निबन्ध : देश हराउँदाको पीडा

~नन्दलाल आचार्य~Nandalal Acharya_1

प्रिय देश,

आज सबैतिर छुट्टी मिलाएको छु । तिमीसँग मनग्यै भलाकुसारी गर्नुछ । हिजोका पात्राहरू उल्टाउनुछ । भोलिका नक्साहरू पल्टाउनुछ । हक्कीसँग बोल्नुछ । ज्यान जोगिने गरी ध्यान राख्नुछ । तिमी मसँग छैनौ र हुँदैनौ पनि । तर, म तिमीसँग हिजो थिएँ, आज छु र भोलि पनि हुन कसरत गर्दै छु । म युग पक्रन खोज्दै छु । तिमीलाई इतिहास निर्माण गर्न लगाउँदै छु । अर्कै भाका र लयमा त्रि्रा कुरा ल सुन-

-र्सूय उदाउँछ । मन खुशी हुन्छ । म देशलाई बचाउन सक्छु ।

मैले देश बनाउने ठेक्का मैले पाएको छैन । कैदीको रेखदेख गर्ने जिम्मा पाएको छु । मकहाँ कैदी हुन लायक पनि छन्, हुनै नपर्ने पनि छन् । कैदी हो, अपराधी नै हो भनी हातमा थम्याउँछन् । प्रतिकार गर्ने वा छानविन गर्ने मेरो क्षेत्र हैन । जसलाई पठाउँछन्, उसले अपराधीको माला भिरेकै हुन्छ । मेरो काम कानुनतः कैदीलाई कैदमा राख्नु मात्र हुन्छ । धेरै माला भिरिवाहरूमध्ये एक माला भिरुवा ‘मेरो देश’ पनि हुन्छ । म उसलाई पढ्छु । पत्र-पत्र उल्टाएर पढ्छु । जति पढ्यो, उत्ति पढिरहूँ भेट्छु । आँखा हट्नै मान्दैनन् । मनभरि पढेँ, एक हिसावले पर्ूण्ा जानकारी लिएँ । मलाई देशलाई नै कैद गर्ने मन हुनन । मनले काम गर्न नपाइने पदमा छु । म नै कैदीलाई कैद गरिराख्ने काममा छु । मन एक तमासले छट्पटिन्छ । मन पर मिल्काएर काम तामेल नगरे पदको मर्यादा भङ्ग हुन्छ । सङ्कटै सङ्कटका बीचमा घुम्छु । फनफनी घुमिरहनुमै दिनचर्या चलिरहन्छ । चलिरहन्छ, देश मेरै साथमा छ । म ढुक्क हुन्छु । आखिर देश त मसँग छ ।

-जब र्सूय देख्छु, कैदी देश बचाउन सक्छु भन्ने लाग्छ । र्सर्ूय अस्ताचलतिर ढल्कन्छ, मन अँध्यारिन्छ । भोलिको र्सूय देख्न पाउँछ कि पाउँदैन मेरो देशले ।

मभन्दा माथि पनि अरू कोटी छन् । जिल्लामाथि पनि छन् । अञ्चलमाथि पनि छन् । विकास क्षेत्रमाथि पनि छन् । यहाँसम्मकी राजधानीमा बसेर बेलाबेलामा डुक्रिरहनेहरू अझ शक्तिशाली ठाउँमा छन् । उनीहरूको इसारामा काम फत्ते नगरे पदीय मर्यादा एकै पटकमा मर्छ । तिनै कैदीको हुलमा अर्को कैदी भएर आफैं थपिँनर्ुपर्छ । सबैको आँखामा देश छ । र, त कैदीका रूपमा देश हाजिरमा छ । माथिकाको उद्देश्य देश ध्वस्त पार्नुछ । देश वेपत्ता पार्नुछ । खुल्लमखुल्ला ध्वस्त पार्ने हिम्मत छैन । बेपत्ता पार्ने हिम्मत छैन । कानुन पनि देशको पक्षमा छ । मान्छेका जमात पनि देशको साथमा छ । हेर्दै देश करुण छ । देशको कर्म नै ऊर्जाशील छ । देशको नाम नै ऊर्ध्वगामी छ ।

उज्यालामा देशसँग चार आँखा गर्ने सहास कुनै माथिकाहरूसँग पटक्कै छैन । अँध्यारामा भने लछारपछार गर्ने तागत पनि छ । राक्षसी प्रवृति लादेर मानवता लिलाम गर्ने सामर्थ्य छ । त्यसैले त म डराउँछु । उज्यालोकै कामना गर्छु अँध्यारो सधैँ नासियोस् र मासियोस् भन्ने चाहना राख्छु । कसैको इच्छा हुबहु पूरा हुन सक्ने कुरै हुनन । मेरो मनोकाङ्क्षाले पूण्ाता पाउन्न ।

-नभन्दै र्सूय वेपत्ता भयो । धर्ती चन्द्रमाको धमिलो प्रकाशमा अल्भिmयो । म भयभित भएँ । चाबी नदिने निर्ण्र्ाागरेँ ।

खतरनाक छ देश ! यत्तिखेर देश तपाईंको साथमा छ । देश हाम्रो कब्जामा हुन दिनुस् । खै, साहेव ! चाबी ल्याउनुस् । यसलाई तह लगाउनु जरुरी छ । माथिको आदेश तामिल गर्नुछ । यो खानी हो । यो त अमृतकुण्ड हो । यसले आफूजस्ता अनगिन्ती जन्माउँछ । यो संसार जगाउँछ मात्र हैन, अर्कै संसार जन्माउँछ पनि । मर्यादामा यसलाई जित्न सकिन्न । नजितीकन भएको छैन । आफ्नो अस्तित्व सुरक्षित राख्ने हो भने अर्काको अस्तित्व धुमिल पार्न पनि सक्नु पर्दो रहेछ ।

तपाईंले पनि न्रि्रा गुमाउनुभएको छ । हाम्रो पनि अमनचयन बेपत्ता भएको छ । कतिखेर यही आक्रमण हुन्छ । त्यसबाट हामी बच्न सम्भव छैन । बरू राताराता यस्तालाई तह लगाएर काम गर्न सके माथिका साहेव-साहेवनीहरूबाट तक्मा पाइन्छ । साहेव-साहेवनीको मनमा ढ्याङ्ग्रो बजेको धेरै काल भयो । साराका सारा तह र तप्कामा यही एउटा मान्छले तहल्का मच्चाएको छ । बलियो खप्पर लिएर जन्मेको रहेछ यो । लेखेरै मान्छे जित्छ । बोलेरै समूह किन्छ । नबोलीकनै मुद्या जित्छ । यसको पाइलो जहाँ पर्छ, त्यो यसकै हुन्छ । तर, उज्यालो हुनर्ुपर्छ । अँध्यारामा जित्ने तागत यससँग छैन । जता ढल्कन्छ, उतै जित्छ । हामीलाई भय भइसक्यो । कतै अझै जित्ने मौका पायो भने साराका सारालाई जितेर हामीलाई खरानी पार्न सक्छ ! सधैँ-सधैँ र्सूय उदाउने पनि बनाउन सक्छ !

समय यही हो । र्सूय वेपत्ता छ । यस रातमा भने यसको बोली जङ्गलको रुवाइ भएको छ । मौका यही हो, बेर नगर्नुस् । समय वित्दै जाने हो भने यसले यहाँ पनि जित्छ सक्छ । यसको पाइलोले यहाँ पनि कब्जा गर्न सक्छ । रत्तिभर बेर नगर्नुस् । जति समय वित्यो, त्यत्ति नै यो अग्राख बन्छ । त्यत्ति नै जब्बर बन्छ । यो दर्शिन ढुङ्गो बनिहाल्यो भने हाम्रो खैरात छैन । उसप्रतिको रिसको बज्र हामी माथि बर्सन बेर छैन ।

-म बबुरो ! कैदीको ठेकेदार ! मन जोगाउन हम्मे-हम्मे पर्यो । मन नभई नरहने सोचसम्म पुग्नुपर्यो ।

म बाँधिएको मान्छे ! कानुनले बाँधिन तत्पर छु भन्ने सपथ खाएको थिएँ । कानुन बाहिर जाँदै जान्नँ भनेको थिएँ । अहिले, यस रातमा आफ्नो हातको चाबी कसरी दिनसक्छु र ! रावणका सामुमा विभीषणलाई कसरी हाजिर गराउन सक्छु ! अहिले कानुनको धज्जी उडाउँदै चाबी मागिँदै छ । मेरो देशलाई लछारपछार पार्ने दाउ छ । त्यो पनि मेरै अगाडि, मेरै र्समर्थनमा र मेरै सहयोगमा । म सकिरहेको छैन, आफ्ना आँखा आफैं फोड्न । आफ्ना खुट्टा आफैं काट्न । म सकिरहेको छैन, अँध्यारो साम्राज्यमा अहङ्कारी साम्राज्य स्थापित गर्न । सकिरहेको छैन, मानव मनलाई दानव मनमा परिणत गर्न । मन पटक्कै छैन, वरिताले भरिएको इतिहासमा कालो धब्बा लगाउन । जागिर बचाउने नाममा कानुन बेच्ने मन छैन । रगतको अवमूल्ययन भएको सहने शक्ति छैन ।

म त्यसै, त्यसै टोहलिन्छु । आफैंभित्र हराउँछु । वरपर कंस र चाडुरहरू उभिएको पाउँछु । सन्तानको प्राणरक्षाको भीख मागिरहेका देवकी-वासुदेवलाई देख्छु । मलाई पनि मेरो देशको प्राण माग्ने मन हुन्छ । पदीय मर्यादाले बाटो छेकिदिन्छ । ममताले पग्लिए पनि आफूलाई आफ्नै ठाउँमा उभ्याउनु पर्ने हुन्छ । मेरो अगाडि धर्मसङ्कटको ठूलो पडाड ठडिन्छ र खबरदारी गर्दछ ।

आखिर मैले त्यसो किन गर्नुपर्यो र ! म गलत छँदै थिइनँ । गलत त चाबी माग्नेहरू थिए । मैले मेरो अधिकारभित्र किन डराउने – मैले आफ्नो हातको चाबी माग्दैमा किन दिने – सबै माथिका मान्छेलाई किन महान् मान्ने – सरकारी कर्मचारीकै हैसियतले जसले जे भने पनि, जे गरे पनि किन सहने – म आफ्नै प्रश्नहरूको घेरामा बाँधिएँ । फुत्कने चेष्टा गर्न थालेँ । मुखले प्रकट गर्न पनि धौधौ पर्यो । आखिरमा धेरै साहेवहरू मध्येको एक थरी साहेव न परँ् । अरू साहेवहरूको चेपुवामा परेँ । चाबी फुत्किन लाग्यो । फुत्क्यो कि एउटा देश पक्कै गर्ल्यामगर्ुर्लुम्म हुने निश्चित भयो ।

अडान लिनै पर्यो- आस्था राख्न मिल्छ, विश्वास गर्न मिल्छ । कानुनले छेक्दैन । रोक्दैन । सिद्धान्त खराव हुनन । व्यवहार खराव भएर नै लथालिङ्ग र भताभुङ्ग भएको छ । मान्छेको काम हेनुपर्छ । विनाकामको मूल्याङ्कन गर्नु र कसैको जीवनलाई हत्केलामा लिनु चाहिँ प्रजातन्त्रको नाक मात्रै हैन गर्धन नै छिनाल्नु हो । प्रजातन्त्रमा दोषीलाई सजाय छ तर कसुरबिनाका लाई जथाभावी गर्ने छुट कसैलाई छैन । देशको काम जनताको हितमा छ र जनता देशको साथमा छन् भने देशलाई ‘विदेश’ बनाउनु हुनन । देश छ अनि हामी छौँ । देशै छैन त हाम्रा आँखा पनि छैनन् । कान पनि हुँदैनन् । पाइताला पनि रहँदैनन् । म मन बेच्न सक्दिनँ । मैले सबैको मनको त्रास मेट्ने ठेक्का लिएको छैन । मैले मानवता बचाउनुछ । मलाई मानव हुन दिनुस् । म पनि रक्षक हुँ, रक्षा गर्न दिनुस् । म पनि सरकारी मान्छे हुँ, कानुनको पालना गर्न दिनुस् ।

-सधैं ओत दिन सकिनँ । कानुनतः देश हातबाट फुत्क्यो । राजधानी छिरेर देश समाप्त भयो ।

अधर्मीलाई धर्मले जित्नु छैन । धर्मलाई अधर्मले पराजित गर्नुछैन । अधर्मलाई अधर्मले तह लगाए पनि हुन्छ । तह लगाएमा नै धर्म हुन्छ । चक्र फनफनी घुम्छ । एक पछि अर्को आउँछ, अर्को पछि अर्को आउनै पर्छ । अधर्म विनास जसरी गरे पनि त्यो धर्म हुन्छ । कंसलाई जसरी सिद्धयाए पनि हुन्छ । दुर्योधन-अहङ्कार जसरी निर्मूल पारे पनि हुन्छ । धर्मको रक्षा धर्मले मात्र गर्न सक्दैन भने अधर्मको लीला रच्नै परे पनि रच्नुपर्छ । सत्यवादी युधिष्ठिरहरूले असत्य बोल्दैमा धर्मको रक्षा हुन्छ भने बोल्नुपर्छ । हो, यत्तिखेर म धर्मसङ्कटमा छु । मैले भनिसकेको छु- मेरो हातमा भएको बेला मेरो देशलाई मैले बचाएँ । फुत्किए पछि मेरो केही लागेन । यातनाको शिकार भयो मेरो देश । राजधानीको अहङ्कार बर्सियो मेरो देशमाथि । कठै ! त्यो इमान्दारिताको रगत दगुरिरहेको शरीरमाथि अहङ्कारका बुटहरू बर्सिए । देशलाई इमान बेच्न भनियो- देशले बेच्न चाहेन । सतित्व डगाउन भनियो- डगाउन मानेन । प्राण छाडूँला तर धर्म त छाड्ने छैन भन्यो होला । कायरहरूका बीचमा बहादुरिता देखाउनुपर्छ भन्ठान्यो होला । पक्कै देश आफ्नै अडानमा रह्यो, कलमको शक्तिमै वर्तमान देख्यो, भविष्य बुझ्यो । अनि त कायरहरूको बाटो खुल्ला भयो- जथाभावी लाठी, लात र वात बर्सिए । अँध्यारामै वर्तमानको दीप निभ्यो र अझ अँध्यारो कायम भयो । त्यही अँध्यारामा देशको चितामा आगो झोसियो । देश खरानी भयो । अग्निलाई जलाउन पनि लाज भयो होला । धर्तीले पनि मुहार नियाउरो पारिन् होला ।

त्यो खरानी वाग्मतीलाई बगाउन धौधौ पर्यो । अझै, त्यो खरानी वाग्मती वरपर छँदै छ । देशभरि फैलिरहेकै छ । हरेकको मनमनमा क्रान्तिबिज उमारिरहेकै छ । पश्चत्तापको अग्निले जल्ने जल्दा छन् । त्यही खरानीबाट मलजल पाई केही बिरुवाहरू हर्ुकंदा छन् । राक्षसी प्रवृतिविरुद्ध शङ्खनाद गर्ने सुरसार गर्दा छन् । कोही भुट्भुटिँदै पश्चात्तापको अग्निले पिरोलिँदा छन् । शोकलाई शक्तिमा बदलेर कोही ऊर्जावान् भई बर्ेनाहरू हुकाउँदा छन् । बिडम्बना ! देश छैन मसँग यत्तिखेर । म सम्भिmरहेछु मात्र । सम्झँदा पनि गहभरि आँसु हुन्छ । म के नै गर्न सक्छु र ! प्रिय देश ! मात्र म त्रि्रा ती ऊर्ध्वगामी भावनाहरूको रक्षा गर्न कम्मर कस्न सक्छु । मसँग हुँदाका ती क्षणहरू मनमस्तिष्कमा ताजै राख्न सक्छु । मेरो गहभरि टलपल भएका अश्रुले श्रद्धा प्रकट गरिरहेका छन्, भनिरहेका छन्-

प्रिय देश !
प्रिय मेरा ‘इच्छुक’ !
तिमी अनन्तकालसम्म बाँची रहू
त्रि्रो अटल विश्वास,
निश्वार्थ भावना,
निष्कलङ्कित ऊर्जावान् छवी,
प्रजातन्त्र, राष्ट्र र राष्ट्रियताप्रतिको ममता ।
म सम्भिmरहेछु,
तिमीसँग निकट हुँदाको क्षण
कति अमूल्य थियो,
कति अविष्मरणीय थियो-
‘बन्दी र चन्द्रागिरी’ लगायत
थुप्रै कीर्ति छाडेर गयौ
केवल हाम्रा लागि नासो सुम्पेर गयौ ।
त्यसैले त मेरो प्रिय देश !
त्यसैले त मेरा प्रिय ‘इच्छुक’ !
जनभावना कुठाराघात गर्नेहरू माथि
कलमबाटै बमवषर्ा गर्राई रहू,
त्रि्रो नयाँ नेपालको सपना टाढा छैन,
केवल तिमी हरेकको मनमस्तिष्कमा बसिरहू,
नेपाली आकाशमा धु्रवतारा भई चम्किरहू,
युगयुग बाँचिरहू ।
मेरो श्रद्धा-सम्मान केवल तिमीलाई !
मेरो अटल विश्वास केवल तिमीलाई !!

-तपेश्वरी-१, गल्फडिया, उदयपुर
हालः लिटिल फ्लावर उच्च मा.वि., राजविराज-९, सप्तरी ।

(स्रोत : क्षेप्यास्त्र राष्ट्रिय साप्ताहिक )

This entry was posted in निबन्ध and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.