~आरती पोख्रेल~
त्यो कविता म सुन्दा सुन्दै भक्कानिएँ
स्तब्ध भएँ,
विव्हल भई आँशुका ढिक्काहरुसँगै हराएँ
र
आफैं सँग प्रश्न तेस्र्याएँ
के कविहरु यसरी नै मर्छन?
मलाई थाहा छै उनी कस्ता थिए?
राम्रो ठम्याई छैन उनी सँग मेरो
तर,
साहित्यको कखरा सिक्तै गरेको मेरो मस्तिष्कले
कति बुझ्न सक्यो या सकेन
तैपनि आँखाले देखे सम्मका
कविहरुर्ला नियाल्छु
उनिहरुको भेषभूषा र खानपान
साँच्चै भन्नु पर्दा
राता रात मालामाल बन्न सक्तैनन् कविहरु
अनि
रमाउन सक्तैनन् पजेरो र कारमा पनि
केवल चप्पलको मधुरो आवाज सँगै
काँधमा बोकेको झोला
गोजीमा बोकेको कलमले
कोही
देशको विगत
आजको वर्तमान
भविष्यको अविराम यात्रा
अनि
खवरदारी गर्छ राष्ट्रियता विथोल्नेहरुलाई
ज्वालामुखि उराल्छ
चिस्सीएर मुर्झाएको मानव मनहरुलाई
हुन सक्छ
यस्तै एक थिए हिरा आकाश
मेरो आँखामा ओझेल परेका
ति कवि
तर म उन्का कविता पढेर भन्छु
जुरुक्क उचाल्यो धर्ति उनका कविताले
अँध्यारो रात्रीमा दियो वाल्थे उनका कविताले
गरीवको छाप्रामा खुसी बोक्थ्ये उनका कविताले
तर किन?
बुझेन यो शहरले आकाशलाई
किन दुई थोपा आँशु खसाल्न सकेन
उनको अन्त्यष्ठिमा
तर सामेल हुन सकोस कसरी?
दिन्–दिन्का मृत्युका खवरहरुले
संवेदना हराएर
चट्टान वनि सके उस्का हृदयहरु
फेरि
आकाशको मृत्यु सँगको उपस्थितिले
पाउँछ नै के यो शहरले
न ऊ कुनै ठुलो पाटीको प्रभावशाली नेता,
न हेर्दै मन तान्ने मन तान्ने
चिल्ला गाडीको लस्कर नै,
मैले प्रस्तोताको प्रस्तुती सँगै कल्पना गरें
वलीरहेको कविको चीता
सुनसान परिवेश
अलि पर टुक्रक्क वसेर हेरिरहेका आफन्त
चीताको मधुरो गुन्गाहट
हे स्वार्थी मानव
मेरो कलमले निशाना लगाएको यो धर्ती
मैले देख्न नपाए पनि
म समेत वलेका
यी दाउराहरुले
घच्घच्याउने छ एक दिन
अनि पोल्ने छ
यि आगाका लप्काहरुले
तिम्रा अपरिवर्तित मनहरुमा
तिम्रो अहम्ताको मुकुट झर्नेछ तिमीवाट
अनि छट्पटाउने छौ हिराको खोजीमा
र भन्ने छौ माफ गर आकाश!
हामीलाई माफ गर!
तिमी साँच्चै विशाल आकाश रहेछौ!
तिमी साँच्चै विशाल आकाश रहेछौ!
२०६७ सालको असौज महिनामा कन्चनजंगा एफ एम बाट प्रसारित साहित्यिक कार्यक्रममा स्रष्टा मुनाराज शेर्माद्वारा लिखित हिराआकाशको मृत्युको सन्दर्भलाई जोडेर रचना गरिएको कविता कार्यक्रम प्रस्तोताले बाचन गरिरहँदा……………………………….