~तिर्थ प्रसाइ ‘अभिनव’~
कालो बादलमा
चाँदीको सेतो घेरा हुन्छ
उफ्
त्यै पूरानो उखान
बढ्दै जान्छ
पदचाप मृत्युको
बोध हुन्छ
हतार हतार पो हो त जीन्दगी
अनि
यसो
मौनधारण हो
पर्खाइ
यौटा
भूलभूलैया
एउटा
नाटक
निर्लज्ज सोचिरहेछु
म मेरो मालिक हुँ
र
भनिरहेछु
छाती फूलाएर
म
पर्खिरहेछु मनमाफिक
“हतारमा यात्रा” गर्दै
श्यामल देखा पर्छन्
मुटुमा देश नभएकाहरूलाई
पन्छाउँदै
चन्द्र गुरुङ हात तान्छन्
अनि
शब्द देशको
कहानी चल्छ
शब्द अपचलन
शब्द बलात्कार
शब्द भ्रष्टाचार
शब्द पाखण्ड
हतार हतार
कुहिरो
धुलो
कलंकीको कोलाहल
हतार हतार दौडन्छ
मानौँ
उ आफैं आफ्नो मालिक हो
मैले त अघिनै
उकासी सकें क्यार
मेरो दीयो
हतार हतार
रित्तिन्छन कफीका कपहरू…!!