कविता : कहाँ दुख्छ घाउ?

~रुपेश राई~

खुइssssय…
थेत्…
फरुवा फ्याकेर तीन नम्बरले भन्यो-
‘साला हजमले केश काटेजस्तो
गाछको फेद तासेको छ, तासेको छ। चिटिक्क पार्… भन्छ।
खैsss यो चप्रासी भनौदा पनि। आफू कलम काट्न जान्दैन। बाठे…।
ऐ… माइला… खैनी, ल्हे ल्हे। एक फ्वाक नचापी भएन।‘

माइला भन्छ-
‘औ… मामा, कहिले काहीँ त… किन्ने पनि गरन। कति मागेर मात्र खान्छौ।‘
केटाहरू, गलललल हाँस्छ।
उता मुन्सी बऊ,
घुमेर, औरतको
मेलोमै मात्र पुग्छ।
हुन त, सानो
पसलदेखि लिएर
ठूल्ठूला कार्यालयसम्म यस्तै हो।

कान्छीले मुख बङ्ग्याउँदै भन्छे-
‘अमुइsss उयाँ हेरन। आएछै… तम्सिनु लागि।‘

थेबानी भन्छे-
‘नभन्न… नभन्…। बर्खामा पत्ती टिप्न सघाउछ नि…।‘
अँ… तैँले जान्दछस्। नेपतथ्यबाट।
यसरी, जिस्किँदै
ठट्टा गर्दै, बित्छ उनीहरूको दिन। फेरि रातले
अङ्गालोमा थाहै नपाइ भुसुक्क बनाउछ। बिहान
हुन्छ। अव्यवस्थित व्यवस्थाले कप्…टी चाल चल्छ।
क्रमशः हिउँद लाग्छ।

गाछका कलमहरू मिलाएर,
फेदहरू तासेर। स्किप हानेर।
सुखौरो परेकोमा पानी दिएर। मल थपेर।
माइला, तीन नम्बर,
कान्छी र थेबानीहरूको समय बिद्छ।

बर्खा लाग्छ।
हरि…यो टुसाएर सबै
परिनत हुन्छ। पहिलो टिपाइ सकिन्छ।
विघावालहरूसमेत् कति व्यस्त देखिन्छन्।
मरत, औरत, छोकड़ा।
काम्दारी, चप्रासी, मुन्सी र मेनेजरहरू पनि।
दोस्रो टिपाइ शुरू हुन्छ।
धुइरो वर्षामा, सर्कारी छाता, घुम ओड़ेर सकिन्छ त्यो पनि।
तेस्रो टिपाइसँगै
दशैँले कुत्कुत्याउछ।
झन् व्यस्त हुन्छन् प्रिय कमानेहरू।
हिसाब गर्नु छैन।
नाफा नोक्सानको डर छैन। रिपोर्ट बुझाउनु छैन।
पन्ध्रको, महिनाको या वर्षको।
क्रमशः हिउँद लाग्छ। बर्खा लाग्छ।
कतै कोठाबाट नारायण गोपालले सुनाउछ-
“मलाई नसोध, कहाँ दुख्छ घाउ।”

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.