गजल : हातको घमण्ड देखियो !

~राधा भट्टराई~Radha Bhattarai

कुमालेलाई आफ्नै हातको घमण्ड देखियो !
पण्डितलाई आफ्नै जातको घमण्ड देखियो ! !

गरिबको खुन चुसी महलमा बस्नेको !
हिरा, मोति, पैशा खातको घमण्ड देखियो ! !

तिमीलाई चिन्न नसक्नु गल्ती मैबाट भो !
दिलमा राखे अनि बातको घमण्ड देखियो ! !

अशिक्षितलाई देख्दा फिस्स हाँस्ने विद्वानलाई !
म विद्वतम् हुँ भन्ने मातको घमण्ड देखियो ! !

अँधेरी त्यो रात पछिको उदाउँदा त्यो जुन !
पूर्णिमालाई सोहि रातको घमण्ड देखियो ! !

(स्रोत : सत्यतथ्य मासिकको फेब्रुअरी २०१४ (अंक ५, वर्ष २))

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.