~रश्मिला कवाङ ‘रश्मि’~
आमा, अब दशै कहिले लाग्छ?
बालापनका ती रहरलाग्दा दिनहरु
ती निश्चल हाासो र उमंगहरु
रोटेपिडमा मच्चिएका झट्काहरु
मिठो खाने राम्रो लाउने निउका कर्कशहरु
अनि त्यो अभावमय दशैको टिका र जमरा
कालान्तरमा सम्झिन्छु म एकएक कलाएर
लाग्छ दशैं त्यही थियो ,हिउादका चिसा दिनहरु
लामो हिउादे विदाको हर्ष तर गृहकार्यको विस्मात
कलिलै बुद्धिका मसिना योजनाहरु
लाग्दथ्यो दशैमा यो गर्छु, त्यो गर्छु
मालश्रीको धुनसगै जीवनका खुसीहरु उर्लन्थ्यो
नवरातको कथाले मनमा उथुलपुथुल मचाइ
चारैतिर जमरा र शुभकामनाका लहरहरु
आहा कति सफा अनि चंगा थिए मनहरु
दशै साच्चीकै लागेको थियो सायद
मठमन्दिरका घण्टीहरुको धुनले कति आनान्द दिन्थ ।
आमाबाका चटारा दिनहरु सन्तोषका व्यस्तताहरु
आग्दथ्यो अव दशै लाग्यो र जिवनका मोडहरु पनि
आत्मीयता ,सुखशयलभित्र मोडिन्छन् सदाको लािग
आज भोलि र पसिर् हुन्दै जवानीका पलहरु प्नि सायद
विस्तारै विस्तारै कटुसत्यतिर लम्किएर
आधुनिक युगसागै दशैको दश खुशीहरु प्नि बदलिएर
सुख छ ,सयल छ ,धन छ आजको दशैमा
महंगा लगाफाटाहरुसागै थरीथरीका योजनाहरु
हीजाका दशैहरुभन्दा आजको दशै रंगिचगि छ
तपनि खै दशै आएको कतै आभाश छैन
चंगा उडेपनि गन्तव्य छैन सुरिलो धुन छ
तैपनि कतै मंगलता छैन,त्यो अभावमय रहर छैन
पहेलो जमरा र राता टिकाहरुमा कुनै उमंग छैन
नवरातका हिउादहरु पनि मरुभुमीको कठ्याग्रिने जाडो जस्तै
आखिर दशै किन लाग्दैन आजकाल
परदेशका मनहरु प्नि चिसै छन् सधैजस्तो
अभावमय पाखेजस्तो, मन फरुड हुने दशै कहाा गयो ?
अनि सात समुन्द्र पारिबाट सोध्न मन लाग्छ
आमा अब दशै कहिले लाग्छ?
भातसागै फर्सी खाई पुराना लुगा लगाई रम्ने दिन कहिले आउाछ?
ए आमा, अब दशै कहिले लाग्छ?
रश्मिला कवाङ “रश्मि”
मुलढोका-४, भक्तपुर
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )