~लोक राज भट्ट~
आफै गल्छु तिमिलाई ,गलाउने रहर छैन,
एउटै दिल काम लाग्नेछ, जलाउने रहर छैन।
केही तिम्रा केही मेरा ,गल्ती बराबरी,
कस्को गल्ती कती थियो,कलाउने रहर छैन।
चट्ट छोडी बाटो मोडी,अन्तै जाने सँग,
भैगो अब यो जिन्दगी, चलाउने रहर छैन।
तिम्रै दुख्लान बिगतहरु, घाउपिडा बनी,
याद बनाउछुँ मैले बरु, भलाउने रहर छैन।
तिम्रा केही स्वार्थ होलान, तर अँह कसम,
मलाई भने कुनै सरकार, ढलाउने रहर छैन।
लोक राज भट्ट
वायल डोटी
हाल धनगढी
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)