~शक्तिशाली घिमिरे~
अन्नपूर्ण माछापुच्छ्रे शिरमा सजाउँने
छातीभरी ढकमक्क गुराँस फुलाउने ।
पाउँ पखालिरहने गंगाजीको पवित्र जलहरु
प्रणब गुन्जाई रहने ती तीथस्थल ।।
स्मृतिपटलको गाढा प्रतिच्छाया
मेरो संसार, मेरो मातृभूमि, मेरो भोर्लेटार ।
धौरालीका बाचाहरु स्मृति शेष भएछन्
कन्दराका सुस्केराहरु अजम्बरी रहेछन् ।
करापुटरको मेला म भुलौ कसरी
ज्वाला अकला छन् मेरा हृदयभरि ।।
स्मृतिपटलको गाढा प्रतिछायाँ
मेरो संसार, मेरो मातृभूमि, मेरो भोर्लेटार ।
रोदीमा खुल्ने ती राजतहरु
मेला महोत्सवमा डुल्ने दिनहरु ।
धौरालीमा रम्ने गोधुली साँझहरु
रंगीन आकास सँगै रमाउने विहानहरु ।।
स्मृतिपटलको गाढा प्रतिच्छाया
मेरो संसार, मेरो मातृभूमि, मेरो भोर्लेटार ।
सुस्केराको वर्ष ल्याउने ती मेरा उकाली
बयेली खेल्ने फाँटका लहलहाँउने धानका बाला ।
पूरी सीतल जँगलमा चिर्विर रङ्गीन चराहरु
सलबल गरी बहिरहने मादीका शितलजल ।।
स्मृतिपटलको गाढा प्रतिच्छाया
मेरो संसार, मेरो मातृभूमि, मेरो भोर्लेटार ।
नदी सँग सँगै वगीरहने ती समयान्तर
झनामा स्नान गर्ने मेरा अतीत ।
तोरीमा रमाउँने ती मेरा भावना
चरी जस्तै उड्ने जीवनका तरेलहिरु ।।
स्मृतिपटलको गाढा प्रतिच्छाया
मेरो संसार, मेरो मातृभूमि, मेरो भोर्लेटार ।
छिनछिनमा बोलाइरहने उद्यान
बन्दीबनाइराख्ने संङग्रहालय ।
आफूसँगसँगै उफि्रने रङ्गशाला
साथी सङ्गी अनियथार्यको त्यो पुस्तकालय ।।
खै यी विना म यहाँ कसरी जिइरहेछु
भावना त उतै छु गाँसिरहेछु
त्यसैले त र
वर्तमान बाँचिरहेछु, फगत बाच्नकै लागी
आकाश भरिने शान्तिका वयानहरु ।
फूलले प्रिति गाँस्ने साझा फूलबारी
ज्योति भर्ने त्यै माटोका भावनाहरु ।।
सच्चा सपूत जन्माउने त्यै धरती
स्मृतिपटलको गाढा प्रतिच्छाया
मेरो संसार, मेरो मातृभूमि, मेरो भोर्लेटार ।
रातका यी सपनाहरु त्यही डुल्ने गर्छन्
संझनाका नयाँ किरणहरु उढाइरहेछन् ।
समयको आधीबहेरीले कहाँ पु-यायो
प्रकृतिले निष्ठुरी भई टाढा बसायो ।।
स्मृतिपटलको गाढा प्रतिच्छाया
मेरो संसार, मेरो मातृभूमि, मेरो भोर्लेटार ।
April-13-2008
(स्रोत : ईलम्जुङ् डट काम)