~पुष्पा खनाल~
ढुंगालाई फूल मानी राखें छातीमाथि
आज त्यही दुख्न थाल्यो चस्स चस्स राती
फुलजस्तो जीवनलाई मिल्काएछु काँडा सरी
आज त्यही बिझाएरु दुख्छ घरिघरि
रोपिएछ विश्वासघाती तीर मुटुमाथि
रुन्छ धेरै पापी मन सम्झाऊँ अब कति
आज त्यही दुख्न थाल्यो चस्स चस्स राती
चिन्न मैले सकिनछु निष्ठुरी त्यो पन
सहनै गार्हो पोल्छ धेरै टुक्रिएको मन
झरिरहन्छ विरहका आँशु कति कति
कसो गरी सम्हालुँ म भनिदेऊ न साथी
आज त्यही दुख्न थाल्यो चस्स चस्स राती
ढुंगालाई फूल मानी राखें छातीमाथि
आज त्यही दुख्न थाल्यो चस्स चस्स राती
पुष्पा खनाल
म्हेपी, काठमाडौं