~कोइँचबु काःतिच ‘उत्तम’~
यसो आफ्नै जिन्दगीलाई
स्वस्थ परिक्षणको क्रममा
एमआरआइ गरेर हेरेको त
के भनौं,
लाजै मर्दो रिपोर्ट पो देखा पर्यो, गाँठे !
कतै डाँडाकाँडा
कतै खोल्साखोल्सी
कतै खाल्डाखुल्टी
कतै ढिस्काढिस्की
ग्राबेलै ग्राबेल
धुलैधुलै कच्ची सडक जस्तो
के नमिलेको के नपुगेको
रिङ्ने,
यस्तो पनि के जिन्दगी !
होइन हौ अति नै पो लाजै मर्दो पो हौ !
एक तोलो
एक लाक्यो
एक थोलो
एक फिपि
पैँचो मागेर
छताछुल्ला भताभुङ्गा
यो बेहाल जिन्दगीलाई गाँठे
होइन हौ, कहिलेसम्म पिच गर्नु ?
इँ बारि, कहिलेकाहीँ त लाग्छ
डाइनामाइट क्लाःतोलि बाँधेर
आत्माघाती बम अन्धधुन्दा पड्काइ दिउँ
कालकुट तीनपाने बोशेर घुट्काएर
आनन्दमय विस्तरामा मस्तसँग सुताइ दिउँ,
थुइय्या, यस्तो पनि जिन्दगी ?
छ्या, कस्तो घृणित यो जिन्दगी !
उफ, निरस, निराश, आः थु जिन्दगी !
—————-
–काःत, चुप्लु (ओखलढुङ्गा)
(स्रोत : http://www.sunuwar.org/ )