कविता : इच्छा

~कोइँचबु काःतिच ‘उत्तम’~Koynichbu Katich 'Uttam'

चुप-लु होपोको कसम
मेसेल-मि,
तिमीसँग मैले अमर जीवन मागेको छैन
तिमी आस्थाको देवी
तिमीसँग मैले न त रोमान्स जीवन नै मागेको हो
तिमी मेरो जीवनमा
तायामा खियामा भएर बस
म खाक-चिलिपा काक-तिसोला
किरातीको साम्यो ओलो भएर बाँची रहुँ ।

गिच-चाका काःतिच म
किक-बÞाकुमा प्राण आहुति दिन नपरोस्
किन कि
तुबी भएर जिन्दगी भरि मेरो सन्तानले बाँच्नु नपरोस्
देश रोएर थाकेको बेला
तिमी मेरो जीवनमा
फुपु बिन-तामि बनेर बाँच्नु
म बिनिच होपो ब्यूँझेर
किराती मर्चा संविधानसभा र राज्यपुनःसंरचनामा र्छर्दै जाने छु ।

चुप-लु होपोको कसम
मेसेल-मि,
तिमीसँग मैले अमर जीवन मागेको छैन
तिमी आस्थाको देवी
तिमीसँग मैले न त रोमान्स जीवन नै मागेको हो
तिमी मेरो जीवनमा
लिलोत-ति पालोत-ति भएर आउनु
म ख्योम-पातिच,
पुख्र्यौली थलो एर-माअकु सिरुवामा पुनः बाँचीरहुँ ।

(यो कविताको खेस्रा २०६३ साल भदौ ३ गते शनिवार तदानुसार २००६ अगस्त १९ मा मेरो दैनिकीमा लेखेको रहेछु । अहिले फर्केर हर्ेदा ठिकठिकै लाग्यो । र, यसो साथीहरुसँग शेयर गरेको नि !)

केही किराती कोइँच शब्दार्थ
चुप-लु होपो – आगो तथा अगेनाको देवता
मेसेल-मि – ओखलढुङ्गा खिँजिमा मूल थान रहेको कोइँचहरुको देवी
तायामा खियामा – किराती मिथकको चेली
खाक-चिलिपा/काक-तिसोला – किराती मिथकको पर्ुखा मानव
साम्यो ओलो – किराती धर्म दर्शन र संस्कृति
गिच-चाका काःतिच – उहिले एक जना मात्र सन्तान भएकोले काःतिच थर रहेको एक्लो सहराविहीन कोइँचको एक थरि

किक-बाकु – काःतिचको पर्ुखा आफ्ना ससुराली क्याःबले पासो थापेको जालमा परेर मृत्यु वरण गरेको ठाउँ जुन ओखलढुङ्ग खिँजि काःतिमा पर्छ ।
तुबी – दिदीले भाइलाई पानी माग्दा नदिएकोले मरेपछि खोलाको पानी खाना नमिल्ने चरा ।
फुपु बिन-तामि – कोइँच मिथकमा आफ्नो राजा बनेको भदैलाई बचाउन गोप्य सूचना प्रवाह गर्ने स्वच्छा पन भएकी पात्र ।
बिनिच होपो – कोइँच मिथकमा जाँड रक्सीले मातेर बेहोसी किसिमले राज्य सञ्चालन गर्ने राजा ।
लिलोत-ति पालोत-ति – कोइँच मिथकमा भाइको लागि खाना खोज्ना हिँड्दा भाइ हराएर बैरागि भएर हिँडेको कोइँच चेलीहरु ।
ख्योम-पातिच – मालेपार-तेनको धर्मग्रन्थमा लुकाइएको लिलोत-ति पालोत-तिको भाइ ।
एर-माकु सिरुवा – ख्योमपतिचहरुको पुख्र्यौलि थालो सोलुखुमबुको चौलार्इखर्क र गोली गाविसमा पर्ने ठाउँ ।

—————-
–काःत, चुप्लु (ओखलढुङ्गा)

(स्रोत : http://www.sunuwar.org/ )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.