कविता : तिमी बुढी कहाँ भयौ र ?

~जय अधिकारी~jay-adhikari

तिमी बुढी कहाँ भयौ र,
त्यस्सै चिन्ता नगर न तिमी
नातिले आमा भन्यो भन्दैमा
बुढी भइन्छ र ?
के भनेर बोलाओस त त्यसले पनि
बहिनी भन्दिन जुँगाको रेखि आको छैन
छोरी भन्दिन विहे भाको छैन
छाला चाहीँ अलि चाउरी परेकै हुन्
रेसा देखिन थालेछन्
गाला पनि एक एक पाउ जति
झुण्डिन थालेछन्
बुढी त ति गालाका छाला भएछन्
तिमी त बुढी कहाँ भयौ र ?
नाकको डाँडीमा टेकेर टाइटानिकको
पोज दिइराखेको माइनस ४ को तिम्रो चस्माले
तिम्रा आँखा चाहीँ बुढी भएछन् भन्दैछ
कानको त्यो मेसिन कपालले छोप न प्रिय
नत्र त्यसले कान बुढी भयो भन्दिन्छ
कपालको त कुरै नगरौँ
तरुनिले हिउँमा खेलेर आए जस्तो देखिन्छ
आा यस्मा चाहीँ अलि पचेन मलाई
कपाल त तिम्रा पाकेकै हुन्
बुढी त तिम्रा ति कपाल पो भएछन्
तिमी त बुढी कहाँ भयौ र ?
पर्सि हाम्रो ४५औँ यानिभर्सरीमा
भरियाको डोकोमा चढेर
हनिमुनका लागि केदारनाथ जानु छ
फर्केर आएर सप्ताह लगाई
साङ्गेको दिनमा होल नाइट पार्टी गर्नु छ
तिमी भने त्यस्सै बुढी भएँ भन्दिन्छौ

जय अधिकारी
काठमाडौँ

(स्रोत : Nepaljapan.com)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.