~सुमन कार्की~
रुन्न भन्थें उनको यादमा अनायासै रोएँ आज
छुन्न भन्थें उनको तस्वीर अनायासै छोएँ आज
चोखो माया मैले गर्दा उनले छोडिन् साथ
आफ्नो स्वार्थ पूरा गरी उनले मारिन् लात
लिन्न भन्थें उनको नाम अनयासै लिएँ आज
छुन्न भन्थें उनको तस्वीर अनायासै छोएँ आज
सताउँछ किन मलाई फर्की–फर्की अतितले
रुवाउँछ अझै मलाई स्वार्थी त्यो सम्बन्धले
धुन्न भन्थें आँशुले सिरानी अनायासै धोएँ आज
छुन्न भन्थें उनको तस्वीर अनायासै छोएँ आज
सुमन कार्की
ओखलढुंगा, हाल: साउदी अरेबिया
(स्रोत : विश्वन्युज डट कम )