~बाबुराम पन्थी ‘गुल्मेली’
~
विभेदको अन्त्य गर्नलाई
दलित शब्द मेटाउनु पर्दछ
दलितको बदलामा हामी
एक नेपाली लेखिनु पर्दछ
जातीय हिंसाको ऐंजेरू अब
जरैदेखि उखेल्नु पर्दछ
एकै जातको नयाँ नेपाल
हामी मिली बनाउनु पर्दछ
हारेको होइन अब जितको
इतिहास लेखाउनु पर्दछ
निष्पट्ट रात चिरी सुनौलो
बिहानी ल्याउनु पर्दछ
पुस्तौँ पुस्ता बिते यहाँ
अधिकार खोज्दा खोज्दै
आफ्नै शिर झुक्यो दलित
हामी भनेर लेख्दा लेख्दै
आरक्षणको भीख होइन
राज्यले समानता दिनुपर्यो
दिँदैन राज्यले समानता भने
लडेरै भए पनि लिनु पर्यो
जातीय होइन मानवीय
मुद्दामा बहस हुनु पर्दछ
देशमा सबैले सम्मान
साथ बाच्न पाउनु पर्दछ
बाबुराम पन्थी ” गुल्मेली ”
तम्घास गुल्मी
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )

साहित्य सङ्ग्रालय लाई मेरो कबिता प्रकाशन गरिदिनु भएकोमा हार्दिक धन्यवाद !