अल्पबिरामका पाँच थुङ्गा मुक्तकहरु

~अल्पबिराम~AlpaBiram

पहिलो थुंगा
————
कल्पनामा बुहारीको रुप हेरी, कति फन्को नाच्यौ होला
लगनको तिथि पर्व गनी गनी , कति औँला भाँच्यौ होला
तिमीलाई केही थाहा छैन आमा ! कुन संकटमा परेको छु
दसैँमा छोरो आउने ऋण तिर्ने, कति सपना साँच्यौ होला ।

दोस्रो थुंगा
———–
बन्धकीको बेसीखेत, साहुले आफ्नै नाममा सा-यो होला
गरीवको को हुन्छ र आफन्त, बिचल्लीमा पा-यो होला
माफ गर है मेरी आमा ! अप्ठ्यारोमा परेँ यो अभागी
परदेशी छोरालाई सम्झी सम्झी, कति आँसु झा-यौ होला ।

तेस्रो थुंगा
———–
सधैँ हुलाकीको बाटो छेकी, चिठी पत्र सोध्छयौ होला
हरेक रात भित्ता भरि, अंगारले ठाडो धर्सो कोछ्र्यौ होला
उज्यालो भविष्यको खोजीमा बिदेशिएको छोरो न चिठ्ठी न फोन
बाडुली लाग्दा मुटुसँगै मजेत्रोमा, गाँठै गाँठो पार्छ्याै होला ।

चौथो थुंगा
————
बेसीखेतमा धानको बाला, लहलह झुल्यो होला
पाखा भरि मखमली, मग्मगाउँदै फुल्यो होला
दसैँ आयो गाउँ भरि, म त आउन पाईन आमा !
जमरा र अक्षताले, यो परदेशीलाई भुल्यो होला ।

पाँचाैँ थुंगा
———–
बर्षेझरी थामिएर, आकास छ्याङगै खुल्यो होला
शारदीय हिम चुचुरा, सेताम्य हिउँले चुल्यो होला
यो अभागीको जिन्दगीमा, कालो बादल मडारियो
आमा ! तिम्रो मनै भरि शंका उपशंका डुल्यो होला !

(स्रोत : सत्यतथ्य मासिक)

This entry was posted in मुक्तक and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.