कविता : म राष्ट्र सेवक

~आकाश ताम्राकार~

नेपाल आमा रोहि रहेछिन याहा आफ्नो अंस बण्डामा
शाशक बर्गहरु लागी रहेका छन जन्ता भाड्ने धन्दामा।
एक आमाको छातिलाई ६ भागमा चिरा पार्न खोज्दा
चार भाई मात्र मिलेर खाना खोज्छन आमाको यो ममता।।

६०१ भाई जन्माएकी नेपाल आमा नाति नातिनिमा रम्दा
आफ्नै आमाको हेरचाह छैन याहा स्वार्थै स्वार्थमा लम्कदा ।
कसैलाई याहा आमाको पाउ चाहिएको छ कसैलाई सीर
आफ्नै सन्तान लड्दा मर्दा कति होला आमालाई पिर ।।

शिर भनेनि पाउ पाउ भनेनि सबै त आफ्नै आमाको हो
आफ्नै सन्तानहरु लड्दा आमालाई भने साह्रै बिजोग भो ।
बिदेशीले याहा आमाको शिर तान्न थालि सकेका छन
भाई-भाईको याहा फुट हुदा आमाको आसु झरिरहेछ झन ।।

एक आमाको अंस वण्डा गर्नु कति सम्मको जायज होला
सदुपयोग गर्न सिकौं एक पटक जिन्दगीमा पाएको चोला ।
चारै तर्फ बाट लुटिदै छ नेपाल आमाको सदियौं पुरानो गाथा
एक भाईले अर्को भाईलाई मारिरहेको छ आमाको हक माग्दा ।।

(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.