~श्रृजना क्षेत्री~
तिमी मेरो जिउने आधार भन्नुहुन्छ आमा
मेरो प्राण ढुकढुकी संसार भन्नुहुन्छ आमा!!
तिमीलाई चोट लाग्दा दुख्ने गर्छ मेरो मुटु
नशा-नशा मा छौ संचार भन्नुहुन्छ आमा!
सक्दिन म आफ्नै मुटु बाट टाडा भई बांच्न
तिमी नै हौ मुटु रुपी आकार भन्नुहुन्छ आमा!
आखाँ भित्र राख्छु सधै सजाएर नजानु है
छोडी सात समुन्द्र को पार भन्नुहुन्छ आमा!
ठुलो मान्छे बनाउने झिनो सपना थ्यो मेरो
हुन्छ होला कहिले साकार भन्नुहुन्छ आमा!!
(स्रोत : पल्लव साहित्य प्रतिष्ठान )