~यादव देवकोटा~
सा“च्चै कति भयो यो छि“डीको कोठामा बर्षैपिच्छे दशैंले घच्घच्याएर गएको ? स्वाट्ट फेरिन्छ उसको अनुहारको रगं । औंला दोबार्दै गनिसकेपछि लामो बाटो हतार हतार हि“डेर चौतारीमा सुस्ताउन बसेको हटारुले जस्तो खुइए गर्छे र ओठ चलाउ“छे–‘आर बर्ष ।’
●●●
सिन्धुपाल्चोकको एउटा गाउ“मा जन्मिई ऊ । दुइ घरबार जोडेका बा । बाले कान्छीस“ग आ“त जोडेपछि छाडिएकी आमा । निर्वाह चलाउन मुस्किल पर्ने आयस्ता । छोरीले अक्षर चिने पोइल हि‘ड्छे भन्ने समय । अक्षर नचिनेरै,स्कूल नछिरेरै बित्यो सत्र बर्षे जीवन । सानामा गाईबाख्रा हेरेर, बहिनी खेलाएर र अलि पछि मेलापातमा आमाको दौतरी भएर निख्रियो उसको जीवनका सत्रवटा बर्ष । माघको एउटा मध्य दिनमा पहेलिएको निबुवाको केस्रा केलाईरहेको बेला आएका मान्छेको हुलको एउटा तन्नेरी रन बहादुरलाई उसको जिम्मा लाउने निधो गरिन उसकी आमाले । आफुलाई बाकल झिकेर कसैले क्वाप्प मुखमा हाल्न ठिक्क पारेको निबुवाको रसिलो केस्रा जस्तो ठानी र आमाको निर्णयलाई चुपचाप सुनिरही खुट्टाको बुढी औंलाले जमिन उधिन्दै । यसरी उसलाई छिमेकी गाउ‘को रन बहादुरको जिम्मा लगाईदिइन आमाले उसैको भलो कल्पेर । ऊसैको अर्थात जमुनीको ।
रनेको पछि लागेर जमुनी नेपाल छिरी । रह‘दा बस्दा थाहा पाई तीन शहर नेपाल भनेर चिनिने ऊ छिरेको शहर काठमाडौं हो । त्यही काठमाडौंमा उनीहरु बसेको टोल टुकुचा छेउको खसी बजार हो । यही हि‘डेर कहिल्यै नसकिने शहरका गल्लीमा पाइताला रगेड्दै बितेको पॉचौ बर्षमा दशैंमा घरगएर काठमाडौं आउन चौताराबाट बस चढेको डेढ घण्टामा बसले हल्याउ‘दा हल्लाउ‘दै जमुनीले बसैमा छोरो जन्माई । सुत्केरी ब्यथाको छोटो झट्कामै निमेशभरमा जन्मिएको छोरोको नाम निमेश राखे उनीहरुले ।
रन बहादुर थाङ्का बनाउने काम गथ्र्यो । कमाई पनि राम्रै । बिहान सबेरै जाने । बेलुकी ढिलो फर्कने । कामको चाप छ भन्थ्यो जहिल्यै । निमेश चार बर्ष हाराहरी पुगेको बेला,जमुनीको महिनावारी रोकिएको डेढ महिनापछिको एक सॉझ रन बहादुर झल्लु बनेर आयो कोठामा । जमुनीलाई अहिले लाग्छ उसको जीवनको नियति झल्लु बनेर छिरेको थियो डेरामा त्यो रात । उसले पछिल्ला केही बर्षहरुदेखि सुन्न थालेकी थिई रनेका बारे मन ठुङ्ने कुरा । रनेले बाहिर केटी राखेको छ, छोरो छ उसको बाहिरको केटीतिर । उसले यस्ता खबरहरु सुनि र खबरहरुले उसका ऑखालाई भिजाएर गईरहे निरन्तर । भिजाए ऑखालाई र सुके गालामा । त्यहॉबाट तल झरेन । बाहिर बगेन । खै किन प्रश्न बनिन रनेका लागि उसका कानलाई ठुङ्न आएका ती कुरालाई लिएर ? तर रनेले उसलाई उत्तर सम्झेको रहेनछ । प्रश्नहरुको स‘गालो ठानेको रहेछ । जसलाई उत्तर छैन भनेर हाप्न पनि नमिल्ने । त्यसैले रनेले च्यातिदिने बिचार गरेछ उसको जीवनको प्रश्नपत्रलाई । रातभर झगडा ग¥यो । मनलाग्दी बोलिरह्यो । त्यो रात उसले कति कुटाई खाई ? त्यसको रनाहाले ऊ कति बेहोस भई सम्झि‘दै चक्कर लाग्छ अहिले पनि उसलाई । सबैभन्दा लामो चक्कर त्यतिबेला लाग्यो जब रनेले भन्यो–‘फु‘डी कसको पाप हुर्काउ‘दैछेस पेटमा ? त‘ बेस्यालाई स्वास्नी मानेर बस्छु म ? ओई रण्डी भन तेरो घोडा को हो ?’ हात र मुख बराबर चलायो रनेले । तर हातको भन्दा बचनको चोटले जमुनीलाई रिङ्गायो । उसले सपनामा पनि नसोचेको बात लाग्यो उसलाई । बात लगायो आङ्खनै लोग्नेले । आङ्खनै लोग्नेको मुखबाट निस्किएको बचन सुनेर उसलाई आफैं उभिएको धर्ती भासि‘दै गएझैं लाग्यो । तातिएको हॉडीमा पड्किएको मकैझैं उ˚्रिएको रने सूर्यको डल्लोझैं पहेलो बन्दै सानो आगोको झिल्कोमा बद्लिएको देखि जमुनीले । उसको होस खुल्दा कोठा खुल्लै थियो । रने थिएन र दराजमाथि राखिएको टेलिभिजनको ठाउ‘ खाली थियो । त्यसपछिको धेरै दिन जमुनीले रनेको बाटो हेरिरही तर रने उसको ऑखा अघि उभिन कहिल्यै ˚र्किएन । जमुनीका ऑखा अघाएर थाके । मन थाकेर अघायो । टुकुचाको पानी जति आ“शु बगेझैं लाग्यो उसलाई । टुकुचाको पानी धमिलो धमिलो छ । के आ“शु टुकुचाको पानी भन्दा पनि धमिलो छ ? नत्र किन पोल्छ आ“शुले आ“खा ? सा“च्चै आ“शुको रंग कस्तो हुन्छ ?–उसैलाई किचु“लाजस्तो गरि मडारिए प्रश्नहरु ।
रनेले छाडेर हि“डेको दुई महिनापछिको एकदिन घरबेटीले भन्यो–‘तिम्रो कोठाको सामानले बा“की भाडा ओत्दैन ।’
ढोकामा पोदरेज कम्पनिको चावी पड्काउ“दै भन्यो–‘अब भाडा नतिरी कोठा खुल्दैन । हप्तादिनमा भाडा नआए सामान ज˚त हुन्छ ।’ रनेले छाडेर हि“डेको दुई महिनाको जिन्दगी उसले चिनेका र जानेकास“गको सरसापटले चलाई । घरबेटीले चाबी ठोक्नु अगावै उसका सम्भावनाहरुमा ताल्चा लागिसकेको छ ।
कोठाबाट निकालिएपछिको पहिलो रात जमुनीले रत्नपार्कमा बिताई रानी रत्नको शलिकछेऊ शालिकझैं उभिएको रुखको फेदमुनि । चार बर्षे छारो निमेशलाई छा“द हालेर निख्लै पेट । आकाशमा जून चहकिलो बन्दै गयो । हजारौं सुर्य एकसाथ चर्किएझैं लाग्यो जमुनीलाई । रुखको पातबाट तप्प शीत खस्यो उसको निधारमा । उसका आ“खाबाट बर्रर आ“शु खस्यो निमेशको छात्तिमा । केही मान्छेहरु ऊ भएतिर आए । पछ्यौराले छोपी आफुस“गै निमेशलाई र श्वास दवाएर गडुल्को परिरहि ।
–‘माल’ जस्तो छ’ एउटाले भन्यो ।
–‘भैगो छाड्दे’ अर्कोले आवाज दियोे । जमुनीको जीवनमा कुनै तारा खसेन त्यो रात । स्यावास जूनेली रात ।
●●●
बिहान झिसमिसेमै रत्नपार्कबाट बौद्धतिर हि“डी जमुनी । ˚ूपूको छोरो गार्मेन्टमा काम गथ्र्यो बौद्धमा । उसैस“ग बसी । एक महिना गार्मेन्टमा काम गरि । तलब बढाउने माग गर्दै आन्दोलन गर्नेमा उसको ˚ूपूको छोरो पनि थियो । सा“झ उनीहरुले माग लेखेको कागज बुझाए । राती मारियो रहस्यमय ढंगले उसको ˚ूपूको छोरो । गुमनाम पारियो । जमुनीलाई आङ्खनो पेटको नानी ढुङ्गाले किचिदिएझैं लाग्यो । गार्मेन्टमै काम गर्दा चितवनतिरको माहिलीलाई साथी बनाएकी थिई जमुनीले । उसैस“ग आई । बदम बेच्न थाली । गुजारा चलेन । माइलीस“ग सल्लाह गरेर कालिमाटीबाट साहुस“ग उधारोमा मकै ल्याए । गोल ल्याए बबरमहलबाट । र, शुरु गरे मकै पोल्न । त्यसपछि मकै पोलिरहिछ जमुनी अठार बर्षदेखि निरन्तर । लाग्छ गोलमा पोलिरहेकी छे आफैंलाई र बेचिरहेकी छे आफैंलाई ।
●●●
विद्युत प्राधिकरणबाट रत्नपार्कतिर जाने आकाशे पुल थियो । वारि रातो घर । विद्यार्थीको कार्यलय त्यही घरमा थियो । भुईतल्लामा कम्युनिकेशन । त्यही कम्युनिकेशनको छेउमा बसेर मकै पोल्न थालेकी थिई । त्यही बस्दा छोरी जन्मिई । खै के सम्झरे रोशी राखिदिई नाम । त्यो चिचिलो नानीलाई पछ्यौराले बानेर ढाडमा बोक्थी जमुनी । नियमित मकै खाने भरियाले एकदिन भन्यो–‘म तिम्लाई लान्छु जान्छ्यौ ?’ भरियाको प्रश्नले जमुनीको मनमा एकैचोटी एकबोरा गोल तातेर रन्कियो । पोलिराखेको मकैको घोगाले बजाईदिई बज्याको पि“डुलामा । छाला गएछ । टाप कस्यो फर्केर कहिल्यै आएन । न मकै खान । न उसलाई लैजान्छु भन्न । त्यस्तै कुनै अर्को दिन भक्तपुर–बागबजार रुटमा गाडी चलाउने एउटा ड्राईभरले भन्यो–‘के मकै पोलिरा, हि“ड होटल जाऊ“ हजार रुप्पे दिन्छु ।’ जमुनीले त्यसको गञ्जीमा झुण्डिएर होहल्ला गरि । मान्छेहरु थुप्रिए । माथिका विद्यार्थीहरु पनि झरे । हुलमुलमा कसैले लात्ति बजायो ड्राइभरको पेटमा । थचक्कै बस्यो ड्राइभर । केही मुक्काहरु थपिए उसैमाथि । डिआइजी अ˚िसबाट आएको पुलिसले घिस्साएर लग्यो ड्राइभरलाई । जमुनीको आ“शुलाई कसैले घिस्याउन सकेन ।
एउटा उधुम गर्मीको दिन । सातवटा सूर्यहरु उसैको थाप्लोमा बलिरहेझैं लागेको हपहपे गर्मी । हम्किइरहेकी छे गोललाई । बिस्तारै सल्कन्छ गोल । गोलस“गै आफैं सल्कदै गइरहे जस्तो लाग्छ उसलाई । बोतलको पानी पिउछे घटघट पारेर । आगोको मुस्लोमा पानीको थोपा परेर स्याइअ“ भएझैं ठान्छे । एउटा केटो आयो र सोध्यो–‘एक घोगा मकैको कति ?’ उसको सोधाइ,मानौं सिंगो पृथ्वी किन्न आ“टेको छ । मकै छाम्ने र कोट्याउने गरेर बसिरह्यो । क्षणभरमै खैरो रंगको खाकी लगाएका पुलिसहरु आए । त्यही मकैको भाउमा अडिएको केटोले जमुनीको तावा,गोलको बोरा र मकैको डालो बोकेर हि“ड्यो र गाडीमा हाल्यो । उसलाई सि“गै संसार घिसारेर गाडीमा कोचेझैं लाग्यो । रोशी जोडजोडले रोइ । नानीको रुवाईलाई सधैंका लागि लैजाने गाडी किन आउ“दैन ।
–‘नगरपालिकाको गाडी हो’–कम्युनिकेशनको साहुले भन्यो ।
–‘नगरपालिका भन्या के नि ?’
–‘सरकारको एउटा अंग’ औंला बर्टादै बोल्यो साहु ।
–‘सरकारले किन सामान लुट्या ?’
–सडकमा बेच्या भएर ।
सडकमा सामान बेच्न नहुने रहेछ । अन्त बसेर बेचे हुन्छ । जे बेचे पनि । अन्त बस्न उ कहा“ जावोस ? उस“ग के छ र जे पनि ? कसले किन्छ र उसलाई ? प्रजातन्त्रले ? प्रजातन्त्रले उसलाई सडकमा बसेर मकै बेच्न पनि दिएन । ऊ संसदमा छैने जहा“ बसेर ऊ सुत्केरी भत्ता र रक्सीको बिल एकसाथ सचिवालयलाई बेच्न सकोस ।
उसले सोधी–साहुजी यो तन्त्रमा गरिबले पसिना पनि बेच्न पाउ“दैन सडकमा ? कम्युनिकेशनको साहु गर्मीको उधुमले तरतरी झरेको पसिना पुछ्दै पसल भित्र छि¥यो ।
‘यो साहुहरुको ब्यवस्था हो जमुनी दिदी’–छेउमा उभिएको विद्यार्थीले भन्यो । त्यो विद्यार्थी केटोको पार्टी पनि सामेल यो कुनै ब्यवस्था लागेन जमुनीलाई । अब्यवस्था लाग्यो ।
●●●
निमेश र रोशीलाई खाना खुवाई । उनीहरुलाई विद्यालय पु¥याई । कोठामा फर्किएर खुर्सानी पिनी । गोल निकाली । पुषको जाडो । सडक हुस्सुको च्यादर ओढेर बसेको छ । मकै र तावा बोरामा हालेर रातोघरतिर हि“डी हुस्सुजस्तै चिसिदै गएको सडक नाप्दै । तावामा आधा गोल खन्याएर आगो फुक्ने सुरसार मात्रै गर्दै थिई,जत्थाका जत्था शसस्त्र पुलिस आयो । मोटरसाइकलवालाले लगाउने हेल्मेट टाउकोमा भिरेकाहरु । एउटा शशस्त्र चिच्यायो–‘भाग् गइहाल ।’ अर्कोले उसको तावामा लात्ती हान्यो । तावा गुड्दै पारि सडकमा पुग्यो । हुत्तिदै आएको गाडीको पाङ्ग्राले उसको तावा रोटी बनायो । सि“गै गाडी आङ्खनो छात्तिबाट गुडेजस्तो लाग्यो जमुनीलाई । समोसा साहुको दुकान बन्द थियो । कम्युनिकेशन खुलेको थिएन । उसले यो सबै ध्यानै दिएकी रहिनछ । पत्रिका बेच्ने रामबाबुलाई प्लाष्टिकको खटिया दाउराको मुठोजस्तो बनाएर बोकीरहेको देखि । रामबाबुकी आमा फत्फताइरहेकी थिइन–‘मण्डलेहरुले गरिखान दिएनन । ज्ञानेको सत्यनाश होस ।’ ए π यो त राजाको काम रहेछ–जमुनीलाई ठूलो ज्ञान मिलेझंै लाग्यो । अगाडी सडकमा उसको रोटी भएको तावालाई गाडीहरुले सडक बनाइरहेका थिए । राजाको शासनमा गरिबले सडकमा गरि खान पाउ“दैन ? आफैंस“ग प्रश्न गरि जमुनीले । सा“झतिर डराई डराई चुनिलाल हरिनारायण पेट्रोल पम्प छेउ आएर उभिई । लौ π रातोघर छैन । ठूल्ठूला डोजर लिएर आएको शशस्त्र पुलिस त रातोघरलाई धुलो बनाएर गएछ । केही शशस्त्र धुलो माथि टेकेर उभिईरहेकका थिए रातो घरको भग्न अवशेष छेऊ । आम्मा नि भनेर जिब्रो टोकी सुस्तरी जमुनीले । केही बर्षदेखि आमा पनि छिन बागबजारमा जमुनीस“गै । शायद जमुनीलाई नै सहारा सम्झिइन जीवनको र आइन यतै दुखको अंश बुझ्न । रातो घरबाट लघारिएपछि बागबजारको सडकमा बसेर मकै पोल्न थाली जमुनी ।
●●●
र्कङ्खयु लाग्यो रे π मान्छेहरु हतार हतार दौडिरहेका छन सडकमा ।
–‘गोली हान्दिऊ कि भाग्छेस ?’ डरलाग्दो बन्दुक सोझ्याएको सेना र उसको पछि उजस्तै टाटे पाङ्ग्रेहरुको लर्कन देख्छे जमुनी । कताबाट बत्तिदै आईपुग्यो निमेश । पढ्न रुची गरेन । साथीको स्क्रिनप्रिन्टमा कार्ड छाप्ने काम शुरु गरेको थियो । तावा र बोरा का“धमा हालेर आमालाई कराउ“दै हि“ड्यो–‘र्कङ्खयु लागिसक्यो थाहा पाउ“दैन ।’ जमुनी छोरोको पछि पछि दगुरी ।
बिहानदेखि सा“झसम्म । सा“झदेखि बिहानसम्म जारी रह्यो र्कङ्खयु । आज काम गरेर आजै खानु पर्ने मान्छे । जमुनीको नाममा यो देशका कुनै बैंकमा खाता खुलेको छैन । उसलाई जीवनको आखिरी परीक्षा आएजस्तो लाग्यो । लुगा धुन,भाडा माझ्न जाने गरेको ठाउ“मा महिना पुग्न लागेको थियो । जान सके अलिअलि पैसा दि“दो हो साहुले । जाने आ“ट गर्न सकिन र्कङ्खयु रु“गेर बसेका सिपाहीको बन्दुकको निशाना छलेर । चिउरामा चिनी हालेर बुक्याए परिवारै बसेर र पानी घुट्क्याएर केही थान दिनलई लतारे । त्यही पनि निमेशले कार्ड छापेर ल्याएको पैसा थियो र चल्यो जिन्दगी केही दिनलाई । केही दिनपछि सा“झ र बिहान आधा घण्टाको दरले र्कङ्खयु खुल्यो । लुगा धोइदिने गरेको घरमा गई । महिना पुग्न केही दिन बा“की थियो । पैसा मागी आफुभन्दा पनि गहु्र“गो मन गरेर देला नदेलाको दोमनमा अडिएर । पछि मिलाम्ला के हुन खोज्या हो भन्दै तर्सिएको भाव लुकाउन खोज्दै दुई महिनाको पैसा दियो साहुले । जमुनीलाई साहुले घा“टीमा अड्किएको सिक्का निकालिदिएझैं लाग्यो । मन हुने धनीलाई मनमनै धन्य भनि जमुनीले । बैशाखको मध्य दोस्रो हप्ता मध्यरातमा मान्छे होहल्ला गर्दै सडकमा निस्किए । उसलाई राजाको आखिरी दिन आएको भान प¥यो । नत्र उसको जीवन अब धेरै थेगिन सक्दैन कामै नगरी । कमाइ नै नगरी ।
●●●
उत्पातको हुरी र पानीको लर्को आएझैं गरि रातो पार्टीको लहर आयो मुलुकमा । अव गरीवको दिन ˚िर्छन । जसलाई भेटे पनि यही भन्छ । गरीवको दिन फिर्ने भनेको मेरै दिन फिर्ने भनेको त हो नि भनेजस्तो लाग्छ उसलाई । सा“च्चै म भन्दा गरीब पनि होलान र यो दु“नियामा ? सोध्छे आफैंलाई । चुनाव आयो । उसको नाम कतै छैन । तर उसले भोट दिई । रातो घर छ“दै चिनेको घाम पार्टीको पुरानो विद्यार्थीले आङ्खनो पार्टीमा भोट हाल्नु भनेर उसलाई मतदान केन्द्रमा हुलिदियो । चुनाबपछि मकै खान आएको रातो पार्टीको एउटा विद्यार्थी केटोले सोध्यो–‘जमुनी दिदी भोट दिनुभयो ?’
–‘दिए“ ।’
–‘कुन पार्टीलाई ?’
–‘घाम पार्टीलाई ।’
–‘किन घाम पार्टीलाई देको त ?’
–‘पहिला रातो घरमा हु“दा चिनेको केटोले भोट हाल्नु भनेर लग्यो,उसैको पार्टीलाई भोट दिए“ ।’
–‘कुन चिन्हमा दिनुभयो घाम पार्टीलाई भोट ?’
–‘हस्से हथौडामा ।’
सि“गै बागबजार हल्लाउने गरि हा“स्यो केटो । भन्थ्यो–‘अब तपाईजस्ता गरीवका दिन फिर्छन दिदी ।’ उसले नपत्याएजस्तो गरेर जिब्रो लेप्र्याई ।
पछि । बर्षे भेल उर्लिएको बखत । बर्षे भेलझैं उर्लिएको रातो पार्टीका ठूला नेताको नेतृत्वमा सरकार बन्यो । दशैं र तिहार बीचको एउटा शुक्रबार । एकहुल पुलिस आए नगर प्रहरीको भन्दै । उसको तावा र बोरा लगे । उसले मकै पोल्ने सडकको छेवैमा रातो पार्टीको विद्यार्थी कार्यलय थियो । त्यही कार्यलयको छतमा बसेर जमुनी दिदी तिम्रो दिन फिर्छ भन्ने केटो मुसुमुसु हा“सिरहेको थियो । पुरानो प्रश्नले उसको मनलाई बरुलाले टोकेझैं रनन्न बनायो–गणतन्त्रमा गरीबले सडकमा काम गरेर खान पाउ“दैन ?
फुटपाथे ब्यापारीहरुलाई हटाउने भन्दै गणतन्त्र नेपालको पहिलो सरकारका प्रहरीहरु माइकिङ्ग गर्न थाले । घाम पार्टी र रातो पार्टीको सरकार थियो । झुत्रेझाम्रे मान्छेहरुको रगतले बनेका नेताहरु सरकारमा गएपछि सडकमा ब्यापार गरेको भन्दै जमुनीको टाउकोमा कटबास बर्सियो । टाउकाको कपाल भिजाउ“दै बगेको रगत नाकको डा“डीबाट धारा बनेर भुइमा तर्कियो । गृहमन्त्रीको आदेश तामेली गर्न ओइरिएका प्रहरीहरु बिहानदेखि सा“झसम्म सडक कुरेर बस्न थाले । टाउको फुटेर अस्पताल गएकी जमुनीलाई कुर्न निमेश नभएको बेला अरु कोही भएन । आमाको मङ्गलसुत्र बेचेर जमुनीको उपचार भयो । सत्ताइस दिन अस्पताल बसेर फर्किएपछि बाटोमा मान्छेको हुल देखेपनि पुलिसहरु ग्वारग्वार्ती आएर कटबासको लौरोले बजाएको धमिलो दृश्य देख्न थाली । टाउकामा कमिलाको गोलै खनिएर टोकेझैं हुन थाल्यो । उसका लागि गणतन्त्र कटबास बोकेर तर्साउन आउने बुख्या“चा भयो । प्रजातन्त्र साहुहरुको ब्यवस्था हो जमुनी दिदी भन्थ्यो रातो घरवाला विद्यार्थी । सा“च्चै यो गणतन्त्र कसको ब्यवस्था हो ?
●●●
घरभेटी आमाको नियमित चेकजा“चको पालो परेको दिन थियो । एक्लै बस्छिन । छोराहरु छन । छोरीहरु छन । स“गै बस्दैनन । शहरमा हुर्केको संस्कृति–बृद्ध हु“दै गएका बाउआमाको बेवास्था । त्यस्तै भयो घरभेटी आमाको पनि । अन्ठानब्बे बर्षको भए“ भन्थिन । छोराछोरीले वास्ता गरेनन भनेर रोइरहन्थिन बेलाबेलामा । म बा“चिन्जेल यो घर छाडेर नजाउ है जमुनी भन्थिन । जमुनी तिनको कपडा धोइदिन्थि । शरीरमा तेल लगाईदिन्थि । बहालमा बस्नेहरु सबैको भाडा बढ्यो । म तलाई भाडा बढाउन्न भनिन जमुनीलाई । भाडा लिन छोराहरु आउ“दैनन । जति आउ“छ त्यही हो जीवन चलाउने आयस्ता घरभेटी आमाको । कपडा धोइदिने र तेल लगाईदिने कामका लागि जमुनीले महिनाको हजार रुपैया“ पाउ“छे घरभेटी आमाबाट । आङ्खनै आमाजस्तो लाग्छ जमुनीलाई घरभेटी आमा । मोडल अस्पतालमा जचाउने गर्थिन बुढीले । खाना खाए । कोठामा ताल्चा ठोके । रत्नपुस्तक छेउ अडिएको ट्याक्सी चढे र अस्पताल लागे । ट्याक्सी चढेको एक मिनेट जतिमा ख्वाक्क खोकिन घरभेटी आमाले र सर्लक्क ढलिन जमुनीको काखमा । हात चलाउ“छे जमुनी बुढियाको । चल्दैन । कराउ“छे–घरभेटी आमा,ए बुढीआमा–अह“ कुनै चाईचुई छैन । म तिम्रै काखमा मर्छु जमुनी भन्थिन बुढीले । ट्याक्सीवाला त्रस्त आ“खाले हेर्छ । छिटो दौडाउनोस–जमुनी भन्छे ।
–‘अहिले ल्याएको बुढी मान्छेको तपाई को हो ?’–डाक्टर सोध्छ ।
–‘म बहालमा बस्ने डेरावाल ।’
–‘बुढीको आफन्त ?’
–‘छोराहरु छन ।’
–‘बोलाउनोस । उहा“लाई यहा“ ल्याउ“दा उहा“ मरिसक्नुभएको थियो ।’
बुढी अडेस लागेको तिघ्रा बिस्तारै मर्दै गएझैं लाग्यो जमुनीलाई ।
आमाको काम सकिएको पैतालीस दिनपछि बुढीका छोराहरुले भने–‘अब कोठा भाडा बडाउन पर्छ जमुनी डिडी । टिर्न नसक्ने भए अन्टै कोठा खोज्नोस । डशैं टिहारसम्म यही“ बस्नोस ।’
●●●
लुगा धुन जान्छे । पाखुरा दुख्न थालेका छन । धन्न अठार बर्षसम्म परेड खेल्ने फौजीलेझैं पाखुरी मच्चाई । अब सक्दिन पाखुरीलाई रगेड्न । भा“डा माझ्न जान्छे । भेट्नुबाट चु“डिएर ङ्खयात्त भुईमा खसेको पाकेको बेलाउती जस्तो फतक्क गल्न थालेका छन नाडी । अब सक्दिन नशालाई मस्काउन । मकै पोल्न बस्छे । आ“खा पोल्न थालेको छ । ढाड अररो हुन थालेको छ । तागत खरानी हुन थालेको छ । सक्दिन जमुनी अब मकै पोल्न । बजार भाउ बढेकाले हिजोआज ऊ सामान किन्न जान्न । कि आमाले किन्छिन । कि रोशी जान्छे । सामानको भाउ सुन्दै ऊ आङ्खनो भेउ हराउ“छे । मान्सी आएकी थिइ कोठामा जमुनीको फोटो खिच्ने साथीको साथ लागेर । भातै खाएर गएकी थिइ केहीपटक । मान्सीका बा प्रधानमन्त्री छन–टेलिभिजनको समाचार हेरेर भेउ पाउ“छे जमुनी । लौ उत्पातै हुन्छ जस्तो हल्लाखल्ला गरेका थिए प्रधानमन्त्री चुनिदा ताका । सम्झेर ल्याउ“छे जमुनी,मान्सीका बा प्रधानमन्त्री भएपछि त हो बजारमा भाउ सुन्दै चक्कर लाग्ने भएको । ठ्याम्मै बर्षदिन नाघिसकेछ ।
‘मान्सीका बा गरिपले हउरको शाषनमा बा“च्न मिल्दैन ?’–आफैं झस्कन्छे आङ्खनो प्रश्नले । यताउती हेर्छे कोही छैन । टिभिमा एउटा केटो मच्चिमच्चि भाषण गरिरहेको देख्छे । ऊ भन्दैछ–‘यो इतिहासकै सबैभन्दा भ्रष्ट सर्कार हो ।’ जमुनी सुन्छे बुझ्दिन । ऊ चिन्छे त्यो केटोले उधारोमा खाएको मकैको पैसा दिनुछ जमुनीलाई ।
‘त्यसलाई बज्जे उधारोमा खाएको मकैको पैसा दिनुछैन । टिभिमा भाषण गर्न गएछ ?’–एक्लै फत्फताउ“छे । एक्लै बोल्ने बानी पर्न थालेको छ हिजोआज जमुनीलाई ।
दशैंको लागि नाती र छोरीलाई कपडा किनिदिन बजार जान्छे । नाती अर्थात निमेशको छोरो । निमेशकी श्रीमती बिनिता पोइल हि“डी एघार महिनाको छोरो छाडेर । जमुनीले हुर्काई नाति । अब त पा“च बर्ष लागिसक्यो । भाउ सोध्छे । सुनेपछि पसिना छुट्छ । अब आङ्खनै ह्याउले जीवन चलाउन नसक्ने फैसला गर्छे । घरबेटीले दशैं तिहारपछि कोठा छाड् भनेको छ । असोजको यो आखिरी सुक्दै गएको मकै बिक्दैन । अब ऊ सक्दिन । भा“डा माझ्न । लुगा धुन । मकै पोल्न । दशैं मनाउन । उसको गाउ“ले भिनाजूले अब म गाउ“ जान्छु,यही बसेर चुरोट,पराग,सुर्ती बेच भनेका छन । अब ऊ त्यही गर्छे । गल्लीको मुखमा रहेको जुत्ता पसलको आडको थारै खाली ठाउ“ उसको भिनाजूको ब्यापार थलो बनेको पनि निकै बर्ष भयो । भिनाजूको ‘दोकान’ माथि रातो जुत्ता उचालेको खुट्टाको फोटो छ । आङ्खनै टाउकोमा टेकेझैं मान्छे जमुनी जुत्तावालले । उसलाई गह्रु“गो लाग्छ आङ्खनै टाउको । निमेशले भनेकै छ–आमा अब दुख नगर । निमेशको चन्द्रप्रकाश डिजाइन हाउसको ब्यापार राम्रै हुन थालेको छ । रोशी हुर्कदै छे । यसपाला एसएलसी दिन्छे । जमुनीले लामो रात भोगी । अब बिस्तारै उज्यालो आउला कि π
●●●
दशैं आएको छ सम्मुखमा । बुढी कमिलाले टोकेझैं चसक्क दुखाएर निख्रन्छ ।