~बाबुराम पन्थी ‘गुल्मेली’~
सानै देखिए पनी मानचित्रमा प्रकृतिको छ यो धनी
गर्वले फुल्दछ छाती यो मेरो नेपाली हुँ म भनी
पुर्वमा बग्दछ मेची कल कल पश्चिम माहाकाली
उत्तरमा गगन चुम्बी हिम शैल अनी दक्षिण उर्वर भूमी
पृथ्वी, जंग, महेन्द्र, बिपी हुदै प्रचन्ड सम्म आउदा पनी
गरेनन् भलो कसैले मातृभूमिको याँहाँ अबसर पाँउदा पनी
भाषणमा गर्जिन्छन् नेता हेर याँहा देश बनाउनेछु भनी
जनता झनझन गरिब हुँदै छन हेर याँहाँ नेता रातारात धनी
हजारौं बग्दछन् नदी नाला याँहा जलश्रोतको घनी देश यो
कहिले मेटीएला र खै नेपाली जनताको अंधेरीको बास यो
हे युवा तिमी हिडे देखी प्रदेश तिर कठै गाँउ घर शुन्य भयो
हरा भरा बनाउदैछौ मरूभुमी याँहा खेत बारी बाँझै रह्यो
कतिन्जेल बस्दछौ युवा तिमी विदेशमा अब त स्वदेश मैं फर्कीने होकी
मोती फलाउन सक्दछौ मातृभुमीमा हेर तिमी आफ्नै पसीना पोखी
बाबुराम पन्थी ” गुल्मेली ”
तम्घास गुल्मी
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )