~सन्तोष काफ्ले ‘स्पन्दन’~
हो साथी म यतिबेला एम्बुसमा छु
खुट्टा मुनि एम्बुस छ
खुट्टा छोडे पडक्न्छ
नछोडे समय घटिरहेको छ
यधपी जिबनको लामो सास तानेर
समयका रेखाहरु हेर्दै
चारै तिरको बाताबरणमा हराऊछु
जिबन
कल्पना
अनि मिठो सपना
हो कति मिठो सपना देखेको थिए
जिबन फलाउने फुलाउने
हिउदे याममा असिना वर्षा एकैपाली बर्सिएजस्तै
तत्काल
परिवार
समाज
अधिकार
कर्तब्य सम्झन्छु एकैपाली
तर
सबै एकै छिनमा हराउछन
कालो बादलको अध्यारोमा हवाईजहाज
हराए जस्तै
प्रसान्त महासागरको गहिराइमा अनन्त डूबेजस्तै
म हराउछु एकै छिन
अनि
एक अर्को याद संग-सगै आउछन्
मेरी प्रेमिका
हो प्रेमिका
जसलाई म स्वच्छ स्पन्दनले प्रेम गरें
माया दिएँ
रातको जुनलाई ओझेल पारेर
उनको आँखामा
सुन्दर प्रकिर्तिको आवरण देख्दा
मोहित भएर लठ्ठीएको थिए
हजारौ आनन्दताको सुन्यतामा हराउदा
ति प्रेम स्पर्शका पलहरु
म एकै पटक सम्झिरहेको छु
सयौं जुनी संगै जिउने बाचा कसम
अनि
बुबा आमा
परिवार
किनभने म यतिबेला एम्बुसमा छु
यात्रामा पाइला चाल्दा-चाल्दै
आँखाबाट आँशु झर्दा-झर्दै
चलिरहेको गाडीको ब्रेक झ्याप लाग्दा
अगाडी हुत्तिएजस्तै
मेरो मृत्युको दृस्याबलोकन
माउसको राइट क्लिकमा क्लिक भएझै
कम्पुटरको स्क्रिन अगाडी जस्तै धुमिल-धुमिल
देखिरहेको छु
हो साथी म यतिबेला एम्बुसमा छु
खुट्टा मुनि एम्बुस छ
खुट्टा छोडे पडक्न्छ
नछोडे समय घटिरहेको छ
स्मृतिको क्यानभासमा
निदाउदा को सपनाजस्तो भताभुङ्ग
धत्तेरी
बिशाल योजना लेखेको थिएँ
कालो अन्धकार भित्र पनि
उज्यालोको आभास देखेको थिएँ
सोचेजस्तो भए
जिबन एक बिन्दुमा अडीदैन थियो होला
भाग्य पल पल आँखाबाट चुहिदैन थियो होला
कुन्नि किन लेखेका थिए देबकोटाले
“उडी छुनु चन्द्र एक”
उदेश्य र यथार्थ एकै हुने भए
साच्चीकै म सपना देख्ने थिइन
बिपनाको खोजि गर्थे
तर साथी म यतिबेला एम्बुसमा छु