~बिना तामाङ ‘सुनगाभा’~
आफैंलाई छल्दै व्यर्थै लुक्न चाहन्न
स्वाभिमानी बन्धक राखी झुक्न चाहन्न
आफ्नो स्वार्थ पूरा गर्न जिन्दगीमा
बेचिएर अहँ कहिल्यै चुक्न चाहन्न
बाँच्नु मात्रै पर्छ यहाँ सबै थोक देख्दो रैछ
अग्लोले त देखिहाल्छ होचैलाई छेक्दो रैछ
जस्को छैन केही यहाँ उसैलाई दुःख दिन
भाग्य पनि कठोर बनि उस्कै छाती टेक्दो रैछ
बिना थिङ तामाङ ‘सुनगाभा’
काठमाडौं
(स्रोत : विश्वन्युज डट कम )