~बासुदेव बुढाथोकी ‘सागर’~
नियतिले छल्दै छ, छले पनि गै´ हाल्छ्यौ,
छाती मेरो जल्दै छ, जले पनि गै´ हाल्छ्यौ ।
तिमीसितै जाने छन् मेरा हाँस्ने बहाना,
आँसु मात्रै जुनीभर फले पनि गै´ हाल्छ्यौ ।
जिन्दगीमा अर्को भेट हुन्छ हुन्न के थाहा ?
पीडाले मन गल्दै छ, गले पनि गै´ हाल्छ्यौ ।
वारि पारि पार्ने छ घामको लाली किरणले,
मनमा आँधी चल्दै छ, चले पनि गै´ हाल्छ्यौ ।
सोच्नै म त सक्तिनँ जीवन तिमीविनाको,
सायद जीवन ढल्दै छ, ढले पनि गै´ हाल्छ्यौ ।
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)