कविता : देश अस्ताउदैन

~दिल निसानी मगर~Dil Nisani Magar

बरु हीमाल पग्लेर
काला-पत्थर हरुको
पहाड बनोस
अनी
नदी सुकेर
बागमती को कीनार झै
बगर बनोस-कोइला को
बश,
रुख ढल्न मनाही छ
रुख भनेको मेरो देश हो !

फागुनको हुरीले उक्काएको
अक्करे पहाड को बुढो रुख
अनी,
फेदमा च्यापीएर मरेका
बुट्यान
पोथ्रा
र झाडी हरु

मानौ की
एउटा चेपाङ्ग पनी
च्यापीएर मरेको छ
त्यसैले
रुख ढल्न मनाही छ
रुख भनेको मेरो देश हो !

देश भनेको सुर्य होइन
जो उदाउछ-अस्ताउछ

जमीन मुनीको स्वर्गलाई टेकेर
अाकाश माथीको नर्क देख्न पनी
रुख ढल्नु हुदैन
देश ढल्नु हुदैन !

पुर्खाको छाती लाई
अौलाको इन्चीले नापेर
हाम्रो प्यारो पहाड लाई
हजार माइल टाढा नदेखौ
पहाड भनेको पुर्खा हो !

जब,
पहाड बाँच्छ
हाम्रो पुर्खा पनी बाँच्छ l

बश,
त्यसैले,
रुख ढल्न मनाही छ
रुख भनेको मेरो देश हो !

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.