~आयाम लम्जेल~
युद्धको इतिहास कति भयावह छ,
कति निर्मम छ
तर पनि युद्धसंग मेरो
कत्ति पनि विरक्ति छैन,
म टुप्पाको लक्ष्य बाकेर हिडेको थिए
कयौा उकालीहरू नाध्दै लम्केको थिए,
टुप्पो पुग्दा नपुग्दै धोका भयो,
म र मेरा विरोधी सबैले युद्ध लड्यौ
आ-आफ्नो वर्ग हितका खातीर
रातको कालो मगेजो छिचोल्दै
युद्धले माग्यो रगत दिलाए
युद्धले माग्यो आासु, अनि
पसिना दिलाए जित्नका लागि
पुर्खाले आर्जेको सम्पति दिलाए
घांस भित्र बम बोक्ने जनचेतना उठाए
घांटीमा बमको माला बोक्ने योद्धा बनाए
तर युद्धको काम अपुरो बन्न पुग्यो
युद्ध त मैले हारेको छैन
मेरो सेनपतिले हारे
धोका मैले दिएको होइन
मेरो सेनापतिले दिए
जति हारे पनि धोका खाए पनि
हामीले सोचको जनवाद
एक न एक दिन जरुर झुल्कने छ,
म आज पनि आकाश रातो रातो देख्छु
आगोको तप्का हेर्छु
त्यो पनि रातो रातो देख्छु
सिंहदरवार भित्र
पस्ने पसाउनेहरूको अनुसार
कालोकालो भएको देख्छु
एउटै जातका मान्छेहरूका बीच
दश गजको फरक देख्छु
एउटै गर्वबाट जन्मिएको दाजुभाईहरू
ध्याम्पे र ख्याउटेमा परिणत भएको देख्छु
हामीले लडेको असमान्ाताको युद्ध
कसले जित्यो कहा भयो रूपान्तरण
सिहदरवारले कि थवाङले
म अहिले पनि युद्ध
आझै नसिद्धिएको देख्छु
घर उसैको कोठा चोटा उसैको
नियन्त्रण गर्ने पहरा उसैको
डोर्याउने डोरी उसैको
भात, बास र गास फेरिदैमा
जितियो भनेर ढाट्न कहाा मिल्छ
अब फेरी एकपटक
मान्छे मान्छे बीचका पर्खाल भत्काउन
सबै अटाउने सबै रमाउने
सुनौलो बिहानीका लागि
फेरी भिषण युद्धको थालनी चाहिएको छ
राजशाहीका बिरुद्ध लडेझैा
अबको युद्ध
गाउाका भीरपााखा र
कन्दराहरूमा मात्र होइन
राष्ट्रहित र जनहितका पक्षधरहरू
साथमा लिएर
डांडाकांडा शहर बजार
हिमाल पहाड तराईमा एकसाथ
अन्तिम युद्धको तयारी गर्नुछ
२०६९ मंसिर १५ जुम्ला
(स्रोत : क्षेप्यास्त्र राष्ट्रिय साप्ताहिक )