कविता : उकालो यात्राका कुरा

~टीकाराम उदासी~Tikaram Udasi

कहिल्यै नबिर्सनू
र, सुन्नू ध्यान दिएर कि
हामी अपर्ूव साहसका साथ
हिडेरै आएका हौँ यहाँसम्म
नपत्याए सोध्नू तिनीहरुलाई
साक्षी छन् आकाशका जूनताराहरु
त्यो अनन्त फैलिएको क्षितिज पनि साक्षी छ
साक्षी छन् उस्तै
आकाशतिर फर्केर उभिएका हिमालहरु
स्वाभिमानको पहरा बसिरहेका पहाडहरु
तल-तल बगिरहेका नदी र खोलाहरु
धेरै-धेरै जङ्गलहरु र जङ्गलका रुखहरु
हामीले पसिना पुछ्दै बिसाएका चौतारीहरु
सबै छन् हाम्रा यात्राका साक्षी
सुस्केरा काट्दै छिचोलेका भञ्ज्याङहरु
उकालो चढ्दै र झर्दै गरेका कैयौं बटुवाहरु
आकाशमा एकनाससँग उडिरहेका चराहरु
विकट पखेरामा हाँसिरहेका वनफूलहरु
पीडाका गीत गाइरहेका झरनाहरु
सबै-सबै छन् हाम्रो यात्राका साक्षी
आधारशिविरबाटै हिडेर
यतिबेला
आइपुगेका छौँ हामी धेरै माथि
बाटामै सहिद भएका छन् धेरै साथीहरु
ब्ााटामै पोखिएका छन् धेरै पसिना र मेहनत
ब्ााटामै लेखिएका छन् दुःख र सङ्र्घष्ागाथा
ब्ााटामै छुटेका छन् धेरै अनुहारहरु
अवश्य अझै भेटिएको छैन
हामीले भेट्नुपर्ने फराकिलो र उज्यालो गन्तव्य
अवश्य अझै सकिएको छैन
हामीले सक्नुपर्ने उन्मुक्ति र स्वाभिमानको यात्रा
तर यात्रा निरन्तर जारी छ हाम्रो अझै
अनवरत चढिरहेछौं हामी उकालो
यति धेरै माथि चढिसकेपछि
कसैले
फेरि उही आधारशिविरमै फर्किएर
नयाँ यात्रा गर्ने कुरा गर्छ भने
अस्वीकार्य छ हामीलाई त्यस्तो दृष्टि
यति धेरै अनुभवका पुस्तकहरु प्ढिसकेर
कसैले
फेरि उही वर्ण्र्ााला सिकाउने कुरा गर्छ भने
अस्वीकार्य छ हामीलाई त्यस्तो शिक्षा
यसकारण कि
इतिहासको कुनै दस्तावेजमा
दिग्विजयको झण्डा बोकेर हिड्नेहरु
कहिल्यै पछाडि फर्किएका छैनन्
युगयात्राको कुनै अभिलेखमा
उकालो चढिरहेका पाइलाहरु
कहिल्यै ओरालो फर्किर्एका छैनन्
बरु
आऊ सबै-सबै पाइलाहरु
उत्साहपर्ूवक
यहाँबाट अझै अगाडि बढ्ने कुरा गरौं
बरु
आऊ सबै-सबै यात्रीहरु
साहसपर्ूवक
निरन्तर-निरन्तर उकालो चढ्ने कुरा गरौं
बरु
आऊ सबै-सबै, अझै एकपल्ट
संसारभरिका भुइँमान्छेहरुका उन्मुक्तिका कुरा गरौं
उनीहरुले देखिरहेका उज्याला सपनाका कुरा गरौं ।

(स्रोत : समरेखा द्वैमासिक)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.