गीत : तिमीले बीर्सी गए पनि..

~दिपेन्द्र खड्का~Dipendra Khadka

( तिम्ले बीर्सी गए पनि तस्बीर आँखामा आउने गर्ला ) २
( मेरो चोखो मायाको न्यानो पल सम्झी रुनु पर्ला ) २
खुशी नबन निस्ठुरी दोबाटोमा छाडी घाइते पारे भनेर
तिमी जहाँ गए पनि मेरो सम्झनाले आँशु बर्बरी झर्ला
तिम्ले बीर्सी गए पनि तस्बीर आँखामा आउने गर्ला
——————————————————–
खुशीका पलहरुमा रमेर हेर, त्यही मेरो सुबास आउने गर्ला
दुखको बहारमा नियाली हेर, त्यही मेरो आभाष छाउने गर्ला
( हे…भुली जाने निस्ठुरी तिमी ) २
जे गर जस्तो सुकै गर, तिम्रो हर दुख – सुखले
मेरो मायालाई सम्झाउने गर्ला
तिम्ले बीर्सी गए पनि तस्बीर आँखामा आउने गर्ला
———————————————————
आकाशमा चम्किने जुनलाई हेर, त्यही मेरो चित्र देखीन्छ माया
मेरै नाम लाई पुकारी हेर तिम्रै दिल भित्र लेखिन्छ माया
( हे…भुली जाने निस्ठुरी तिमी ) २ जे गर जस्तो सुकै गर
तिमी टाढा भए पनि मेरो यादले मुटु जलाउने गर्ला
मेरो चोखो मायाको न्यानो पल सम्झी एक्लै रुनु पर्ला
खुशी नबन निस्ठुरी दोबाटोमा छाडी घाइते पारे भनेर
तिमी जहाँ गए पनि मेरो सम्झनाले आँशु बर्बरी झर्ला
तिम्ले बीर्सी गए पनि तस्बीर आँखामा आउने गर्ला

शब्द : दिपेन्द्र खड्का
संगीत : सि. डी. विजय अधिकारी
संगीत संयोजन : राजु कार्की
स्वर : डी. बी. लिम्बु

(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.