भए मलाई थाहा भएन । एरमुकसम्म आउँदा सास मज्जाले फेरें । त्यो साईटमा धेरै बदलाव थियो । बाँच्ने ईच्छा फेरि पलायो ।
ए हो ! साथी यस्तो हुँदा हुँदा फेरि आज कुवैतमा सुनामी आउने समाचार पढेको छु । जसरी जापान लग्यो त्यस्तै हुने हो भने कुवैत एक गाँसपनि त छैन नि । कतै म मरेंछु भने मलाई मायाँ गर्ने कोही पनि नरुनु । बरु सक्छौ भने मसँग भेटेका दिनहरू सम्झिनु । ती दिनहरूमा मबाट अन्जानमा कुनै भुल भएको छ भने पनि माफ गरिदिनु । मलाई स्वर्ग पुग्न कुनै रोकतोक नहोस ।
अस्तु !!