गजल : तारा चम्किला

~गणेश खड्का~Ganesh Khadka

मोतीराम गजलका तारा चम्किला
उनैबाट भए अरु सारा चम्किला

गीत,गजल,कविता,नाटक पनि लेख्थे
अरुलाई नि सिकाउने पारा चम्किला

साहित्यका मोति उनि संस्कृतिका हिरा
सङ्गीतका फेवा-रुपा-रारा चम्किला

अल्पायुमै अधिक गरी अमर बनि गए
ऊ हिंडेका भिर-पाखा डाँडा चम्किला

असल कर्म गर्नु पर्छ भन्थे मोतीराम
तब बन्छन् जीवनका धारा चम्किला l

( सन्दर्भ: मोतीराम जयन्ती l )

भोजपुर
हाल : फ्रिगेट आइल्याण्ड ( सेसेल्स )

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.