कथा : शितको सुनामी

~सुमन क्षितिज~suman-kshitij-sudip

कलेजमा मलाई ऊ जत्तिको राम्री कोही पनि लागेकै थिएन् । सुरुवाती दिन देखि नै उसमा नजर ठोक्किएको थियो । खासमा भन्नुपर्दा कलेजमा अधिकांश विवाहित थिए । पचास प्रतिशत बचेका मध्ये पच्चीस प्रतिशतको ब्वाईफ्रेण्ड कलेजभित्रै भेटिन्थ्ये । बाँकि पच्चीस प्रतिशत मध्ये कोही आफुभन्दा जेठी, कोही आफु भन्दा अग्ली, आफु भन्दा मोटी, आफु भन्दा धनी, कोही बोल्दै नबोल्ने, कोही आज बोल्न पाएन भने भोली घाम नउदाउला झैं गर्ने आदी इत्यादि गरेर विभिन्न ‘क्याटेगोरी’का थिए । तिनीहरु सबै मेरो सर्कलभन्दा बाहिरका थिए ।

ग्रामिण भेगको एउटा सानो कलेज । प्रायः सबैजना साईकल चढेर कलेज आउँथे । आफुलाई एक किसिमको हतार महसुस हुन्थ्यो । त्यसैले निर्धारित समय भन्दा अगाडी नै कलेज गेटमा उभिएर पर नेपथ्यमा नियालिरहन्थ्येँ । मानौं की ठुलो कम्पनीको गेटपाले मालिकको आगमनको पर्खाईमा छ । पर गुलाबी र·को साईकल देखेपछि मन पुलंकित हुन्थ्यो तर जति त्यो आकृति नजिकिन्थ्यो, त्यति म सर्माउँथे र स्पर्शपछि खुजमुजिएको लज्जावती झारझैं शिर निहुराउँथे । कहिले काँही त्यो आकृति कलेज गेट कटेर जान्थ्यो । म पुलुक्क हेरेर निराश हुन्थ्येँ ।

कलेज गेटमैं भुँईतिर हेरिरहेको अवस्थामा एक दिन आवाज आयो । ‘बाटो नछोड्ने ?’ म झस्किँए । हुन पनि बिचमै उभिएको रहेछु । लाजले रातो भएर अति पर सर्दै एउटा शब्द फुत्काएँ ‘सरी’ । उसले फेरी भनि –‘के हो जतिखेर नी गेटमै देख्छु त, कसको पर्खाईमा हो ?’ मैले एकपटक नियाँले । आवाजसंगै ऊ पर पुगिसकेकी रै’छे । मैले मनमनै सोचेँ ‘यदि उत्तर नै चाहिएको रहेन छ त प्रश्न किन सोध्नु ?’

ऊ न अग्ली, न दुब्ली, न होची, न मोटी, न काली, न गोरी, कस्ती न कस्ती थिई । कोहिसंग उसको आकृति मिल्दैनथ्यो । ऊ केवल ऊ जस्ती मात्र थिई । सदाबहार कुर्तासलवारमा झुल्किने ऊ मलाई चौपट्ट राम्री लाग्थी । हामी दुबै एउटै कलेजका विद्यार्थी भएर पनि एकअर्कासंग अक्सर बोल्दैनथ्यौं । ऊ मसंग बोलेको दिन म आफुलाई पृथ्वीको भाग्यमानी जन्तु सम्झन्थेँ । ऊ कलेजमा कुनै दिन ‘आप्सेन्ट’ मात्र भई भने मेरो मनमा हाहाकार मच्चिन्थ्यो । मनमा भुकम्प जान्थ्यो, अनि त्यसैको परकम्पले रन्थनीएर म साथीहरु प्रत्येक केटीहरुको नाम सुनाउँदै भन्थे–‘त्यही प्रेरणा त हो नी नआकी, त्यो बाहेक सबजना आईतरा’छन् नी ।’

‘तँ प्रेरणालाई चाहान्छस् हो ?’ मैले ‘अँह’ को भावमा टाउको हल्लाएँ । विनोदले भन्यो–‘झुक्याउँछस् किन ? तेरो अनुहारले बताईरा’छ । हेर् भाई , यदि केटी पट्याउनु छ भने केहीहरुकै ‘थु्र’ बाट जानुपर्छ । पहिला त्यसको एउटा मिल्ने साथी पट्या अनि त्यसलाई पट्याउन सक्छस् । त्यो ‘फर्मुला अप्लाई’ गरिस भने तँ पास ।’

सोचेँ, फर्मूला पुरानो थियो तर निकै ‘यूजफूल’ । वास्तवमा गण्तिको हिसाब गर्ने बेलामा पनि फर्मूला पुरानो छ वा नयाँ छ भनेर हरिँदैन् । बस्, हेरिन्छ त त्यो दिईएको समस्याको लागि उपयुक्त छ वा छैन् । तर मेरो समस्याको लागि विनोदले दिएको फर्मूला केही हदसम्म उपयुक्त थियो । वास्तवमा म आफै पनि यतिजाबो कुरा सोच्न नसक्ने बुद्धु त कहाँ थिएँ र ? तर उसले भनेपपछि त्यो फर्मूलाप्रतिको विश्वास अझैं प्रगाढ भयो ।

स्वीकृत मेरो घर छेउकी छिमेकी थिई । अझ भन्नुँ भने ऊ मेरो कलेजफ्रेन्ट थिई । झन चाखलाग्दो कुरा के थियो भने पछिल्लो समय ऊ प्रेरणाको घनिष्ट साथी बनेकी थिई । सोँचे, मध्यस्थकर्ताको भूमिकामा ऊ जतिको कोहीपनि सुहाउँदिन । एकदिन ‘स्विकृति’ ऊ साथीहरुको झुण्ड छाडेर म तिर आई । साथीहरु सरासर क्लासतर्फ लम्किएँ । हामी अशोजको छहारीमुनि बस्यौँ । उसले सोधी–‘किन बोलाउनुभा’को रबि दाई ? मैले आफुले प्रेरणालाई मन पराएको र सँगसँगै उसको मनसाय पनि बुझिदिन आग्रह गरेँ । उसले आश्र्चय चकित भावना म तिर हेर्दै भनी– तपाई नि यस्तो ? मैले बोल्न जरुरी ठानिन,प्रतिक्रियामा मुस्कुराएँ मात्र । ऊ क्लास भएको र आफुले गर्नसक्ने जति गर्छु भन्ने विश्वास दिलाउदै कक्षकोठा तर्फ मोडिई ।

दुईदिनपछि स्वीकृतिले मलाई भनी ः–‘उसलाई पनि तँपाई राम्रो लाग्छ रे तर…..’ उसको कुरा सकिन नपाउँदै महतारिएर बोलेँ‘तर के स्वीकृति ?’ कति हतारिनुभाको रविदाई,फ्रेन्डसिप मात्रै गर्छे रे । वास्तवमा उसलाई लभ रिलेशनमा विश्वास नै लाग्दैन रे । मलाई राहत मिल्यो,किनकी अक्सर केटीहरु सुरुवातमा यसै भन्छन् । मनले सोच्यो,‘फ्रेन्डसिप प्रगाढ भएपछि लभ त आफ से आफ भइहाल्छनी ।’

त्यसदिन देखि ऊ मसँग अलि खुलेर बोल्न थालेकी थिई ।मेरो पनि ऊ प्रतिको लगनशिलता अझै कम भएको थिएन ।सेकेन्ड इअरको क्लाश चलिरहेको थियो ।दिनहरु क्रमशः बित्दै थिए । फस्ट इअरको रिजल्टपछि आयो,राम्रै डिभिजनमा पास भइएछ ।मन फुरुङ भयो ।तर कलेजमा छैसटी प्रतिशत विधार्थीको भने मन झुमसुङ नै थियो,किनकी यो वर्ष एकतिहाई विधाथी मात्र पास भएका थिए ।

फागुन महिनाको सुरुवाती दिन थियो । साँझमा फेसबुक खोलेँ । नोटीफिकेशनमा र म्यासेजले फेसबुक राताम्ये भएको थियो । मलाई त्यो दृश्य फेसबुकको वाल कम र गुँरास फलेको पाँखा बढि लागिरहेको थियो, आखिर नेपाली मन न पत्यो । साथमा एउटा फ्रेन्डरिक्वेस्ट पनि रै छ,खोलेँ प्रेरणा कार्की ‘टु म्यूजअल फ्रेन्ड’। खुसी हुदैँ सम्हालिएर एक्सेप्ट गरेँ ।

नत्र अन डु हुने संभावना रहन्थ्यो । त्यसपछि क्रमशः नोटीफिकेशन र म्यासेज खोलेँ ‘प्रेरणा कार्की लाईक्ड यो र प्रोफाईल पिक्चर’ अधिकांश नोटीफिकेशन यस्तै थिए ।

म्यासेज हेरेँ । रिजल्ट के भयो तिम्रो ? उसले नै म्यासेज गरेकी रै छे । अ राम्रै भयो, रिप्लाई गरिदिएँ । अनि तिम्रो नी तिम्रो ? दोबरा म्यासेज ठोल्दिँए ।

ऊ विगत केही दिनदेखि कलेजमा अनुपस्थित थिए त्यसैले ऊ मेरो रिजल्टप्रति अनविज्ञ थिई र भाईसभर्सा । म उसको उतर स्रवण गर्न नपाँउदै अफलाईन भएँ । बेलुका खाना खाइएसकेपछि फेरी फेसबुक खोल्दा एउटा म्यासेज र दुईवटा नोटीफिकेशन थपिएछ । यो चोटि सुरुमा म्यासेज खोलेँ । ‘अ पास भएँ, थड डिभिजनमा’ रिप्लाई गरेको रै’छे । ऊ अनलाइनमै भएकीले रिप्लाई गरेँ । लड्डु खुवाउँदिनौ त ? कलेज आएपछि खुवाउँला नी । उसले जवाफ फर्काइन् । उसले मेरो दुईवटा फोटोमा कमेन्ट गरेकी रै छे । एउटामा लेखिएको थियो –‘मैल्ने भए त दुइ लाइक गथेँ, तर के गर्नु एक लाइक गर्ने बितिकै अनलाइक लेखाउँछ र पो त ? मैले उसको कमेन्टमा लाईक थप्दिएँ । अर्कोमा थियो–‘सो ह्यान्डसम’ यसमा चहीँ दुई लाईक कमेन्ट नै लेख्न बाध्य पारी । लखेँ ‘थ्याङ्क्स बट् नट् ह्याज मच ह्याज यू’

‘कता हराएको पढनदास ? उसैको म्यासेज आयो ।

‘पढिराको नी बुक म्यासेज ठेलेँ ।

‘कोर्स बुक की नोट बुक ? उसले सोधी ।

‘नाइदर कोर्स बुक नोर् नोट बुक,फेसबुकमा नोटीफिकेशन पढिराख्छु’

‘मेरो वाल नी फुलेको आरुबखडा जस्तो पायौ है कमेन्ट रिप्लाई गरेर ….’ उसले भनी

‘मेरो वाल नी फुलेको आरुबखडा जसरी त जवानी फुल्या छ नी तिमीमा’ म जिस्किएँ । उसले स्टिकर ठेल्दिई’ हाहा गरेर म मख्ख परेँ ।

दिनहरु क्रमशः यसरी नै वित्दै थिए । मैले उसको फोन नम्बर मागेर पनि फोनमा कुरा गर्न थालिसकेको थिएँ । दिनहु जसो कलेजमा भेटे पनि दिनमा एक चोटी अनलाईन बस्नै पर्ने, कल गर्नै पर्ने किनकी मलाई उसको तलतल लागिसकेको थियो । कहिले काँही मोवाईल विग्रियो वा फोन अफ भयो भने पनि दुधे बालकको आमा मरेजस्तो अनुभव भईरहन्थ्यो । उसंग फ्रेण्ड भएदेखि नै फेसबुक राताम्य देख्न थालेकाले होला आजकाल ट्राफिक लाईटमा रातो बत्ति बलेपनि नोटिफिकेशन आएझैं लाग्छ ।

म सोच्छु, रबिको पर्यावाचिक शब्द सुर्य हो । रबिलाई उदाउन कुनै प्रेरणा चाहिँदैन् तर यदि प्रेरणाको आकाशमा कालो बादल मात्र देखियो भने पनि रबि रहने छैन् । यस ग्रहका पुरै मान्छेहरुले त्यसबेला खाली आकाशमात्र देख्ने छन् । अर्थात रबिको अस्तित्व नामेट हुनेछ । त्यसैले रबि स्वतस्फुर्त रुपमा उदाउनेका लागि प्रेरणाको आकाश स·लो हुनु जरुरी छ ।

कहिले काहिको मोवाईलमा फोन लाग्दैन्, अनलाईन पनि कयौं दिनसम्म आउँदिन, लाग्छ कति तड्पाउन सकेकी मोरीले ? कम्तीमा फोन त गर्नुपर्छ ? पढाई दिन प्रतिदिन खस्कदो क्रममा छ । मन उसको दिलमा राज गर्न सक्छु न त बाहिरीननै । आजसम्म उसको दिलको संघारमै उभिएर भए पनि प्रेमको सन्र्दभमा एउटा हाईपोथेसिस बनाको छु । जसको इक्सपेरिमेन्टबाट के कुरा शिद्ध हुन्छ भने विद्यार्थीले प्रेम गर्नु भनेको एउटा मेजर सब्जेट थप्नु जस्तै हो । त्यसैले समग्र विद्यार्थीले यो मन भन्ने चिजलाई कारागारमा लगेर थुन्नु पर्छ नत्र कति बेला कसले मेजर सब्जेट थप्छ थाहाँ नै हुदैँन् ।

कयौं दिनको अन्र्तरालपछि ऊ आज अनलाईनमा आई मैले सोधेँ–‘के छ खबर ?’ उसले एउटा सदाबाहार र सर्वस्वीकार्य बोली–‘ठिक छु, अनि तिम्रो ?’ निर्बिलम्ब उत्तर दिएँ–‘ठिकै छु, खाना भयो ?’

‘अँ अनि तिम्रो ?’

‘पढाई कस्तो चल्दैछ ?’–ठिकै’

‘तिमी त कति पढ्छौं है ?’

‘अँ त्यति धेरै नाँइ, तिमि पनि त नी’

औपचारिक कुराकानी सक्कियो । मनको शब्द भण्डार पनि रित्तिएझैं लाग्यो । अब के भन्ने कम्तिमा कुराकानीलाई त कन्टीन्यू गर्नु प¥यो नि । एउटा म्यासेज ठेलेँ–‘यू आर ब्यूटिफूल’ रिप्लाई आएन् ।

मनमा चिसो पस्यो, फेरी कता हराको ? भनेर अर्को म्यासेज ठेलेँ बल्ल रिप्लाई आयो । तिमिले यूआर ब्यूटिफूल भन्यौं, विस्वास नलागेर ऐना हेर्न गाथेनी । लाईकको स्टिकर ठेल्दिएँ । त्यतिले चित्त बुझेन फेरी थपेँ–‘राती ऐना नहेर्नु नी बुढा पोई पाईएला ।’ पछि लाग्यो, ‘छ्या के भनि छु सामान्यतया केटीहरु भन्दा केटाहरु जेठै हुन्छन क्यारे’ तर पनि सकारात्मक रिप्लाई आयो–‘फरक पर्दैन्,राजेश हमालसंग विहे गर्ने प्लालि· गर्दैछु ।’

‘गुड लक’

रातको बाह् बजिसकेको थियो । उसले भनि–‘सुत्नु पर्दैन ?’

‘अहँ’

‘किन नी ?’

‘तिमी राती सपनामा आउँछौं भन्ने डरले रातभरी निन्द्रा लाग्दैन् । ’

उसले ‘हिहिहि..’ लेखेर पठाई सम्भवतः पुरै दाँत देखाएर हाँसेकी हुनुपर्छ र भनि–‘निद्रा लाग्यो बाईबाई’

‘नाईट्स आर टु सि द ड्रिम्स ह्यान्ड डेईज् आर टु मेक देम ट्रु ’ मैले नि रिप्लाई गरिदिएँ, त्यसपछि गुड नाईटको स्टिकर आयो र सुते ।

कलेजमा प्रायः हामी दुईको सम्बन्ध बारे थाहाँ भईसकेको थियो । विनोदले भन्यो–‘प्रपोज गरिस ?’ मैले अहँको भावमा टाउँको हल्लाएँ । ‘डरपोक साला’, कुन्चैँईले उडाउँछ, अनि थाहाँ पाउँछस् ढिलो नगर, पछि पछुताउलास् । उसले अर्थायो । कसैको मुटुको धरातलमा पाईला टेक्दैछु यार, हत्तार किन ? समय आए पछि आफै भईहल्छ नि पहिला यहाँको मौषम स्थिति बुझ्दे, मैले उत्तर फर्काएँ ।

‘फेरी केटी पट्याउने १०१ सुत्रीय किताब पनि किनेर पढ्दैछु यार । ’ मैले थपेँ ।

‘अँ, तँ अब खुब थ्योरी गर्दै गर, कुन चाँहीले प्राक्टीकल गरेर देखाई दिन्छ अनि थाहाँ पाउँछस् । पर्सी भ्यालेन्टायन डे को रोज डे पो हो, गुलाब दिएर प्रपोज गर । उसले समय सापेक्ष सल्लाह दियो । नभन्दै पर्सी आजमा परिणत भयो । सबेरै कलेज जाने तर्खर गर्न थाले । आज अलि भिन्न हुनु थियो । हरियो र हल्का खरानी रंगको मिश्रित कोठे सर्ट निकालेर लगाँए । त्यसमा काला रंगको प्यान्ट र जुत्ता लगाएँ । कपालमा तेलको साटो जेल लेपन गरेर ठड्याए । दाह्ी हल्का मिलाउनु थियो, मिलाएँ अनि आँगन अगाडीको गुलाबको बोटबाट एउटा फक्रिन लागेको गुलाफ टिपे । आज गुलाफहरुको सर्वाधिक हत्या हुने दिन हो । यानिकी रोज डे, गुलाफ टिपीसकेपछि मनले यस्तो सोच्यो । गुलाफ ल्याएर टेबलमा राखेँ र एउटा सानो कागजमा आई अभ यू प्रेरणा लेखेँ र त्यसलाई जतनसाथ ब्यागमा हालेर कलेज तर्फ हानिए ।

बोटै छेउको सैलुनमा पसेर ऐना हेर्दै गर्दा अनुभव भयो । ‘निकै चिटिच्याट्ट भएछ’ त्यस पछि हत्तारिएर कलेज पुगेँ । कलेज लगभग शुन्य जस्तै थियो । मनमनै सोचे कति हतार लगाएको मलाई ? आफै प्रति एक किसीमले वितृष्णा जाग्यो । नाडीमा बाँधिएको जापनीज ब्याण्ड घडी हेरेँ छ बज्दैछ । क्लास त साढे छ बजेदेखि सुरु हुन्छ । उफ् ! के गरौं नगरौं भयो । बेन्चमा टाउको अड्याएर निदाएको जस्तो गरेँ । यतिकैमा ‘रबि’ भन्ने आवाज आयो । आवाज आए तिर ठम्माए प्रेरणा आईछे । भगवानले पनि कहिले काहि त मनस्थिती अनुसारकै परिस्थिति बनाई दिन्छन् । मलाई यो भन्दा ठुलो मौका सायद मिल्नेवाला थिएन् । त्यसैले भने–‘आइ ह्याब समथि· फर यू ।’

‘ह्वाट्स द्याट’ उसले सोधि, मैले ब्यागबाट गुलाफ निकाले अलि कुच्चिए छ नत्र सकुशल नै थियो । उसलाई भने–‘ह्याप्पी रोज डे प्रेरणा’ उसले गुलाब लिईसकेपछि भनि ‘वाह ! रोज लभ इट ’ गुलाबको पत्र उसले विस्तारै सुम्सुमाउन थालि । त्यहाँ लुकार्ईएको कागजको टुक्रा खस्यो । निहुँरिएर कागज भुईबाट टिपेर पढी र भनि ‘कान्ट् इमाजिन’

मलाई के गरौं नगरौं भयो र भनि प्रेरणा मलाई छिटो भन्दा छिटो त्यसको जवाफ देऊ, उसले भनि–ल आई लभ यू कहाँ प्रश्न हो र ? महसुस गरन्, जवाफ नै चाहिँदैनन् नि उसले फेरी थपि कि प्रश्नबाचक चिन्ह राख्न विस्यौं ? मैले आफुलाई विश्वास गर्न सकिन् र बोली एक्साइटेड’ बुद्धु अलरेडी नि उसको त्यस्तो जवाफ पश्चात मन च·ा बन्यो कि चरी बन्यो थाहाँ नै भएन् । तर उड्न थाल्यो, माथि माथि आकाशमा तर उसले फेरी भनि आजै किननी ? मैले भने उपयुक्त सिजनमा रोपेमात्र बाली सप्रिन्छ भन्छन् । आज स्पेशल डे रेन्त त्यै भ’र नी’

‘प्रेम बेमौषमी बाली हो बुद्धु जुनसुकै सिजनमा यसलाई फुलाउन अनि फलाउन सकिन्छ । बस् मुटु मलिलो हुनुप¥यो, उसले पनि सबालको जवाफ फर्काईन् म लाजले रातो भईँ ।

त्यस दिन हाम्रो कुराकानी गर्ने शैलीमा ब्यापक परिवर्तन देखा परेको थियो । ऊ हरेक पटक बोल्दा मुस्कुराउँथि । कहिले काहि लाग्थ्यो ऊ मुस्कुरानका लागि जन्मेको हुँ । वास्तवमा मैले प्रेमको विजारोपण गरिसकेको थिएँ त्यसैले यो हरेक पटक उसकै लागि धड्किन्थ्यो, मस्तिष्कले उसैको याद गथ्र्यो, आजकाल मलाई लाग्छ–‘आएम नट माईसेल्फ एनीमोर’

कहिले काहि मलाई सोध्थी कति पटक याद गर्छौ हँ दिनमा मलाई ? म भन्थ्ये खुब गर्छु, तिमीलाई त्यति धेरै पटक याद गर्छु, सायद त्यति पटक त मेरो मुटु पनि धड्कीदैन् होला ।

उसंग सम्बन्धमा भए देखि नै मेरो साहित्य प्रतिको रुचि बढ्दो थियो, बैंशमा एक पटक सबैजना कवि हुन्छन् भनेझैं गजल कविता, मुक्तक लेख्थ्ये, ऊ कहिले काहि फेसबुकमा साध्थी के गरिरा’छौ ? म जवाफ दिन्थ्ये– गजल लेखिरा’छु । ऊ फेरी सोध्थी साहित्य विना बाच्नै नसक्ने हो कि के हो ? ‘एस मिस म साहित्य विना बाच्न र तिमी विना मर्न पनि सक्दिन् । ऊ हास्थी ।

समय वित्न के बेर र ? हुदा हुदै थर्ड ईअरको पनि परीक्षा पनि सकिईसकेको थियो । म लोक सेवाको तयारीमा लागेको थिएँ, उसले भने एक चोटी नासु तहको परीक्षा दिईसकेकी थिईँ । उसले एक दिन फेसबुकमै भनि–रबि म धरान जादैँछु मन झस· भयो । सोधेँ ‘किन ?’ जवाफ आयो नासुको मेरो अन्र्तवार्ताको पनि रिजल्ट आयो, म सफल भएँ, अनि धरानतिरै खटाईदिएको छ । उसले फेरी थपी ‘डन्टवरी रबि’, क्लोजनेस् रिमेईन्स ईन हर्ट, सो ईट डर्जन्ट म्याटर हाउ फार वी आर’

मैले भने–‘कग्राचुलेसन टेककेयर एण्ड डन्ट डन्ट फर्गेट मी’ जानेहरुसंग कसको के लाग्छ र, तिनिहरु त बाटो छेके पनि जान्छन् तर बस्नेहरु गल्हत्याए पनि बस्छन् । त्यस दिन ताका उसको नम्बरमा फोन लाग्न छाड्यो । उ कहिले काहि अनलाईनमा आउँथि । अनि म सोध्थ्येँ मोवाईल के भयो ? फोन लाग्दैन् त ऊ भन्थि हरायो म उसको नयाँ नम्बर माग्थीँ साथीको बाट फेसबुक चलाउँछु, आजकालमा म मोवाईल बोक्दिन् । ऊ त्यति मात्र बताउन थालि जति म सोध्थ्ये, झन पछिल्ला दिनहरुमा त ऊ अनलाईन आउदा समेत मैले गरेको म्यासेज नै हेर्न छाडि, ऊ त्यति सम्म निष्टुरी भाकि थिई । खाना भयो ? भनेर सोध्दा भोली पल्ट जवाफ दिन्थी सम्भवत ः त्यसको (खाना) विर्सजनपछि रिप्लाई गर्थि ।

म पछिल्लो समय उसको ब्यवहार देखि आजित थिएँ । कहिले काहि फेसबुकमा उसको वाल भिजिट गर्थै, त्यहाँ उसले स्टाटस लेखेको हुन्थी, ‘फिलि·ः मिसि·, फिलि·ः लभ’ । एक चोटी कमेन्ट पल्टाउँथ्ये विनोदले कमेन्ट गरेको हुन्थ्यो, कसलाई हो त्यस्तो ? ऊ भन्थि– ‘छ नि समवान स्पेशल..’ ।

मलाई दुई प्रति शंका लाग्न थालिसकेको थियो । त्यसैले एक दिन प्रेरणालाई सोधेँ–‘डु यू लभ विनोद ? टेल मि..’ उसले जवाफ फर्काई के नचाहिने कुरा गरि’रा ? त्यो ऊट जस्तो अनुहार परेको संग… मत तिमीलाई माया गर्छु आई लभ यू ।
उसको त्यो अनुवाद सहितको वाक्यमा मलाई विश्वास लाग्दैनथ्यो र फेरी पनि म भन्थ्ये –ईफ सो ह्वाई डन्ट यू टक मी लाईक वि को ?

तिमी वास्तमा म बाट प्रेम चाहान्छौं कि प्रेमको प्रदर्शन हँ ? ऊ झगडा गर्ने हेतुले भन्थ्यी वास्तवमा म उसबाट प्रेम नै चाहान्थ्ये, प्रेमको प्रदर्शन नाई उसै पनि मलाई देखावटी र अनावश्यक भावभ·ि ब्यक्त गरेको मन पर्दैन् । तर पनि उसको माया अपुग लागि राथ्यो । कता–कता असन्तुष्टिका धर्साहरु सल्बलाई रहेका थिए । मैले रिप्लाई गरिन् । फेरी उसले नै थपि जे छ त्यसैमा सन्तोष मान मिस्टर । घरमै धारा हुदाँ हुदैँ गाग्री बोकेर प्रशान्त माहासागरमा हाम नफाल आखिर पानी ल्याउने भनेको त्यही एक गाग्रो मात्र हो ।

म उसले के भन्न खोजेको हो ? बुझ्दीन् । त्यसैले फेरी पनि रिप्लाई गर्दिन् तर रिपाई बटमा क्ल्कि गरेर छाडिदिन्छु किनकी उतापट्टि टाईपि· देखाउँथ्यो । त्यसको केही बेरपछि मोवाईल भाईब्रेट भयो । ब्याक बटम दबाएर म्यासेट पढेँ उसको बोल्ने अध्याय पुरा भएको रैनछ । त्यसैले थपिछे–‘आई स्टिल लभ यू’ ।

एउटा लाईक ठेल्दीए र कुराकानी टु·ाएँ । मनले सोध्यो अब सुत्ने तरखर गर्नुपर्छ, फेसबुक अनमै छाडेर ओछ्यान मिलाएँ । टेवलमाथि राखिएको मोवाईल दोस्रो पटक भाईब्रेट भयो स्वीकृतीले म्यासेज गरेकी रैछे । लेखेको थियो, एउटा कुरा थाहाँ छ रबिदाई ?
मैले भने –के करा ? ‘प्रेरणाले त विहे गरिछे नि विनोद दाईसंग, दुई दिन भयो रे ’ उसले सबुत स्वरुप प्रेरणा र विनोदनको विहेको दुई वटा फोटो समेत ठेली । त्यसबेला स्वीकृती यसरी बोल्दै थिई कि मानौ ऊ कुनै टिभि च्यानलकी सम्बाददता हो । त्यसैले उसको कुरा मलाई भयानक दुर्घटना झैं लाग्यो । स्वीकृतिको म्यासेज हरेँ तर रिप्लाई गर्ने जागँर चलेन् । त्यसपछि प्रेरणालाई एउटा म्यासेज गरेँ–‘कंग्राचुलेन फर योर म्यारिज लाईफ, अल्वेज वि ह्याप्पी’ । त्यसपछि उसलाई फेसबुकबाट नसोचिकनै ब्लक नै गरिदिएँ । उसलाई मैले फेसबुकबाट मात्र हैन्, मनैबाट डिलेट गरिसकेको छु । हिमाल आरोहीले हिउले खाएको अ· ह्याम्प्युट गरेजस्तै ।

त्यसपछि मोवाईल अफ गरेर बेडमा पल्टिएँ । अनेक कुरा मनमा खेल्न थाल्यो । उसले भनेको कुरा सम्झिए–प्रेम गर्नका लागि मुटु बलियो हुनुपर्छ । वास्तवमै उसको मुटु त्यति बलियो रहेछ कि जहाँ प्रत्येक सिजनमा छट्टा छुट्टै बालि सप्रन अनि पाक्न सक्थ्यो । तर साच्चिकै भन्नुपर्दा मेरो मुटु बलियो थिएन् । यो साहारा मरुभूमी थियो, जहाँ प्रत्येक सिजनमा च्वास्स घोच्नका लागि काँडेतार बार सिउँडीहरु मात्र उम्रन्थ्ये अनि ऊटहरु मात्र उफ्रने बेजोडसंग । त्यसैले म मेरो मरुभूमी रुपी मुटुमा फेरी कुने पनि सिउँडी उमार्न चाहादैन् थिएँ र मलाई ऊटको थिचोमिचो मन पर्न पनि सकेको थियो । मनमा ठुलो भुकम्प गईसक्यो, जसलाई रेक्टर स्केलमा मापन गर्न असम्भव छ । त्यसैले मनमा अब ठुलो ढकनी राख्दैछु ताकि प्रेम नामको कुनै पनि तत्वले उर्घान नसकोस् ।

एक चोटी भित्ताको घडी निकाले विहानको एक बजिसकेको रहेछ । मन भक्कानिएर रुने अवस्थामा थिएँ । न अट्टाहस हास्ने अवस्थामा । सोचे यादहरु निन्द्राका सत्रु हुन तर मान्छेले निदाउन विर्सनु हुदैन् । तर निन्द्रा लाग्छ कसरी ? कोल्टे फर्के । किस्ता किस्तामा बेस्वा·को रिस्ताको याद आईरहेको थियो । फेरी अर्को कोल्टे फेरेँ म आफैलाई थाहाँ थिएन् म निदाउने कोसिस गर्दैछु कि ब्यूझने अभ्यास भनेर यद्यपी निन्द्रा अझैं लागेन् । त्यसपछि ओछ्यानबाट उठेर बाहिर आएँ । धानबारीमा सित परेको रहेछ । सोचेँ जुन रोहेछ, मेरो सट्टामा । ती शितका थोपाहरु चन्द्रमाको उज्यालोले गर्दा स्पष्ट देख्न सकिन्थ्यो । मैले उनको प्रेमलाई त्यहि शितसंग तुलना गरिदिएँ । उनको प्रेम शित जस्तै थियो, जुन चन्द्रमाको मधुर उज्यालोमा टिलिक्क टल्किन्थ्यो अनि यर्थातको पारिलो विहानीसंगै विलाउथ्यो ।

त्यति बेलासम्म त विहानको चार बजिसके छ । मलाई चियाको तलतल लाग्यो, भान्सामा ओर्लिए । भान्सामा आवाज आएको सुनेपछि आमा ब्यूझनु भएछ । पछि आमा समेत तल आउनुभयो । के भयो सबेरै उठिछस् त ? उहाँले सोध्नु भयो । चिया खान मन लाग्यो आमा, मैले भने । आठ बजेसम्म नउठ्ने मान्छे सबेरै उठिछस त रातभर निदाइनस् कि क्या हो ? सायद आमाले मेरो आँखा हेरेर आँकलन गर्नुभयो । अघि ऐनामा हेर्दा नै मेरो आँखा रातो थियो । मैले निसंकोच हो भनि दिएँ ।

आमाले फेरी सोध्नु भयो–‘आखिर के भो हँ तलाई ?’ मैले कित्लीबाट कपमा चिया खन्याउँदै भने–‘शितजस्तो प्रेमले सुनामी ल्यायो आमा ।’ आमा केही नबुझेझैं गरेर ठि· उभिरहनु भयो । मैले कप हातमा समातेको थिएँ । यसो भन्दै गर्दा आँखाहरु एक्कासी छचल्कीएछ । आँशुको एउटा ढिको गालको ओरालो यात्रा तय गर्दै गिलासमा प¥यो । आमाको अनुहारमा अझैं प्रश्नबाचनक चिन्ह दौडिरहेको थियो । आमा अगाडी नै भएकोले आफुलाई विस्तारै सम्हाले र मनमनै भने–‘शायद शितको सुनामी आयो ।’ न

– निजगढ–११ रतनपुर

(स्रोत : निजगढ समाचार)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.