~मणि वनवासी~
ठुला ठालु सधैं राम्रा, साना सधैं दास।
दासताको पञ्जाबाट मुक्त हुने आस।।
त्यही आसमा अल्झिएर छाडिहाले घर।
सम्झनामा तड्पिरहन्छु खुशी कहाँ छ र।।
अधुरा ति सपना सम्झी यहाँसम्म आको।
आफ्नाबाट टाढा हुदा बल्ल चाल पाको।।
कुरा बुझ्नु पहिले नै टाढा आई सकेछ।
ट्रैन अब लिक छोडि पर गई सकेछ।।…
यता उति हल्लिदैमा बैश ढलि गयो।
चालिस बर्से यो जवानि त्यसै खेर गयो।।
सबै खुसि सबै हाँसो भुल्नु पर्यो अहिले।
ति दिनहरु बापस पाउन कति कुर्नु मैले।।
पराइ ठाँउ पराइ माया जिउनलाइ गाह्रो।
मेरै गाँउ मेरै ठाँउ मलाई सधै प्यारो।।
बर्षातको झरि जस्तै बर्सिरहन्छ आँसु।
पिर चिन्तामा डुबुल्किदै कसरि म हाँसु।।
घर टाढा देश टाढा यो बिरानो ठाँउमा।
यो कविता लेखे मैले मरै देशको नाँउमा।
मार्च 17, 2008
(स्रोत : INLS – australia)