कविता : दामले किनिएकाहरु

~उमेश राई~Umesh Rai

दामले किनिएकाहरु
भुकम्पले चर्केका छातीहरु देख्दैनन्
अभाव र महँगीले दाम्रीएका पेटहरु देख्दैनन्
भ्रष्ट र कालाबजारीको राज चलेको नि देख्दैन्
दामले किनिएकाहरु..
टनकपुर कस्ले बेच्यो ?
त्यो बुझ्ने कोसिस् गर्दैनन
कर्णाली के हुँदैछ
त्यो जान्ने कोसिस गर्दैनन्
किनकी दामले किनेको भनेको
खेताला गए जस्तो हो
दिन कटाउनु सम्म त हो
मानो पचाउनु सम्म त हो
समय बिताउनु सम्म त हो
कसरी बिबेक लगाउनु त्यो ख्याल गर्दैनन्
पारितोषित प्रदत्त छदैछ
बिबिध श्रीषकमा
दाममा बिक्ने हरुले
ताली लाई दिनु हो
सिटि बजाई दिनु हो
स्तुति गाई दिनु हो
एक छिन् को लागि सत्य बिर्सिएर
जुलुसमा आईदिनु हो
दाममा बिक्नेहरुको काम
मेची देखि काली सम्मको जंगे पिलर जोगाउन नसके पनि
सुगौली सन्धीको गफ हानेर नक्कली राष्ट्रियताको आत्मरतिमा लिन हुनु हो
लिपु लेक/ कालापानीको चीत्कार नसुने पनि
आफू र आफ्नो मालिक हजुरलाई
गफैमा सहि राष्ट्रबादी बनाई टोपल्नु हो ।
किनको दाममा बिक्ने हरु
घर भत्केकोलाई टहरा भन्दा
तिनैको नाममा आएको अनुदानले
धरहरा बनाउनुमा बिश्वास गर्छन्
म हजुर को कार्यकर्ता
म हजुरको संगठित सदस्य
म हजुरको लागि जे पनि गर्न सक्ने मान्छे
मलाई नियुक्ती निगाह बक्स्योस्
मलाई अनुदान मिलोस्
मलाई राज्यकोषबाट सहयोग मिओस्
किनकी ” आइ एम विथ यु ”
यस्तै हो दाममा बिक्नेहरु
भुकम्प पिडितको भत्केको छानो देक्दैन्न्
सुनकोसी भोटेकोशिले सोहोरेको मानो देख्दैन्
दाममा बिक्ने हरु यस्तै यस्तै हुन्छन्
किनकि दाममा बिक्नेहरु
भजन गाएर जिवनमा गरेको सबै पाप मोचित हुने लोभले
पुजापाठमा लागेका भुतपुर्व अपराधी जस्तै हुन्
नपत्याए हेर्नू प्रत्यक दस मा एक बिकाउ नाईके छन्
र भ्रम छरेर भिड बटुल्ने ठेक्का लिएका हुन्छ्न्
दाम मा बिक्ने हरु
दामैको लागि भिड बटुल्छ्न्
दामैको लागि समाचार लेख्छ्न्
दामैकको आगि पुरस्कृत लिन्छन् /दिन्छन्
दामैको आगि जुलुसमा आउछ्न्
दामैको लागी ताली लाउछन्
दामैको लागि सिटि बजाउछ्न्
दामैको लागि स्वस्ती गाउछ्न्
दामैको लागि झुटो हल्ला गरेर समर्थक जुटाउछ्न्
बस ! दामैको लागि धेरै तर आमैको लागि थोरै गर्छन् ।
सत्यपथमा हिड्ने अग्रगामी परिवर्तनकारी हो
सम्झी हेर त
छयालिस साल आउनु भन्दा केही अघि सम्मपनि
लाखौँ मान्छे जुलुस् उठाएर भन्थे
पन्चायती ब्यवस्था – जिन्दावाद
बहुदलीय ब्यवस्था – मुर्दावाद
हाम्रो राज हाम्रो देश – प्राण भन्दा प्यारो छ
एउटै भाषा एउटा भेष – प्राण भन्दा प्यारो छ ।
ठिक यतिखेर कालो इतिहासको पुनरावृत्ति
बिकाउ हरुले छरेको भ्रमको हल्लामा
सोझो मान्छेहरु भ्रमित भएर
उभिएकाछ्न्
दुख यतिमा मात्रै हो ।

(स्रोत : क्षेप्यास्त्र राष्ट्रिय साप्ताहिक )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.