~दिपेन्द्र खड्का~
दशैँ नजिकिदै थियो । असोजको पहिलो हप्ता भएको कारण गाउँ गाउँमा रमाईलो महुस भएको थियो । सीमाले लोग्नेलाई बिदेशमा फोन गरेर यसपाली दशैं खर्च पठाई मागी । लोग्नेले दशैँ खर्च तलब नआएको कारण थोरै पठाउने प्रयास गरेको थियो तर सिमाको माग भने धेरै नै थियो ।
यसपाली खर्च अलिक अभाब छ थोरै पठाउछु ल थोरैले काम चलाउनु है ..सिमा रिसले चुर भई ..अह हुदैन थोरैले कहाँ हुन्छ पुग्दैन,,, केहि छिन् झगडा सुरु हुन थाल्यो । बुज्ने गर न सिमा यहाँ गार्हो छ तलब आएको छैन किन न बुझेको तिमीले … अह मलाई बुझ्नु सुझ्नु छैन ,,खुरुक्क भने जति पठाउनु नत्र म छोडेर हिडी दिन्छु सबै आफै आएर छोरा छोरी सम्हाल्नु .. रिसाएर सिमा बोली । बिचरो लोग्ने के गर्न सक्छ र परदेशमा छ …. ।
जेन तेन साथीहरुसंग मागेर भने जति नै सीमालाई पैसा पठाई दियो पैसा पाए पछि खुशी भई सिमा । के थाहा परदेशमा कसरी पठाएको छ भनेर ..यसरी महिना पिछे नै भनेको भन्दा धेरै पैसा पठाई दियो परदेशमा ऋण धेरै बोकेर आफ्नो प्रियसी अनि छोरा छोरीको लागी .. केहि दिन पछि फोन गर्यो,, धेरै पटक फोन गर्यो तर फोन उठेन ..बल्ल बल्ल सीमाले फोन उठाई ,,फोन मा आवाज आई रहेको थियो बार र रेस्टुरेन्टको गीतहरुको आवाज,,हो हल्ला त्येतिनै थियो अनि ..सीमाको जिब्रो पनि लर्बरिएको थियो ..हे..ल…लो…को..बोलेको ..? यस्तै बोली लर्बरिन्दै थियो अनि हत्तार हत्तार फोन काटेर घरमा फोन गर्यो,,,खै,, भाई के भन्नु र बुहारीको चाला ठिक छ जस्तो लागेन मलाई जहिले पनि बजार तिर मात्रै झरेको देख्छु,, कुन चाही केटा हो बाईकमा लिएर हिडेको देख्छु दिदीको बोलीले झस्क्यो एक छिन ।
मनमनै कल्पिन थाल्यो ,,,किन म संग बोल्दा झर्किन्छे भनेको त,,,यस्तो चाला रहेछ र पो त ? किन धेरै पैसा माग्छे भन्दा त यस्तै गर्न रहेछ,,,चिन्ताले ग्रस्त भयो । त्यो सुने पछि धेरै दिन फोन गरेन ..पछि नया नम्बर बाट कल आयो ..डराई डराई फोन उठायो — हेल्लो म सिमा बोलेकी,,तैले मलाई के दिएको थिस र चोट मात्र दिएको थिस न खुसि दिस न कुनै मन पर्दो लुगा अनि मन पर्दो गरगहना तेरो पैसाले मोज मस्ती गरेर हिडे म ,,आएर छोरा छोरी सम्हाल र आज बाट म तेरो लागी मरे,,मलाई खोज्ने चेस्टा नगर.. बाई !
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )