गजल : त्यो मिथ्या लाग्यो

~रेवन्त भट्टराई~

तासको बग्गी मसंग रानी तुरुप त्यो मिथ्या लाग्यो
मध्य निशा सामु गुफा कुरुप त्यो मिथ्या लाग्यो

सयौं गोपिनी कृस्ण एक्लै कस्तो मिठो तिम्रो बोलि
पचाएछि नि कृष्णलिला गुपचुप त्यो मिथ्या लाग्यो

हुँदा सुन्दर नहुँदा कुरुप पुस्तकलाई नि खोल चाहिने
सुघेछि नरको सुगन्ध धुप त्यो मिथ्या लाग्यो

परिश्रमिलाइ नि लोभ्याउने काम, नगरे त धरै छैन
पास्चात्य नक्कल नया सुत्र प्रारूप त्यो मिथ्या लाग्यो

सोमरस भरि भरी मादकता पिए मैले ओठ लगाई
भोको पेट पिउने चै तरल सुप त्यो मिथ्या लाग्यो

हतार गरि पिइ सुप डुबे म त रस सागरमा
क्षण मै माधुर्य पलभरमै पानी रुप त्यो मिथ्या लाग्यो

रेवन्त भट्टराई
झापा

This entry was posted in गजल and tagged . Bookmark the permalink.