~टिका खड्का ‘राष्ट्रप्रेमी’~
धान र गहुँ तराईमा झुल्ने प्यारो छ नेपाल
पहाडी पाखा गुराँस फुल्ने प्यारो छ नेपाल
मोती झैँ लहर मिलेका पंति स्वच्छ र कन्चन
चाँदनी जस्तै हिमाल खुल्ने प्यारो छ नेपाल
साथी र संगी लुकी र छिपी त्यो पारी वनैमा
देउराली पुगी भन्ज्याङ डुल्ने प्यारो छ नेपाल
कोदाली खनी त्यो हलो जोती खेत र बारीमा
पसिना बनि नेपाली घुल्ने प्यारो छ नेपाल
देउडा, रोधी, मेलामा नाँच्दै दोहोरी गाउँदा
यो “राष्ट्रप्रेमी”आफैलाई भुल्ने प्यारो छ नेपाल
मधुमल्ला – ४, मोरङ