~श्रृजना क्षेत्री~
पानी लिन पंधेरी मा चुक्दा खेरी धेरै रोए!
समाज मा ब्यर्थै शिर झुक्दा खेरी धेरै रोए!
काटे खुन रातै बग्छ दुख्छ मुटु मेरो पनि
अछुत भनी समाजले थुक्दा खेरी धेरै रोए!
दलितको साहारा भै समाजकै मुखियाले
इज्जत लुट्न दोबाटो मा ढुक्दा खेरी धेरै रोए!
तिरस्कार र यातना झेल्नु पर्दा बिना दोष
छाती भित्र पीडा बल्झी दुख्दा खेरी धेरै रोए!
चाहन्थे म जसलाई जात उस्को ठुलो रैछ
चाहाना त्यो मनै भित्र लुक्दा खेरी धेरै रोए!
(स्रोत : पल्लव साहित्य प्रतिष्ठान )