बाल कविता : हामी साना नानीले

~गौतम ‘उदय’~Gautam 'Uday'

धेरै माया गर्नु हुन्छ, मम्मी अनि ड्याडीले
सधै ज्ञानी बन्नु पर्छ, हामी साना नानीले
नानीहरु भएको, घरै रमाइलो
बनाउँछौं परिवारको, मनै रमाइलो ।

हामीहरु स्कूल जाँदा, मम्मी घरमा बस्नु हुन्छ
भोकाउँदै घर आउँदा, मीठो खाजा तयार हुन्छ
सधैं प्यारी मम्मी देख्दा, मनै रमाइलो
त्यसै माथि ड्याडी थप्दा, सबै रमाइलो ।

काम पर्दा ड्याडीलाई, कताकता जानु हुन्छ
बिदा हुँदा हामीलाई, घुमाउन लानु हुन्छ
परिवार सँगै हुँदा, घरै रमाइलो
शनिबार घुम्न जाँदा, झनै रमाइलो ।

गौतम ‘उदय’
हवाई

(स्रोत : विश्वन्युज डट कम )

This entry was posted in बाल कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.