~धर्म सन्देश~
मन मन्दिरलाई पुजा गर,मन्दिर जान्छौ किन?
मन्दिर गएर झुटो बाचा,कसम खान्छौ किन?
ढुङ्गे मुर्ति पुज्नु भन्दा,मन मन्दिरको देउता पुज
आत्मामा नै हुन्छ देउता,ढुङ्गालाई मान्छौ किन?
उदाहरण् नै दिन्छन् सबले,”ढुङ्गा जस्तो मन”भनि
त्यै ढुङ्गालाई यहाँ सबले,देउता ठान्छौ किन?
देउताको हेर्ने दृष्टि,एकनास् हुन्छ सबै प्रती
कालो गोरो,यो जात् त्यो जात्,भनि छान्छौ किन?
भित्री मनमा इर्ष्या अनि,अहंकारको पोको बोकि
फुल पाती अक्षता र, भेटी लान्छौ किन?