~बाबुराम पन्थी ‘गुल्मेली’~
गाँउ बाट अली टाढा गहते चौरको पुर्व पट्टीको काँडा घारी सरकारी जग्गा लाई टेक बहादुरका भाई मन बहादुरले हडपेर आफ्नो बनाएका रहेछन् । घाँसको नाममा मुसेघरी मात्र र केही टिमुरका झाड् अनी केही राजु र म्यालका रूखहरू अनी पुस माघमा शित कहिले ओबानो नहुने ठाँउ को बिच बाट एउटा गोरेटो गाँउ जंगल गर्ने बाटो थियो । त्यही बाटो माथी टेक बहादुरको घर । गाँउमा सबैले बौलाहा टेके भन्थे मैले भने कहिले उनको पागलपना देखीन ।
त्यो घर टेक बहादुर आफैले बनाएका थिए छ वटा खाँबा गाडेर बनाएको उनको घर जमीनमै उभिएरै धुरी सम्म छाउन मिल्ने थियो । छ वटा खाँवा र आठ दश वटा डाँडा भाटा मा अड््याएर राखेका स्याउला ले छाएका र चारै तिर बारेका पनी थिए स्याउलाले , ढोका पनी स्याउलैले बनाएका । घाम लाग्दा त ठिकै थियो तर पानी चैं त्यो छाप्रोले रोक्न सक्ने औकात राख्न सक्दैन थियो । त्यै घर वरपर पनी बढारेर चिटीक्क पारेका हुन्थे । घर भित्र एउटा कुनामा सानो तिन खुट्टे ओदान एक दुई थान भाँडा कुँडा अनी अर्को पट्टी भाटा बानेर बनाएको बाँसको खाट सुत्न लाई बनाएका रहेछन् ।
उनको चिलीम तान्ने बानी थियो । यस्तो अबस्थाको घरमा बसे पनी उनले लगाएका कपडाहरू मैले कैले फोहोर देखीन सधै चिटीक्क परेर सफा लुगा मिलाएर लगाएका हुन्थे उनको बोली यती मिलनसार थियो कि मैले तेतीमिठो नरम बोल्ने पुरूषहरू कमै भेटेको छु । विचराको श्रीमती छोराछोरी कोही थिएनन् । आफै मज़दूरी गरेर जिवन चलाएका थिए । त्यस्तो गरीबी संग जुधेर बाँच्दा पनी टेक बहादुरको मुहारमा मलाई दु:ख रिस राग भोक थकान रोदन कहिले अनुभब भएन । मलाई अचम्म लाग्गथ्यो कसरी आफूलाई स्थीर राख्न सक्याहोलान भनेर । उनले धर्ती छाडेर गएको बर्षौ हुँदा पनी मेरो मस्तिष्कमा ताजा छ उनको दिनचर्या ।
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )