गजल : दिनदिनै रंग फेर्छ सहर …

~जय सिंह महरा~Jay Singh Mahara

म हिडेको त्यो बाटो अझै उस्तै छ कि,
म हुर्केको त्यो माटो अझै उस्तै छ कि!

यो खाल्डोमा ढकको तौल घटिराछ,
कोदो तोल्ने त्यो काटो अझै उस्तै छ कि!

दिनदिनै रंग फेर्छ सहर यता,
मैले लाउने त्यो फाटो अझै उस्तै छ कि!

ग्यास, हिटर, पंखा चलाउछन् यता,
दिन चर्याको त्यो पाटो अझै उस्तै छ कि!

अरबको अत्तरको मोजमस्ती देख्छुं आमा,
दुखीरहने त्यो खाटो अझै उस्तै छ कि!

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.