~रामकुमार पाँडे~
आनन्द होला
पहाड चढेपछि
समुद्र झर्दा
मङ्गल ग्रह
नजिक आयो कि क्या
पृथ्बी हल्लियो
बिहेको निम्तो
थालीमा दुबो माला
केरा सगुन
थुम्के पहाड
दोलालघाट तल
नदी बग्दैछ
टौदहभित्र
दरबार रहेछ
नाग राजाको
बैशको रुख
अर्धमुदित आँप
चरा झाडीमा
भ्यागुतो मुख
उखुको रस खोज्दै
केराघारीमा
लहरा जस्तै
युवतीको आँखा
माया बेरियो
भासियो डील
असारको रोपाईं
पानी नै पानी
सानो लौरोले
जिस्काउँछ पोखरी
माछा उफ्रन्छ
शान्ति चोकमा
गोदावरीको फूल
स्वर्गको बाटो
-साकुरा फुल्दा-