~ईश्वर शाही~
विधुवाले होली खोज्न नहुने यो कस्तो नियम ।।
भबिस्यको भोली खोज्न नहुने यो कस्तो नियम ।।
बिचराको के दोष त सुवाग मै त्यस्तो भयो ।।
अब अर्को डोली खोज्न नहुने यो कस्तो नियम ।।
बिगत् लाई बिर्सिएर नयाँ संसार् बसाउन ।।
दुलहिको चोली खोज्न नहुने यो कस्तो नियम ।।
रोकिएको जिन्दगीको डुंगा परी भुमरिमा ।।
सँगै तर्ने खोली खोज्न नहुने यो कस्तो नियम ।।
पापी दैव लागि भाग्य चुडिएको जिन्दगानी ।।
बोक्ने यौटा झोली खोज्न नहुने यो कस्तो नियम ।।
विधुवाले होली खोज्न नहुने यो कस्तो नियम ।।
भबिस्यको भोली खोज्न नहुने यो कस्तो नियम ।।
ईश्वर शाही
कल्लेरि-९,धादिङ
हाल्;दोहा,कतार
०६-०३-२०१२