~राधा भट्टराई~
बाँची रहे आउँछु प्रिया जहाजमा चढेर
मरे भने आउँछु प्रिया बाकसमा सडेर
सुरु गरौँ कहाँबाट परदेशको खबर
चस्किन्छ यो मुटु सधैँ वचन ती गडेर
भन्थे तिम्लाई हामी हाम्रो भाग्य आफै कोरौँला
आज आफै शून्य भएँ ब्यथाहरु बढेर
बाटो छेक्दै भनेकै हौ नजाऊ प्यारा परदेश
घाईते छु ठेस लागी बारम्बार लडेर
धेरै थियो प्रिया लेख्न अब रोक्छु कलम
मुख छोपी नरोउ तिमी व्यथा मेरो पढेर
(स्रोत : सत्यतथ्य मासिक)