~एच.बि. शेरचन~
उर्वशीले मन दुखाएर थुप्रै पत्र लेखिन् कुनै पत्रमा त आफू अरुको बन्नै नसक्ने पत्र पनि कोरेकी थिइन । लेखु त यो कथामा अड्दैन । यस्तै मनमा छचल्कीरहेका कुराहरु सोच्दै सानोतिनो काममा बिजि रही बेलुकीको खाना खाएर विस्तारामा पल्टिन्छु । निदाउँने कोशिश गर्छु, सायद निद्रादेवी रिसाएर होला मलाई साथ दिदैनन् । पटक्कै निद पर्दैन, भित्तामा टाँगेको भित्तेपात्रो तिर नजर फ्याक्छु । २०७२ सालको आखिरी दिनहरु बित्दैछन् । टिकटिके घडीमा नजर दौडिन्छ । रातको ०१ः४७ बजेको छ । बिस्तारै उठेर घरबाहिर बरण्डामा आउँछ । हल्का चिसो हावा चलिरहेको हुन्छ । त्यही हावामा चैत चैत बोल्दै सानो पंक्षी पूर्व–पश्चिम उडिरहेको हुन्छ ।
सायद बसन्त ऋतुको आगमनले होला डाँडाकाँडा, पाखापखेरु, खोल्साखोल्सी, बाटाघाटा, बागबगैँचाहरुमा सधैंझै फुल्ने लालुपाते जुही चाउला, चमेली समेतका फूलहरु फुलेर ढकमक्काउँदै छन् ।
छिल्लीकोटको कालिकामालिका मन्दिरको तल चुरचुरे पाखापखेरुमा लालीगुराँसले म नेपालको राष्ट्रिय चिह्न बोकेको खोल हुँ भनेर रातो रंगमा फक्रिएर सबैलाई लोभिलो बनाएको छ । मालागिरी सेताम्मे फुलेर बाटो हिड्ने जो कोहीलाई मगमग सुगन्धित बासना दिलाएको छ, स्वागत गरिरहेको छ । आजभोली मायाप्रेममा बाँधिएका युगलजोडीहरु र कलेज पढ्ने नानीबाबुहरुलाई त्यो प्रकृति छटाले आकर्षण गरेको भएर होला थुप्रै जोडी नानीबाबुहरु मन बहलाउन, भलाकुसारी गर्न त्यहाँ पुगेको देखिन्छ ।
भर्खरै ग्रेडिङ सिष्टमको एसएलसी परीक्षा दिई फुर्सदिला भएका साना नानीबाबुहरु २०७३ बैशाख २ गते चैते अष्टमीको दिन रमाइलो गरे । बाग्लुङ्गे सिपी शर्माको अष्ट्रिच फर्ममा अष्ट्रिच हेर्नेहरु पनि दिनहूँ ओइरिरहेको छन् । छिल्लीकोटको पाखामा चुर्टाे, एैसेलु, टेनु फुलेर दानामा परिणत हुँदैछन् अब केही दिनमै खान पाइने छ । वनपाखामा न्याउली न्याउ न्याउ बोल्दैसबैलाई भावुक बनाएको छ ।
कोइली कुहुँकुहुँ बोल्दै उकालो ओरालो हिड्नेहरुलाई इनर्जी थपि दिएको छ । बिउ कुह्योले बिउ कुह्यो, बिउ कुह्यो भनेर कृषि प्रधान देशका दंगाली किसानलाई बिताउँदै छ । तामे ढुकुर, सुगा, हलेसो, जुरेला, भ्याकुर, चिभे, भँगेरा, काले काग, कल्चुँदा सबै आ–आफ्नै भाषामा बोलिरहेका छन् । कोलाहत मच्चाईरहेका छन् । गौथलीका थुप्रै जोडी आकाशमा मडारी मडारी उडीरहेका छन्, रमाइरहेका छन् ।
काफल पाकीका थुप्रै जोडीहरु मालिका कालिकाको छेउछाउमा रिचेगोडेको जङ्गलमा रहेको काफलको बोटहरुमा वाल्नोपाल्नो पाखामा रमाइरहेका छन्, लुकामारी खेलीरहेका छन् । अब केही दिनमै काफल काफल पाक्यो भनेर बोल्नेवाला छन् । एशियाकै समथल ठूलो भाग दाङ जिल्लाका किसानहरु हिउँदेवाली गौ, जौँ, चना, मसुरो, अर्सी भिœयाउने खेतबारीमा जुटीरहेका छन् ।
घोराही–तुलसीपुरको छोटीदुरीको बाटोमा चल्ने लोकल बसहरु यात्रु बोकेर कुदीरहेका छन् । बसमा यात्रुहरु खचाखच भरिएको देखिन्छ । बीचबीचबाट चढ्ने बच्चा सहितका मेडम र जिर्ण उमेरका नागरिकहरुको लागि त बिजोगै देखिन्छ । बसमा खुट्टा राख्ने ठाउँ छैन । साना बच्चाहरु उकुस उकुसले रोइरहेका छन् । दयालु यात्रुले बच्चा सहितका मेडमलाई सिट दिएको पनि देखिन्छ । कन्डक्टर खलासी बाबुहरुले ए दाई ! ए बुवा अलि पछि जानुस न भन्दै पछि धकेलि रहेका छन् ।
ति बसहरु कुनैमा अञ्जु पन्तको अँधेरी जस्ते जुन बिनाको पँधेरी जस्तै पानी बिनाको ति तिनी नभए मेरो जिन्दगानी आँखा जस्तै नानी बिनाको, फूल झरेको डाली हुन्छ, फखेटा फाँटेको चरी हुन्छ स्वर गुञ्जीरहेको छ । कुनैमा रामकृष्ण ढकालको माया गर्नेको चोखो माया पनि देखियो, बाचा बन्धन गर्नेको बाचाबन्धन पनि देखियो भन्ने गीत गुन्जीरहेको छ । म ठूलो समुन्द्रको छेउमा माछाको प्रतिक्षामा उभिएको बकुल्ला जस्तै बिजौरी–१ दुधरासको बरको रुखमा एकछिन टोलाइरहन्छु ।
केही मिनेट पछि कपाल काट्ने नाउको पसल तिरै लाग्छ । नाउको ठूलो सीसामा आफ्नो अनुहार हेर्छु । कपालका रौँहरु ८५ प्रतिशत सेताम्मे भएछन् बाँकी १५ प्रतिशत पनि पाँक्नलाई तछाँडमछाड गरिरहेका छन् । निधारमा भिरालामा खोस्रीएका खेतका गहराजस्तै थुप्रै रेखा परिसकेका छन् । गाला बेद बसेको गाईको थुनजस्तै मुजामुजा भएर चाउरिदै छन् । उमेरले पनि पाँच दशक बिताएर अरु चार वर्ष बुई चढाई सक्यो । अब जेष्ठ नागरिकको सूचीमा पुग्न अब त्यति धेरै दिन छैन होला ।
मानिसको जीवनमा सोचे जस्तो, देखे जस्तो, भने जस्तो हुँदो रहेनछ । नत्र मानिसहरुलाई तड्पिएर बाँच्नु पर्ने थिएन होला । म तीन दशक अघि २०४२ सालमा सरकारी जागिरदार थिए नेपालगंज शहरमा । कुन्नी किन हो रिटायर भएको तेह्र वर्ष भईसक्यो । कहिले काही काम बिशेषले नेपालगन्ज पुगेभने त्यति छिटो फर्किदैन । दुई चार दिन बिताएकै हुन्छु । बागेश्वरी माताको प्रत्यक्ष माया ममतामा हुर्र्किएको नेपालगञ्ज शहरमा बस्दा उवर्शी श्रेष्ठले मेरो उपनाम राखी दिएकी थिएन प्रकाश ।
अफिसियली कामको शिलशिलामा भेटेको थिए एक दिन उर्वशी श्रेष्ठलाई त्यतिबेला काननु विषय पढ्ने छात्रा थिइन उर्वशी श्रेष्ठ । क्रमशः दिनहरु बित्दै जाँदा समयले हामीलाई पछ्याउँदै थियो । गाढापन नजिकाउँदै थियो । आवेगमा निर्णय नगर्ने अलि म सेन्टीमेन्टल खाले थिए । सानो तिनो कुरामा पनि म खुब निखारता खोज्थे यो मेरो बाल्यकालको बानी हो । जीवनमा कहिलेकाही कल्पनासम्म नगरेको वस्तु सहजै प्राप्त हुन सक्छन् तर त्यो वस्तुको राम्रो पहिचान नगरी समयलाई नचिनेदेखि त्यसको परिणाम त्यति सजिलो नहुने हुँदा म चेन्जिङ भए नेपालगन्ज शहर छोडे ।
उर्वशीले मन दुखाएर थुप्रै पत्र लेखिन् कुनै पत्रमा त आफू अरुको बन्नै नसक्ने पत्र पनि कोरेकी थिइन । लेखु त यो कथामा अड्दैन । यस्तै मनमा छचल्कीरहेका कुराहरु सोच्दै सानोतिनो काममा बिजि रही बेलुकीको खाना खाएर विस्तारामा पल्टिन्छु । निदाउँने कोशिश गर्छु, सायद निद्रादेवी रिसाएर होला मलाई साथ दिदैनन् । पटक्कै निद पर्दैन, भित्तामा टाँगेको भित्तेपात्रो तिर नजर फ्याक्छु । २०७२ सालको आखिरी दिनहरु बित्दैछन् । टिकटिके घडीमा नजर दौडिन्छ । रातको ०१ः४७ बजेको छ ।
बिस्तारै उठेर घरबाहिर बरण्डामा आउँछ । हल्का चिसो हावा चलिरहेको हुन्छ । त्यही हावामा चैत चैत बोल्दै सानो पन्छि पूर्व पश्चिम उडिरहेको हुन्छ । परपर कुकुर भुकेको हाउ हाउ आवाज कानमा पर्छ । जुन टकटकाउँदो लागेको छ । टाढा टाढा देख्न सकिन्छ । बसन्त ऋतुको उल्लासमय घडीमा बहकिएको मनलाई शान्त पार्न नसकि कोठा भित्र भित्रिन्छु । विस्तारै पुरानो अटैची खोल्छु । त्यहाँ उर्वशीले लेखेको मसँग बचेको एउटा चिठ्ठी छ । त्यही चिठ्ठी निकाल्छु पढ्न मन लाग्छ । मोबाइलको उज्यालोको सहाराले चिठ्ठी पढ्छु चिठ्ठीमा यस्ता शब्द छन् ।
मैले २०४२ सालको बसन्त ऋतुमा सहजै प्राप्त गरेको मेरो मनमन्दिरमा लुकामारी खेलीरहने मेरो प्रकाश ! उर्वशीको अमित सम्झना । म सञ्चै छु तिमी सञ्चै छौँ होला म त हजुर आमा बनि सके यसबाट तिमी पनि अलग छैनौ होला हाम्रो अतितलाई भुल्न नसकेर डियर कल्याण कार्यक्रममा पश्चातापको आँशु शीर्षकमा कथा लेखि सके थुप्रैले कथा सुनेर प्रभावित भएको जानकारी गराए । गत साल तिमीले पनि माया पर्खि बस है ! शीर्षकमा कथा लेखेर प्रस्तुत गरेछौँ । कथा प्रस्तुत गरी सक्दा खुवै भावुक बनेको थियौ रे । त्यो कुरा सुनेर धेरै दुःखी बने अब त्यसो नगर प्लीज बिन्ती छ कलम नचलाउ (न लेख) शान्त बनेर बाँच्ने कोशिस गर (सिक) प्रकाश …। मेरो प्रकाश मैले हारेकी छैन जितेकी छु प्रकाश, जितेर पनि … छैन । सरी प्रकाश मन नदुखाउ न ल वाई ।
उर्वशी श्रेष्ठ
विस्तारामा पल्टिन्छु मोबाइलमा रहेको गीतको भोलुम सानो बनाएर अरुलाई डिष्टर्व नगरी सुन्छु । तिम्रो सम्झनाले मलाई हाँसी हाँसी बाँच्न पनि दिएन, तिम्रो सम्झनाले मलाई रोई रोई मर्न पनि दिएन । त्यसपछि एक्लै बस्दा सधै मलाई सम्झना तिम्रो आइ नि दिन्छ । सहन नसकी आँखाबाट आँशु त्यसै झरी दिन्छ । सम्झेको थिए तिमीलाई मैले म देखि टाढा हँुदैनौँ कहिले पनि सोचेको थिए विछोड कहिले हुँदैन भनी । एक्लै बस्दा … त्यसैबेला निदाउन पुगेछु । सपना देखे सपनामा म त उर्वशी श्रेष्ठसँग हातेमालो गर्दै काठमाडांै चावहेलको पूर्व गोकर्णको सल्लाघारीको उकालोमा उक्लदै थिए ।
एउटा सल्लाको रुखलाई हुसुले छोप्यो हामीले देख्दादेख्दै केही छिनमै छोड्यो । रुख त जस्ताको तस्तै देखियो त्यही रुखलाई देखाउँदै मेरो शरीरमा अडेस लागेर हाम्रो जीवन पनि यस्तै रहेछ प्रकाश भनेर उर्वशी सुकसुकाउँदै थिइन । यता त उज्यालो पो भइसकेछ । मेडमले ए बाबुको बुवा दुगुर्न जाने होइन ६ बजिसक्यो । तपाईका साथीहरु बेलझुण्डी पुगेर फर्कि सके भन्दा पो झसंग ब्युते । यसै गरी बितिरहेका छन् मेरो दिनचर्या । यस्तै यस्तै छन् मेरा अतितका सपना ।
अतितका स …. प…. ना …
(स्रोत : Rsamachar)