~रबिन्द्र अधिकारी~
दसैँ आयो भन्छन् सबै सामान केही किन्या छैन
जाउँ कहाँ किन्न फेरी पसले कोइ चिन्या छैन
महङ्गिले आकाश छोयो छुन केइ सकिँदैन
ऋण मागौँ कसरी पोहोर कै ऋण छिन्या छैन ।
तलब बढ्यो पच्चिस पर्सेन्ट महंगी त मनोमानी
जस्ले जति ठगे हुन्छ ठगिने हो जानिजानी
धनीलाई त आछ बहार दशै ज्यास्ती ठूलै चाड
गरीब सोच्छ बिहान खाए बेलुका पो के खानी ।
सबै थोक बडिरहदा छुट चाँही द्या देइ छन्
ब्याङक अनि फाइनान्सबाट नयाँ पैसा ल्या लेइ छन्
गाडी, बजार खचाखच छन् मानिसको कुइरिमन्डल
दसैँ बहानामा रक्सी भट्टि छिरी प्या पेइ छन् ।
जमारा नि राख्नै पर्यो देबी पूजा गर्नै पर्यो
कौडा हान्न सुर्की सुर्की बजार तिर झर्नै पर्यो
दही केरा स्याउ जुल्फी चिउरा र मासु
पाहुना पासा कोको आउँलान् भन्डार पनि भर्नै पर्यो ।
लङुर बुर्जा तास खाल लिङ्गे पिङमा मच्चीने हो
टिका दिनमा कतै जादा गाडी छतमै थच्चिने हो
चिचिपापा नयाँ नाना मिठा खाना कती कती
रोकडा सब झ्वाम पारी दसैँ पछि सच्चिने हो ।
– अधिकारी रबिन्द्र, बनेपा
(स्रोत : रातोपाटी डट कम)